नारायण लिंखा देवान


काठमाडौं
– आर्थिक अभावको कारण उपचार गर्न नसक्ने अवस्थामा रहेकी मनिता देवानलाई याक्खा छुम्माले ३ लाख ५० हजार नगद सहयोग गरेको छ । सेतो रक्त कण सम्बधी रोगका कारण पीडित बनेकी देवानलाई किराँत याख्खा छुम्मा बेलायतको विशेष सहयोगमा नगद सहयोग गरेको हो ।

पाँचथर निवासी हाल काठमाण्डौको चंन्डौल अस्थाई बसोवास गर्ने १५ वर्षिया देवान सेतो रक्त कण सम्बधी रोग कारण उपचार गर्न सकिरहेका छैन् । उनको आर्थिक अति जटिल समस्या भएको कारण राम्ररी उपचारमा समस्य भएपछि याख्या छुम्माले सहयोगको पहल गरेको हो ।

नगद विरामी र विरामीको दाजु प्रेम देवानलाई हस्तान्तर गरे । उक्त कार्यक्रममा किराँत याख्खा छुम्माको केन्द्रीय माहासचिव सोनाम याख्खा, उपत्यका समितीका अध्यक्ष रोहित देवान, मानव अधिकारकर्मी दिलीप याख्खा, भुपु विट्रिस आर्मी (समाजसेवी) कृष्ण सम्याहाङग याख्खा, भु.पु. सिंगापुर पुलिस तथा समाज सेवी मणिराज देवान, पत्रकार भिम देवानको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया