ललितपुर – प्रेस चौतारी नेपाल ललितपुरले स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित भएका २३ जनप्रतिनिधिलाई सम्मान गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि रहेका एमाले स्थायी कमिटी सदस्य एवं पूर्व शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठले फोटो अंकित शुभकामना र बधाई सहितको फ्रेम प्रदान गरी सम्मान गरेका हुन्। कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य सुशीला नेपाल, केन्द्रीय कमिटी सदस्यहरू विष्णु रिजाल सदस्यहरू विष्णु रिजाल, हरिकृष्ण ब्यञ्जनकार र बाबुराम थापालगायतका नेताहरूको उपस्थिति रहेको थियो।
ललितपुर जिल्लामा रहेका ६ वटा पालिकामा ललितपुर महानगरको उपप्रमुखमा मन्जली शाक्य (आस्था), कोन्जोस्योम गाउँपालिका प्रमुखमा कृष्णमान लामा र महालक्ष्मी नगरपालिका प्रमुखमा हरिगोविन्द श्रेष्ठ निर्वाचित भएका हुन्।
जिल्लाका ६ मध्ये ५ वटा पालिकामा मात्र एमालेको प्रतिनिधित्व रहेको छ। वडा अध्यक्षहरूमा ललितपुर महानगरमा ११, महालक्ष्मी नगरपालिकामा ६ तथा गोदावरी नगरपालिका, बागमती गाउँपालिका र कोन्ज्योसोम गाउँपालिकामा १–१ जना वडा अध्यक्ष एमालेबाट विजयी भएका छन्।