काठमाडौं – नेपालकी अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार भारतीय पुरुष रेस्लरलाई पराजित गरेकी छन्।

नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित प्रतियोगतामा जुरेलीले भारतका कपालीलाई सिंगल्स म्याचमा पराजित गरेका हुन् ।

विजयादशमी उपलक्ष्यमा भृकुटिमण्डपमा भएको प्रतियोगिताको रोयल नम्बर म्याचमा नेपाली ब्रोले अमेरिकाका जेबी पुनलाई हराए।

सिंगल्स म्याचमै पाकिस्तानका कल्हा अलीले नेपालका कृष्ण मगर तथा भारतका अमित दलहाले नेपालका अभिराज सिंहलाई पन्छाए ।

एकदिने प्रतियोगितामा नेपालबाट एक महिलासहित ५, अमेरिकाबाट १ तथा भारत र पाकिस्तानबाट २–२ गरी १० रेस्लर सहभागी थिए।

भिडियो

तपाईको प्रतिक्रिया