काठमाडौं  – अमेरिकामा सामाजिक सञ्जाल एप टिकटक प्रतिबन्ध लागू हुनुभन्दा केही घण्टा अघि नै बन्द भएको छ । अमेरिकी प्रयोगकर्ताहरूले टिकटक खोल्दा ‘तपाई अहिले टिकटक प्रयोग गर्न सक्नु हुन्न’ भन्ने सन्देश देखिरहेका छन् । यसको पछाडि एपले प्रतिबन्ध लगाउने अमेरिकी कानूनलाई उद्धृत गरेको छ ।

धेरै प्रयोगकर्ताहरूले टिकटकलाई एप स्टोरबाट पनि हटाइएको र भिडियोहरू टिकटक डट कममा नदेखिएको बताए। टिकटकले भनेको छ, ‘हामी भाग्यमानी छौँ कि ट्रम्पले पदभार ग्रहण गरेपछि टिकटक पुनः सुरु गर्ने समाधानमा हामीसँग काम गर्ने संकेत पाएका छौं ।’ अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई प्रतिबन्धबाट ९० दिनसम्म छुट दिन सक्ने बताएका छन् ।

अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनको पक्षमा फैसला गरेको थियो।

तपाईको प्रतिक्रिया