काठमाडौं – राष्ट्रिय जनसंगीत कलाकार संघ नेपाल, केन्द्रिय समितीको आयोजनामा भएको फुटसलको उपाधी राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल, बागमती प्रदेशले जितेको छ ।

ललितपुर स्थित सुनाकोठीमा शनिबार भएको फाइनल खेलमा महासंघ बागमती प्रदेशले राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल केन्द्रिय समितीलाई ६ – ४ गोलको अन्तरले पराजित गर्दै उपाधी हात पारेको हो ।

बिजेता बागमती प्रदेशले केही नगद सहित ट्रफी र प्रमाणपत्र पायो । जम्मा पाँच टिमले खेलमा सहभागिता जनाइएको थियो । एक आपसमा चिनजान साथै निरन्तर समन्वय र सहकार्य गर्ने उद्धेश्यले जनसंगीत कलाकार संघले फुटसल प्रतियोगिता आयोजना गरेको हो ।

फोटो किरण थापा

तपाईको प्रतिक्रिया