सप्तरी – सप्तरीमा आइतबार भएको उपनिर्वाचनमा विजयी एक जना वडाध्यक्ष पक्राउ परेका छन् । हत्या आरोप लागेका डाक्नेश्वरी नगरपालिका–१ का नव निर्वाचित वडाध्यक्ष घिरेन्द्रकुमार साहलाई प्रहरीले हिजो आयोजित वडा कार्यालयमा पदभार ग्रहण गर्न लाग्दा प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

उनीविरुद्ध दुई जनाको हत्या आरोपमा कर्तव्य ज्यान मुद्दा विचाराधीन छ । साह जनता समाजवादी पार्टी नेपालको तर्फबाट वडाध्यक्ष विजयी भएका हुन् । स्थानीय एक युवतीको हत्या र उनको भाइलाई अपहरण समेत गरेको आरोपमा उनी बिहीवार पक्राउ परेका हुन् ।

डाक्नेश्वरी १ को वडा कार्यालयमा राखिएको पदस्थापना कार्यक्रमको मञ्चबाटै साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले पुष्टि गरेको छ । पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको छ । गत मंसिर १६ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार साह ६५२ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका थिए ।

तपाईको प्रतिक्रिया