काठमाडौं – सुमन लिम्बू र निरन्ता नेम्बाङको स्वरमा रहेको पालाम ’इच्छिङमा‘ सार्वजनिक भएको छ ।

लिम्बू भाषाविद् येःहाङ लावतीको प्रमुख आतिथ्यमा रातोपुल स्थित रक हाउसमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो ।

शैलेन्द्र नाल्बो लिम्बूको शब्द रहेको छ भने संगीत यासेली योङहाङको,एरेञ्ज मनोज साङसोन राइले गरेका छन् भने मिक्सिङ राजु कार्कीले गरेका हुन् ।

दिनेश माङमु लिम्बूले कोरियोग्राफी र निर्देशन गरेको भिडियोमा पुष्पाञ्जली तिलिङ लिम्बू, शैलेन्द्र नाल्बो लिम्बू, रुक्सना लिम्बू, रेखा लिम्बू, दिपेन्द्र नाल्बो, मन बहाद्ुर नाल्बो , एम के योङहाङ, बिपन तावाको अभिनय रहेको छ । बुद्ध थापाको छायांकन र मिक्सिङ राजु कार्कीको रहेको छ ।

भिडियो

तपाईको प्रतिक्रिया