त्यो बेलाको परिस्थितिलाई मध्यनजर गर्दै हामीले निर्णय गरेका हौँ – वडा अध्यक्ष

काठमाडौं – कीर्तिपुर स्थानिय उत्पादन तथा कृषि बजार, सबि कृषि फर्म प्रा. लि. ले कब्जामा लिएको कृषि बजारका कोषाध्यक्ष निकेश महर्जनले बताएका छन् ।

कीर्तिपुर नगरपालिकाको समन्वयमा (नगर प्रमुखको तोक आदेशमा) मिती २०७६ जेठ १९ गते दर्ता गरी कीर्तिपुर न.पा. ९ स्थित टाउनप्लानिङ हनुमान घाटमा निर्माण भएको सो टहरा अहिले वडाध्यक्षले एकलौटी निर्णय गरेर सबि कृषि फर्मलाई दिएको कृषि बजारका कोषाध्यक्ष महर्जनले आरोप लगाएका छन् । पहिला हामीले प्रयोग गर्दै आएको टहरा अहिले एक्कासी एउटा निजी फर्मलाई हामीलाई थाहाँनै नदिई किन दिइयो भन्दै वडाध्यक्षलाई प्रश्न गरेका छन् ।

बारम्बार बडा कार्यालयमा बार्ता गरेपनि बिना निश्कर्ष बार्ता टुंगिएको जानकारी दिदै उनले भने ‘पहिला कृषकहरुको लागि भनेर बनाउने अनि अहिले चाही कृषकलाई लात हानेर बाहिर निकाल्ने ? अहिले हामीले बाहिर पानीमा भिज्दै तरकारी बेच्नु परेको छ ,योे अवस्था हामीले कहिले सम्म व्यहोर्नु पर्ने ? हामीलाई पहिलाके ठाँउमा कसरी हुन्छ राख्नुप¥यो, सुन्दैछु सबि कृषि फर्मले कुनै पनि कृषकलाई यहाँ पाइला टेक्न नदिने रे ।’

यता वडाध्यक्ष गंगाराम महर्जनले भने त्यो बेलाको परिस्थतिलाई मन्ध्यनजर गर्दै हामीले सबि कृषि फर्मलाई पाच वर्षको सहमति गरेर दिइएको बताएका छन् । हामीले बजारको अनुगमन दिनानुदिनै गछौँ यति कृषकको भावना विपरित छ भने हामीले तत्कालै निर्णय माथी पुर्न बिचार गर्न सक्ने पनि वडाध्यक्ष महर्जनले बताए ।

कृषि बजारका कोषाध्यक्ष र यसै वडाका वडाध्यक्ष संग यही बिषयमा गरिएको कुराकानी हेर्नुहोस्

तपाईको प्रतिक्रिया