काठमाडौं – अनेरास्ववियुकी नेतृ सुनिता बरालद्वारा लिखित ‘समृद्धि प्रतिको संकल्प’ नामक पुस्तक सार्वजनिक भएको छ। राजधानीको बागबजार स्थित होटेल हार्दिकमा एमालेका महासचिव इश्वर पोखरेलले उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।
पोखरेलले नेता बरालको लेखनको प्रसंशा गदै आगामी दिनमा थप प्रगतिको कामना समेत गर्नुभएको छ । उहाँले भन्नुभयो , ‘सुनिताजिलाई पुस्तकका लागि बधाई छ। यस पुस्तकमा विभिन्न विषयहरू समावेश गर्नु भएको छ। सबै विषयहरू गहन छन्। त्यसैमा पनि गणतन्त्र, लोकतन्त्र, बहुदलीय जनवादका बारेमा पनि केही प्रसँगहरु उठाउनु भएको छ।’
यो पुस्तकमा रहेका कुरालाई समयसापेक्ष रुपमा सम्पादन गरेर प्रकाशित गरेको भए झन् राम्रो हुने थियो भन्ने मलाई लागेको छ। आगामी दिन यस प्रकारका पुस्तकहरू सार्वजनिक गर्दा ख्याल गर्नुहोला भन्न चाहन्छु,’ महासचिव पोखरेलले भन्नुभयो ।
बरालको पहिलो पुस्तक समृद्धिप्रतिको संकल्पमा राजनीतिक,प्रशासनिक,विकास तथा आर्थिक सामाजिक पक्षहरुको बारेमा गहन अध्ययनपछिका निष्कर्ष समेटिएको कार्यक्रमका वक्ताहरुले बताए ।