रसुवा – सामाजसेवी नर्स प्रतिमा लामाले थुमनमा स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ । स्वस्थ र शिक्षित समाज निर्माण अभियानका अभियान्ता तथा सामाजसेवी नर्स प्रतिमाले मिति २०७८ फागुन ७ गते शनिबारका दिन साविकको गोसाइकुण्ड गाँउपालिका वडा नम्बर १ मा रहेको करिव ४०० घरघुरि का लागि आवश्यक पर्ने स्वास्थ सामग्री थुमन स्वास्थ्य चौकीलाई स्थानिय जनप्रतिनिधि र गाउलेको उपस्थितिमा स्वास्थ्य सामाग्रीहरू वितरण गर्नुभएको छ ।

१। अक्सिजन कन्सन्ट्रेसन मेसिन १ थान
२। नेवुलाईजर मेसिन २ थान
३। पल्स अक्सी मिटर २ थान
५। फोल्डिङ बेड १ थान
६। बेड म्याट्रिस १ थान
७। सिरानी १ थान
८। सर्जिकल माक्स २ बक्स
९। सेनिटाईजर २ जार

गाँऊमा स्वास्थ्य सामाग्री सहयोग गर्न आएकोमा खुशी व्यक्त गर्दै जनप्रतिनिधि, आमा समूह र गाऊका उपस्थित जेष्ठ नागरिकहरूद्वारा खादा लगाईदिएर प्रतिमा लगायत उनको टिमलाई स्वागत गरिएको थियो ।

कार्यक्रममा नर्स प्रतिमाले जब मान्छे स्वास्थ र शिक्षित हुदैन तब सम्म त्यस ठाउंको दिगो विकास हुन सक्दैन तसर्थ रसुवाको दिगो विकासको लागि आफुले स्वस्थ्य र शिक्षित समाज निर्माण अभियान संचालन गर्दै जिल्लाको कुना कुना ठाउहरूमा हिडिरहेको र सोही क्रममा थुमनमा आईपुगेको पनि बताउनु भयो ।

साथै कार्यक्रममा अभियान्ता, अधिकारकर्मी नर्स प्रतिमाले नारीहरू अब घरको चुलोमा मात्र सिमित नरहि समाजको हरेक कार्यको नेतृत्वमा अगाडी सार्नु पर्ने बिचार त्यहांका उपस्थिति नारी माँझ राख्नु भयो ।

नर्स प्रतिमाले दुर्गम गाउका जनतालाई सहज र सुलभ तरिकाले स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने र गाउमा कुनै पनि समयमा कसैलाई पनि आकस्मिक सेवाहरूको अभावमा कसैको पनि मृत्युु नहोस भन्ने उद्देश्यले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको बताउनु भयो ।

नर्स प्रतिमाले रसुवाको सबै गाउपालिकाहरूमा विभिन्न समयमा विभिन्न कार्यक्रमहरू संचालन गरिसकेका छन ।

नर्स प्रतिमाले कार्यक्रमहरू संचालन गर्दै युवा पिडीलाई समाजमा केही गर्न प्रेरणा पनि दिईरहनु भएको छ ।

तपाईको प्रतिक्रिया