काठमाडौं – सरकारले काठमाडौंमा कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप अभियान स्थगित गरेको छ ।
यही असार २९ गतेदेखि शुरु भएको अभियान खोप अभाव भएपछि स्थगित गरिएको हो । काठमाडौं स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले आज सूचना जारी गर्दै स्वास्थ्य कार्यालयमा रहेको खोप सकिएकाले स्थगन गर्ने जानकारी दिनुभयो । खोप अभियान यही साउन दुई गतेसम्म सञ्चालन गर्ने भनिएको थियो ।
खोप अभियानका लागि काठमाडौँ जिल्लामा ४४ वटा खोप केन्द्रबाट खोप उपलब्ध गराइँदै आइरहेको थियो । भेरोसेल ५५ वर्ष र सो माथिका उमेर समूहका नागरिकलाई उपलब्ध गराइएको थियो ।