काठमाडौं – मिस तामाङ १५ औं संस्करणको उपाधि पासाङ याङ्जी वाइबा तामाङले हात पारेकी छन् । १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै याङ्जी मिस तामाङ १५ औं संस्करणको को ताज पहिरन सफल भएकी हुन्।

प्रतियोगितामा फस्ट रनरअपको उपाधि सुशीला मार्फा तामाङ, सेकेन्ड रनर अप सिर्जना गोले तामाङले जितिन्। सिर्जनाले मिस मल्टिमिडिया टाइटल पनि हात पारिन्।

बिनिता लुङ्बाले मिस अनलाइन भोटिङ, पूजा दोङले मिस ट्यालेन्ट, मेलिना योञ्जनले बेस्ट ड्रेस, सिया घिसिङले मिस पपुलर र मिस पर्सनालिटी, प्रनिसा तामाङले मिस ब्युटिफूल हेयर र सबिना तामाङले मिस फोटोजेनिक टाइटल हात पारिन्।

तपाईको प्रतिक्रिया