गोसाइकुण्ड गाउपालिकामा नेकपा एमालेबाट उपप्रमुख उठेकी रसुवाकी सुपरिचित समाजसेवी प्रतिमाले २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा २५ सय ४५ मत ल्याएर विजयीमा आज २०७९ जेष्ठ ६ गते पदभार ग्रहण गरेकी छिन ।
उहाले आज उपाध्यक्ष पदको पदभार ग्रहण गर्दै गोसाइकुण्ड गाउपालिकामा सुशासन र समृद्धिको लागि प्रत्येक्ष जनताले अुनुभुति हुने खालको कार्यक्रमहरू लिएर आउने बताउनु भयो ।
उहाँ गोसाईकुण्ड गाउपालिकामा सबै वडाहरूमा सबै भन्दा बढी मत ल्याउन सफल छिन ।जब सम्म कुनै पनि ठाउमा स्वास्थ र शिक्षित समाज निर्माण हुन सकिदैन तब सम्म त्यस ठाउको दिगो विकास हुन सकिँदैन भन्ने मान्यताका राख्दै विगत ४र५ वर्ष यता ूस्वास्थ र शिक्षित समाज निर्माणू अभियान संचालन गर्दै आइरहेको हुदाँ सो मान्यतालाई यथाबत राख्दै आफ्नो कार्यकालमा स्वास्थ्य र शिक्षामा गुणस्तर सुदृढीकरणमा विशेष जोड दिदै जनतालाई निशुल्का शिक्षा र स्वास्थ्यको व्यवस्था गर्ने बताउनु भयो ।
उहाले पदभार समाल्दै स्वास्थ र शिक्षाको गुणस्तर सुदृढीकरणको लागि पालिका भित्र रहेको विद्यालय र स्वास्थ सांस्थाहरूको आफु प्रत्येक्ष निरिक्षणमा गर्ने पनि बताउनु भयो ।
२०५४ सालमा एमालेबाट साविक स्याफ्रु गाविसाको अध्यक्ष बनेका बुबा कर्न्याल लामाको प्रेरणाबाट राजनीतिमा होमिएकी प्रतिमा ८ कक्षादेखि आफु काठमाडौ अध्यनरत भएकाले रसुवा सम्पर्कमा आबद्द भएर २०६४ साल देखि लागिपरेको थिइन र पछि आफ्नो अध्यन सके पछि काठमाडौंको जागिर राजिनामा दिदै सम्पुर्ण अवसरलाई लात मार्दै आफ्नो गाउँ आफै बनाउनु पर्छ भनेर रसुवा फर्केकी थिईन २०७४ साल । पेशाले नर्स रहेकी प्रतिमाले आफ्नो पेशा सँग सँगै ूस्वास्थ र शिक्षित समाज निर्माणू अभियान लिएर रसुवाको हरेक गाउँ गाउमा गरिब दिन दुखी , बृद्धबृद्धाहरू, युवा, महिलाहरू, पिडितहरूलाई सेवा गर्दै हिडिकी थिइन जसले प्रतिमालाई रसुवामा धेरै सुपरिचित बनाईन । महामारीको समयमा समेत नर्स प्रतिमाले आफ्नो ज्यानको बाजि राखेर अरू घर भित्र थुनेर बस्ने समयमा आफु घर बहिरा निस्केर रसुवाली जनताको धेरै सेवा गरेकी थिइन । कोभिडको समयमा हरेक वडा वडाका स्वास्थ्य चौकीहरूमा अक्सिजन लगायत भिविन्न स्वास्थ्य सामाग्रीहरू सहयोग गरेको थियो भने बाढी पिडित, आगोलागि पिडित,किड्नी पिडित सबैलाइ सहयोग गरेका छनि ।
यसरी विभिन्न गाउहरूमा सामाजिक कार्यक्रमहरू संचालन गर्ने हुँदा समाजमा उनी परिचित थिइन् । उनीले २०७४ साल यता रसुवाको हरेक गाउँ गाउमा पुगेर सेवा गरेको हुदाँ विपक्षी मतसहित प्राप्त गरेर बहुमतले विजयी गरेकी थिइन नर्स प्रतिमाले । उनी आफ्नो पार्टी र विपक्षी पार्टी सबै माझ राम्रो छवि बनाउन सफल छिन । साथै उहाको जितले रसुवामा युवाहरूमा थप हौसाला मिलेको देखिन्छन ।