• बा को हातमा कहिले गुलाब देखिन, तर आमालाई मायाको कुनै अभाव देखिन । झगडा परिरहहे पनि सम्बन्ध उस्तै प्रघार, वा प्रेममा कसैको यस्तो झुकाब देखिन।

kalpana Poudel

————————————————————————————————————–

  • समान सम्बन्धहरूबीचमा बलपूर्वक स्थापना गरिएको शान्ति वास्तविक र दिगो शान्ति होइन । वास्तविक शान्ति त्यो बेला कायम हुन्छ, जुन बेला सामाजिक संरचना र नियम कानुनले विशेषगरी कमजोर र अशक्त समूह तथा वर्गको चित्त बुझाउन सक्छ ।

चियावाला

————————————————————————————————————–

  • दुनियाँ यसरी बद्लिएको छ पैसा नभएको पुरुष र सुन्दरता नभएको नारीलाई बाच्न गार्‍हो हुन्छ।

Pratibha Nepal

————————————————————————————————————–

कतिपय सम्बन्ध चङ्गा जस्तै हुने गर्छ्न उचाइ मा पुगेपोछी तोडिने !

Nishu

————————————————————————————————————–

  • सपनामा पनि तिमी टाढा टाढा हुन्छौ त्यसैले रात परेपछि निदाउन, डर लाग्छ !

आरुसि कार्की

————————————————————————————————————–

  • ९ महिना गर्भ मा राखेर उसलाई सन्सार देखाउने आमाका हात पाउ चुम्न जान्दैन… जवानी को जोशमा प्रेमिका को अङालो मा कशिएर निधार चुम्न आतुर छ …

भिमु

————————————————————————————————————–

  • ढुङ्गा एक पल्ट मन्दिर जान्छ सदैब भगवान बनेर बस्छ तर मान्छे बारबार मन्दिर जान्छ र पनि मान्छे बन्न सक्दैन !

Appikshya Sharma

————————————————————————————————————–

  • हामी त्यो समाजमा छौ जहाँ माया गर्न को लागि एकान्त ठाउँ चाहिन्छ तर हिंसा भने खुल्ला उज्यालोमा भई रहेको हुन्छ।

Thapa Kaji

————————————————————————————————————–

  • मानसिकता ठिक पार्नुस् आनन्द तपाईले पाउनुहुन्छ र अरुलाई पनि दिनुहुन्छ।

@imebeembaSwoopneel

————————————————————————————————————–

  • जब म मेरा इच्छा चाहनाले उड्ने कोशिस गर्छु, पखेटाहरु काटिन थालेको आभास गर्छु अनि जीवनका हरखुसी,इच्छा,चाहाना,सपना समाप्त भएको सम्झन्छु एक्लै छटपटाउछु ।।

(यात्री)


तपाईको प्रतिक्रिया