संखुवासभा – संखुवासभाको चैनपुर नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । चैनपुर नगरपालिका प्रमुखमा एमालेका कृष्णकुमार तामाङ ६,७५७ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी गठबन्धन तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका ज्ञानबहादुर कार्कीले ५ हजार ९४० मत पाए । 

उपप्रमुखमा एमालेकै एलिना श्रेष्ठ ६ हजार ३०५ मतसहित विजयी भएकी छन् । उनका प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उमेदवार लाखमान तामाङले ५ हजार ४३० मत प्राप्त गरे ।

तपाईको प्रतिक्रिया