काठमाडाैं – गायिका एलिना चौहानले सम्बन्धविच्छेदकाे मुद्दा  दायर गराएकी छन् ।  शुक्रबार काठमाडौं जिल्ला अदालतमा गायिका चौहानले पति विष्णु सापकोटालाई विपक्षी बनाएर सम्बन्धविच्छेद मुद्दा दायर गर्नुभएकाे हाे ।

गायिका चौहानले माना चामल र अंश हक दाबी नगरि सम्बन्धविच्छेद मात्रै गरी पाउँ भन्दै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गर्नुभएकाे हाे । उहाँले फिराद पत्रमा पतिले आफूमाथि अन्याय गरेकाे उल्लेख गर्नुभएकाे छ ।

आफ्नाे प्रेम सम्बन्धलाई २०८१ वैशाख ५ गते यी जाेडीले विवाहमा परिणत गरेका थिए । केही समयअघिदेखि नै यी दुईबीच सम्बन्ध सुमधुर नरहेको चर्चा बाहिरिएकाे थियाे ।

तपाईको प्रतिक्रिया