‘समृद्धिका लागि सञ्चार’, ‘समृद्ध नेपालको सन्देश छिट्टै अन्तरराष्ट्रिय समुदायमा पुग्दैछ’ भन्ने नाराका साथ समृद्ध नेपालको सञ्चार पहुँच अन्तराष्ष्ट्रिय समुदायमा पु¥याउन सरकारले अंगे्रजी च्यानल ‘एनटिभी वल्र्ड’ सञ्चालन गर्ने भएको छ । शनिबार प्रस्तुत बजेटमा महत्वका साथ नेपाल टेलिभिजनबाट उक्त च्यानल शुरु गरिने घोषणा भएको हो ।

नेपाली टेलिभिजन प्रसारणका इतिहासमा सो च्यानलले अन्तरराष्ट्रिय जगत्मा नेपाल बुझ्ने गरी सामग्री प्रस्तुत गर्ने कुरा पहिलो कदमका रुपमा लिइएको छ । च्यानलले नेपाल टेलिभिजनको प्रसारणलाई अन्तराष्ट्रियस्तरमा पु¥याउने छ ।

च्यानल सञ्चालनका लागि सरकारले आवश्यक बजेटसमेत विनियोजन गरेको छ । ‘नेपाल टेलिभिजनको प्रसारणलाई अन्तरराष्ट्रियस्तरमा पु¥याउन एनटिभी वल्र्ड च्यानल सञ्चालनमा ल्याइनेछ’, नेपाल सरकारद्वारा प्रस्तुत बजेटमा भनिएको छ । अन्तरराष्ट्रिय समुदायसँग नेपालको सीधै पहुँचन भएकाले छिट्टै सञ्चालन हुने ‘एनटिभी वल्र्ड’ सहज माध्यम बन्ने विश्वास लिइएको छ । आफ्नै सञ्चार पहुँच नहुँदा नेपालबारे बेलाबेला उत्पन्न हुने भ्रमले देशको पर्यटन क्षेत्रलाई समेत प्रभावित तुल्याएको छ ।
“‘समृद्ध नेपाल ः सुखी नेपालीको सन्देश अन्तरराष्ट्रिय समुदायमा अहिलेसम्म पुग्ने माध्यम छैन, नेपाली टेलिभिजनको इतिहासमा एनटिभी वल्र्ड च्यानलमार्फत पहिलो पटक अन्तरराष्ट्रिय समुदायसँग पहुँच पुग्नेछ”,सरकारका प्रवक्ता पार्वत गुरुङले भन्नुभयो । सञ्चारको संसार भन्ने मान्यतासहित सूचना र सञ्चार प्रविधिको अधिकतम उपयोग गर्ने नीतिअनुसार सरकार अघि बढेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले बताउनुभयो ।

इन्टनेटको पहुँच तीव्र

सरकारले जनताको सहज पहुँचका निम्ति डिजिटल नेपाल पे्रmमवर्कलाई कार्यान्वयन गरिने बताएको छ । ‘समृद्धिका लागि सञ्चार’ भन्ने मुख्यध् येय भएको उल्लेख गर्दै प्रवक्ता गुरुङले भन्नुभयो, “समृद्धिका लागि सञ्चार र सूचनामा सबैको सहज पहुँच अनिवार्य हो । यसका लागि अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग निर्माण गर्ने छौंँ ।”
सुशासन र पारदर्शिताका निम्ति स्थानीय तहको केन्द्र, वडासम्म ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तारको काम सरकारले अघि बढाएको छ । सो कार्यक्रम मन्त्रालयबाट कार्यान्वयन भइसकेको छ । हाल आठ जिल्लाका स्थानीय तहसँग ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तार भइसकेको छ ।
इन्टरनेटका माध्यमबाट शिक्षा र स्वास्थ्यमा जनताको सहजताका लागि सामुदायिक विद्यालय, क्याम्पसमा ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तार शुरु गरिएको छ । सो कार्यका लागि सरकारी निकायबाट प्रदान गरिने सेवा सेवाग्राहीले नागरिक एप्सबाटै प्राप्त गर्ने छन् ।

कोभिडपीडित पत्रकारलाई सम्बोधन

कोभिड–१९ प्रभावित पत्रकारको समस्यासमेत सरकारले सम्बोधन गरेको छ । कोभिड–१९ का नाममा बेरोजगार बन्न पुगेका पत्रकारका लागि सरकारले ‘लेखनवृत्ति’को व्यवस्था गरेको छ ।

त्यसैगरी श्रमजीवी पत्रकारका लागि रु सात लाखसम्मको दुर्घटना बीमा र सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिने सरकारले घोषणा गरेको छ । बीमाका हकमा बीमा प्रिमियमको ५० प्रतिशत सरकारले बेहोर्ने छ ।

नेपाली पत्रकारको दक्षता अभिवृद्धि तथा व्यावसायिकता विकास गर्न आमसञ्चार राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानलाई आगामी आर्थिक वर्षभित्र स्थापना गरिने सरकारले घोषणा गरेको छ । लामो समयदेखि नेपाली पत्रकारका साझा व्यावसायिक संस्थाले पत्रकारको क्षमता अभिवृद्धिका लागि प्रतिष्ठान स्थापना गर्न माग गर्दै आएका थिए ।

प्रेस संग्रहालय बन्ने

नेपाली प्रेस र पत्रकारितासम्बन्धी विभिन्न कालखण्डमा भएको प्रविधिको विकासलाई जीवन्त राख्न प्रेस संग्रहालय स्थापना गरिएको छ ।
सरकारी निकायबाट प्रदान गरिने विज्ञापनमा सबै प्रकारका सञ्चारमाध्यमको पहुँच पुग्ने व्यवस्था गरिएको बजेटमा घोषणा गरिएको छ जसमा छापा, विद्युतीय टेलिभिजन, रेडियो, अनलाइन सबै पर्ने छन् ।
जनताको मनोरञ्जन र मुलुकभरका पर्यटकीय, सांस्कृतिक, धार्मिक क्षेत्रको समेत प्रचारप्रसार हुने उद्देश्यसहित सबै प्रदेशमा चलचित्र छायाङ्कनस्थल निर्माण गर्ने कुरा सरकारले शनिबारको बजेट भाषणमा समावेश गरेको छ । रासस

तपाईको प्रतिक्रिया