काठमाडौं  -किरात राई चाम्लिङ खाम्बातिम बेलायतले किरातीहरूको महान् चाड साकेला उभौली (ईस्वी संवत् २०२४/यले सम्बत ५०८४/विक्रम सम्बत २०८१) भव्य रूपमा आइतबार किरात राई हाउस ग्याम्बल लेनमा वृहत सांस्कृतिक समारोहको आयोजना गरी धूमधामका साथ साकेला मनाएका छन् ।

उक्त कार्यक्रममा चाम्लिङ खाम्बातिम बेलायतका अध्यक्ष चन्द्र जयपालले कार्यक्रमको अध्यक्षता गरेका थिए। किराया बेलायतका अध्यक्ष रि.मेजर योगेश कोयी राईको प्रमुख आतिथ्यता सम्पन्न भएको उक्त कार्यक्रममा पुमा, बान्तवा तगायत अन्य विभिन्न भाषिक संस्थाहरुको उपस्थिति रहेको थियो। कार्यक्रमलाई माहासचिव राजेन रामजङ राईले संचालन गरेका थिए ।

बर्सेनि पित्री,प्रकृती र हुईलुङ पुजा गर्दै विभिन्न प्रकारको सिल्लि टिप्दै बडो गर्वका साथ साकेला नाचिने उक्त कार्यक्रममा सम्पुर्ण वैतुङ दाजुभाई, दिदीबहिनी, छोरीचेली, जुवाई चेलाहरु लगायत सबै पाछाको पाछागत उपस्थिति रहेको थियो ।

प्राचिन सिलीहरूको जगेर्णा गर्दै लानका लागी मछामा (साय) सिली , पारूहॉङ् (खुट्टे) सिली , नाईमा (हाते) सिली , खासिमा (झींगा) सिली , वापा/वामा (भाले/पोथी) सिली , तावा (मयूर) सिली , कावा (गंगटा) सिली , काछुपा (बॉदर) सिली , बेसारा सिली, सिकी/सिप (तान बुन्ने) सिली , चासुम (अन्नपात) सिलीहरूमा धित मरुन्जेल नाचेर व्यवहारिक रुपमा नयॉ पुस्तालाई हस्तान्तरण गर्ने प्रयास रहेको कुरा किरात राई चाम्लिङ खाम्बातिम बेलायतका अध्यक्ष चन्द्र जयपाल बताएका छन् ।

तपाईको प्रतिक्रिया