नारायण लिंङखा देवान

ललितपुर – ललितपुर महानगर पालिका वडा न. ५ स्थित बुद्धिविकास मंडलको समाकक्ष मा नेपाल अर्बुद रोग निवारण संस्था ललितपुरको आयोजनामा विश्व घुम्रपान रहित दिवसको उपलक्षमा आयोजित विद्यालय स्तरिय सचेतना कार्यक्रम सम्पन्न भयो।

उक्त कार्यक्रम नेपाल अर्बुद रोग निवारण संस्था ललितपुर शाखाका सभापति शैलेन्द्र लाल प्रधान को समापतित्वमा भएको थियो। कार्यक्रम मा फूलको गमलामा समापति प्रधानले पनि हालि उद्घाटन गरे।

कार्यकममा विज्ञहरु जय बाहादुर गुरुङ्,डा. प्रकाश न्योपाने,केन्द्रिय महासचिव विनोद कुमार होडा,नमुना मछिन्द्र विद्यालय का शिक्षक शिक्षिका,छात्रष्,छात्राहरु,बुद्धिविकास मंडलका प्रतिनिधीहरु,ललितपुर वडा ५ का महिला सदस्य शोभा देवि प्रधान,सदस्य पुनम निरौला,अन्यबुद्धिजिवी,सर्वसाधारणको उल्लेखनिय उपस्थिति रहेको थियो।

डा. प्रकाश न्योपानेबाट विद्यार्थी विच अन्तरक्रिया कार्यक्रम भयो। मुख्य निष्कर्ष खुल्ला ठाँऊ माघुम्रपान गर्नु भनेको कल कारखानाबाट निक्लीने धुँवा भन्दा घातक देखिने बिज्ञ हरु भनाई थियो। कार्यक्रम सञ्चालन नेपाल अर्बुद रोग निवारण संस्था ललितपुरका सचिव,समाजसेवी केदार कार्कीले गरेका थिए ।

तपाईको प्रतिक्रिया