काठमाडौं – खिजिदेम्बा गाउँपालिका–९ दोरखर्कामा १२ दिने उद्घोषण तथा भाषाणकला तालिम सम्पन्न भएको छ ।

शेर्पा सञ्चार समूह नेपाल जिल्ला शाखा ओखलढुङ्गाको आयोजनामा भएको तालिममा खिजिदेम्बा गाउँपालिका ९ का वडाध्यक्ष आङपसी शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । तालिममा शेर्पा रअन्य समुदायका गरी २९ युवाको सहभागिता रहेको थियो ।

शेर्पाहरूमा बोल्ने सिप विकास गर्न तथा दक्ष उद्घोषक उत्पादन गर्ने उद्देश्यले तालिमको आयोजना गरेको संस्थाका सदस्य तथा कार्यक्रम संयोजक याङडी शेर्पाले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै शेर्पा सञ्चार समूह जिल्ला शाख अध्यक्ष दाबा जाङबु शेर्पाले तालिमले बोल्ने सीप प्रदान गरेको र थप आत्मविश्वास बढेको बताए ।

समापन कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष शेर्पाले उद्घोषण तथा भाषणकला तालिम जीवन उपयोगी सीप भएको र समय सान्र्दभिक भएको भन्दै शेर्पा युवाको लागि यस्तो तालिम जरुरी रहेको बताउनुभयो । उहाँले आगामी दिनमा वडाबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथि शेर्पा सञ्चार समूह नेपालका केन्द्रीय अध्यक्ष पासाङ शेर्पाले प्रशिक्षकले सिकाएको सीपलाई विद्यार्थीले सदुपयोग गर्दै गाउँमा हुने विभिन्न समूहको नेतृत्व गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । संस्थाले बर्सेनि आयोजना गर्ने यस किसिमको कार्यक्रम निकै प्रभावकारी भएको बताए ।

तालिमका सहजकर्ता एवं हिमालयन शेर्पा साँस्कृतिक केन्द्रक महासचिव तथा लेखक सेर्कु शेर्पाले चासो र उत्साहका कारण छोटो अवधिमै विद्यार्थीले धेरै कुरा सिकेको दाबी गर्नुभयो । उहाँले तालिममा सिकेका ज्ञान र सीप प्रयोग गरी व्यवहार परिवर्तन गर्न सके तालिम फलदायी हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया