चितवन – चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन्।
गणेशस्थान बिटमा कार्यरत असई बुद्धिबहादुर घर्ती भुजेललाई निलम्बन गरी थप कारबाही प्रक्रिया अघि बढाइएको हो। माथिको पावर देखाएको भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई लात्तीले हानेर कुटपिट गरेको भिडियो आइतबार सार्वजनिक भएको थियो।
लगत्तै प्रहरीले उनलाई कारबाहीका लागि छानबिन समिति गठन गरेको छ। प्रहरी आचरणविपरीत काम गरेकाले निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले जानकारी दिए ।