मेष

लामो दुरीको धार्मिक यात्रा भएपनि यात्राका क्रममा विभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्दा मन खिन्न हुनेछ । पढाइ लेखाइमा दिइएको समय कम हुनेछ । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्य सम्बन्धी समस्या आई दैनिक कामहरु गर्न सकिने छैन ।

बृष

अध्ययन अध्यापनमा मन नजाने हुनाले प्रतिस्पर्धीहरु हावी हुनेछन् । आम्दानीको तुलनामा खर्च अधिक हुने हुँदा दैनिक गुजार गर्न गाह्रो हुनेछ । घर परिवार तथा चेली माईतीबीच सामान्य कुरामा राय बाझिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुँदा तिर्नुपर्ने ठाउँमा रकम दिन नसक्दा मन खिन्न हुनेछ ।

मिथुन

जीवन साथीको सहयोगले नाफामुलक व्यावसाय सुरु गर्न सकिनेछ भने लामो दुरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । मानव निर्मित भौतिक सम्पत्ति तथा विलासी सामान प्राप्त हुने योग रहेको छ । पढाइ लेखाइमा अरुलाई किनारा लगाउँदै आफन्त तथा गुरुहरुको नाक राख्न सकिनेछ । माया प्रेममा रामाउन चाहनेहरुले सँगै बसेर भलाकुसारी गर्न पाउने समय रहेको छ ।

कर्कट

आम्दानीका स्रोतहरु फराकिलो पार्दै तत्काल नयाँ व्यावसाय थालनी गर्न सकिनेछ । पढाइ लेखाइमा अरुलाई किनारा लगाउँदै स्कूल तथा कलेजमा छुट्टै पहिचान बनाउन सकिनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने मामा तथा मावली पक्षबाट तपाईंको काममा भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ ।  

सिंह

माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ । व्यापार व्यावसायमा नाफा कमाउन निकै मिहिनेत गर्नुपर्ला । परिवारका सदस्यबाट तपाईंको काममा सहयोग नहुन सक्छ । पति पत्नीबीच मनमुटाव बढ्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला, अनेक बाधा अड्चन आईलाग्नेछ । विद्यामा सफलता पाउन निकै मिहिनेत गर्नुपर्ला । आफन्तबाट उपहार प्राप्तीको योग रहेपनि टरेर जानेछ ।  

कन्या

सामाजिक मान सम्मानमा आघात पुग्ने योग रहेको छ । घर परिवारबाट टाढा हुनुपर्दा नरमाईलो लाग्नेछ । पढाइ लेखाइमा मन नजाँदा वा घर बस्न मन नलाग्दा अरु भन्दा पछि परिनेछ । आमा वा घर परिवारका आफूले मान्नु पर्ने मानिसहरुको सल्लाह तथा सुझावलाई शिरोधार्य गर्दै अगाडि बढ्नुहोला । प्रेममा सामान्य खटपट हुने योग रहेको छ ।

तुला

आफन्त तथा मनपर्ने साथीका साथ छोटो, रमाईलो तथा अर्थपूर्ण यात्रा हुने हुनाले मन प्रशन्न रहनेछ । न्यायिक निर्णयहरु तपाईंकै पक्षमा हुनेछ भने शत्रु परास्त हुनेछन्  । खोज तथा अनुसन्धानको क्षेत्रबाट सकारात्मक नतिजा निकाल्न प्रशस्त समय खर्चनु पर्नेछ ।

बृश्चिक

विभिन्न सभा समारोहमा सहभागी भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर आएपनि खानपिनको तालमेल नमिल्दा सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । माया प्रेमका कोपिलाहरु फक्रन पाउने छैनन्, ध्यान दिनुहोला । व्यापारमा उधारो लाने तथा रुपैया पैसा नदिनेहरुले दिक्क लाउनेछन् । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा ध्यान दिनुहोला, मनमुटाव हुने अधिक सम्भावना रहेको छ । तापनि होटल तथा रेष्टुरेन्टको व्यावसाय भने फस्टाएर जानेछ ।

धनु

अरुको सल्लाह तथा सुझाव मान्दा व्यापार व्यावसायमा लगानी फस्ने योग रहेको छ । राजनीति तथा समाजसेवामा कमाएको इज्जत प्रतिष्ठा यथा– स्थानमा राख्न हम्मे हम्मे पर्नेछ । भौतिक सम्पत्ति तथा विलासी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । घरपरिवार तथा आफन्त जनसँग मनमुटाव बढ्ने योग रहेको छ ।

मकर

काम गर्दा विशेष सावधानी अपनाउनुहोला, समयमा नसकिने हुँदा मान सम्मानमा कमी हुनेछ । बाहिरी वातावरण तथा खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउनेछ । व्यापार व्यावसायमा मन्दी आउनेछ भने विदेशी लगानीबाट सञ्चालित उद्योग तथा व्यावसाय फस्टाएर जानेछ । कर्म प्राप्तिको लागी लामो दुरीको यात्रा हुने अधिक सम्भावना रहेको छ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछी परिनेछ ।

कुम्भ

पढाइ लेखाइमा राम्रो तथा सम्मानजनक स्थान प्राप्त हुने हुँदा मन खुसी रहनेछ । माया प्रेममा एकअर्कालाई विश्श्वास गर्दै अगाडि बढ्ने समय रहेको छ । विभिन्न किसिमका मानव निर्मित सामानहरु प्राप्त हुनेछन् भने आफूसँग भएको सीप प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । सामाजिक काम गरी राज्यबाट पद प्रतिष्ठा पाउने गतिलो योग रहेको छ ।

मीन

परिवार तथा आफन्तको साथ पाइने हुनाले काम गर्न सहयोग पुग्नेछ । नयाँ काम पाउने तथा गरिरहेको ठाउँमा बढुवा हुने योग रहेको छ । समस्याहरुको समाधान गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । शत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा वर्चस्व कायम राख्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईंको काममा सहयोग हुनेछ ।

तपाईको प्रतिक्रिया