काठमाडौं – एलिशा श्रेष्ठले आफै अध्ययनरत बिश्वबिधालयको एक कार्यक्रमको लागि बिभिन्न देशका बिधार्थिलाई नेपाली नृत्य प्रशिक्षण गराउने भएकी छन् ।

एलिसा श्रेष्ठ केहि महिना अघि मात्र नृत्य शिक्षाको लागी संयुक्त राज्य अमेरिकाको केन्टकी राज्यको सेन्ट लुईस स्थित वेबस्टर बिश्वबिधालयमा गएकी हुन् ।

दिदी- बहिनी रुविशा श्रेष्ठ र एलिशा श्रेष्ठले लगातार ४१ घन्टा ५ मिनेट युगल नृत्य गरेर गिनिज अफ वल्ड रेकर्डमा नाम लेखिसकेका दुई दिदी- बहीनीले थुप्रै स्टेज कार्यक्रम लगायत म्यूजिक भिडियोहरुमा पनि काम गरीसकेका छन्।

एलिशा अध्ययरत बिश्वबिधालयले आउने बुधबारको दिन हुने एक बिशेष कार्यक्रमको निमित्त सो जिम्मेबारी पाएकी हुन् ।

तपाईको प्रतिक्रिया