काठमाडौं – गृहमन्त्री रवि लामिछानेले आकस्मिक अवस्थामा बाहेक साइरन बजाएर नागरिकलाई उछिन्दै नहिँड्ने बताएका छन् । 

लामिछानेले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत लेख्नुभएकाे छ, साइरन बजाएर नागरिकलाई उछिन्दै हिँड्ने प्रवृत्तिकाे म सधैँ आलोचक हुँ, आकस्मिक अवस्थामा बाहेक मबाट यस्तो गतिविधि हुँदैन ।

व्यक्तिगत कामका लागि कतै जानुपरेमा वा बिदाका दिनमा आफ्नै गाडी प्रयोग गर्ने र यदि कुनै अवस्थामा सरकारी गाडी प्रयोग गर्नुपरेमा त्यसको हिसाब राज्यलाई बुझाउने उहाँले बताउनु भएकाे छ

 गृहमन्त्रीको सुरक्षामा खटिने प्रहरी निरीक्षक नेतृत्वको टोलीलाई पनि घटाएर प्रहरी नायब निरीक्षक (सई)को नेतृत्व सुरक्षाकर्मी राखेका छन् । उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिक अपेक्षा पूरा नहुने भन्दै उनले सुरक्षामा खटिने अगुवा र पछुवा गाडी पनि हटाएका हुन् ।

तपाईको प्रतिक्रिया