काठमाडौं – नेपाल आइडल सिजन -२ का बिजेता रवि ओड र अस्मिता परियारको स्वरमा रहेको ‘यही कुरा साँचो हो’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो रबि ओड युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा माधव तिम्सिनाको शब्द रहेको छ भने संगीत, एरेन्ज तथा मिक्सिङ बाबुल गिरीको रहेको छ ।

काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा खुस्बु खड्का र प्रिन्स विश्वकर्माको अभिनय रहेको छ । उनीहरू दुईको प्रेम भावलाई भिडियोमा देख्न सकिन्छ ।

भिडियोमा राम कुमार केसीको छायांकन, राजीव समरको कोरियोग्राफी, टेकेन्द्र शाहको सम्पादन र दशरथ सुनारको निर्देशन रहेको छ ।
भिडियो…

तपाईको प्रतिक्रिया