रसुवा – अलिबाबाको आर्थिक र चाइना फाउण्डेशनको सहयोगमा रसुवाको उत्तरगया गाउँपालिका वडा न १ तिरू आधारभूत विद्यालयमा प्रतिनिधी सुजन तामाङ्ग र मिन बहादुर विकको हातबाट ४० जना विद्यार्थीहरुलाई स्कूल झोला ,सिसा कलम, ज्यमेट्री बक्स, हाइजेनिक किट, कलर बक्स जस्ता १९ प्रकारका सामग्रीहरु वितरण गरिएको छ।

प्रतिनिधी टोलीलाई खुशी हुँदै धन्यबाद दिदै आगामी दिनहरूमा पनि सहयोगको अपेक्षा रहेको विद्यालयका प्रधान अध्यापक शिला तामाङले आफ्ना भनाई राख्नु भएको थियो।


विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सरोज घलेले प्रतिनिधी टोलीलाई खादा र फूलमाला लगाई स्वागत गरी धन्यवाद व्यक्त गर्दै कार्यक्रमलाई सहज गराईदिनु हुने समाजसेवि तथा राजनीतिज्ञ मान बहादुर तामाङ्गलाई पनि सम्झनु भएको थियो ।

तपाईको प्रतिक्रिया