काठमाडौं – वौद्धिक विकास र सौन्दर्य पहिचान र संस्कृति भन्ने मुल नारासहित सम्मान मिस लिम्बू (सिसागेन याक्थुङमा) छैटौं संस्करण चैत ११ मा प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ ।

प्रतियोगितामा नेपालसहित हङकङ, यूके, सिक्कीम, दार्जेलिङलगायत स्थानबाट पनि युवतीहरुको सहभागिता रहनेछ ।प्रतियोगिता अडिसन धरानमा यही माघ २८ गते तथा काठमाडौंमा फागुन ६ गते हुनेछन् ।

विजेताले नगद ५० हजारसहित एउटा स्कुटर, दोस्रो हुनेले १ लाख तथा तेस्रो हुनेले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । सहभागिताका लागि एसईई उत्तीर्ण गरेका १७ देखि २६ वर्ष उमेर समूहका अविवाहित लिम्बू युवती हुनुपर्ने मापदण्ड तोकिएको छ ।

प्रतियोगितालाई पूर्वमिस नेपाल तथा कोरियोग्राफर सदीक्षा श्रेष्ठले कोरियोग्राफी गर्नुका साथै साथै पूर्वमिस नेपाल माल्भीका सुब्बा, सुविन लिम्बू, भाषाविद् यासेली योङहाङ, डिबी आङ्बुहाङलगायतले व्यक्तित्व विकासको तालिम प्रदान गर्नेछन् ।

तपाईको प्रतिक्रिया