आजको मौसम

आजको मौसम
काठमाडौं  - हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौ...

किमाथाङ्का–खाँदबारी सडक बनाउन बजेटको अभाव छैन – उपप्रधानमन्त्री महासेठ

किमाथाङ्का–खाँदबारी सडक बनाउन बजेटको अभाव छैन – उपप्रधानमन्त्री महासेठ
संखुवासभा - उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठले आगामी आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा किमाथाङ्कामा सडक पुग्ने बताएका छन् । संखुवासभाको भोटखोला गाउँपालिकामा आयोजित प्रथम भोटखोला महोत्सवको आइतबार समापन समारोहमा सहभागी हुँदै उपप्रधानमन्त्री महासेठले उक्त आयोजनाका लागि बजेट अभाव नभएको उल्लेख गरे । कार्यक्रममा रक्षामन्त्री हरि उप्रेतीले किमाथाङ्का नाका चाँडै खोल्ने प्रतिबद...

दीपक खड्का कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत

दीपक खड्का कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत
काठमाडौं  - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा संखुवासभाका दीपक खड्का मनोनीत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) तथा नियमावली २०७६ को नियम ५६ (२) बमोजिम उहाँलाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनयन गरेको नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा सिटौला

कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा सिटौला
काठमाडौं - नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनयन गरेको छ। सभापति शेरबहादुर देउवाले आज राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टीका पूर्वमहामन्त्री एवं राष्ट्रियसभा सदस्य सिटौलालाई मनोनयन गरेका हुन्। सभापति देउवाले उनलाई कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम राष्ट्रियसभा संसदीय दलको ने...

सुदन किराँतीको ‘पलपल बगीरहेछु’ सार्वजनिक

सुदन किराँतीको ‘पलपल बगीरहेछु’ सार्वजनिक
काठमाडौं - नेकपा माओवादी केन्द्रका सांसद  एवं पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ‘पलपल बगीरहेछु’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । आज काठमाडौंमा भएको एक कार्यक्रमबीच उनको ‘पलपल बगिरहेछु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । कार्यक्रममा बोल्दै सांसद किराँतीले आफ्नो जन्म महिनाको अवसर पारेर गीत विमोचन गरेको बताए । जन्मदिनमा केही नयाँ गरौँ भनेर गीत वि...

चलचित्र ‘अञ्जिला’को पोस्टर सार्वजनिक

चलचित्र ‘अञ्जिला’को पोस्टर सार्वजनिक
काठमाडौं - महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित रहेको नेपाली चलचित्र ‘अञ्जिला’को पोस्टर सार्वजनिक भएको छ । मिलन चाम्सको निर्देशन रहेको चलचित्रको पोस्टरमा एन्जिला र अभिनेता दयाहाङ राई फिचर्ड छन् । एन्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथा चलचित्रमा रहेको संकेत गर्छ । इलाम, झापा र काठमाडौंमा छायांकन गरिएको चलचित्रमा एन्जिला स्वयं मुख्य भूमिकामा छन् ...

नवनियुक्त मन्त्रीले लिए शपथ

नवनियुक्त मन्त्रीले लिए शपथ
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले तीनजना नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। राष्ट्रपतिले नेपालको संविधानका धारा, ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा मन्त्रीमा नियुक्त भएका तीनजनालाई राष्ट्रपति कार्यालय शीलत निवासमा आज आयोजित विशेष समारोहमा सोही संविधानको धारा, ८० अनुसार पद तथा गोपनीयताको शपथ गराएका हुन्। नेपाल कम्युनिष्ट पार्टी (एमा...

टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु, एकजना घाइते

टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु, एकजना  घाइते
जलेश्वर - महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा भारतीय टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा महोत्तरी पिपरा गाउँपालिका–५ का ६० वर्षीय अकवर राइन र धनुषा क्षिरेश्वरनाथ नगरपालिका–१ का ६० वर्षीय राजकिशोर यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । जनकपुरतिरबाट मटिहानीतिर गइरहेको बीआर ०६ पी...

तीन दशकपछि तरेगणामै पुनः हाटबजार सञ्चालन हुँदा किसान खुसी

तीन दशकपछि तरेगणामै पुनः हाटबजार सञ्चालन हुँदा किसान खुसी
सिरहा -  आफूले उत्पादन गरेको तरकारी बजारसम्म लगेर बिक्रीवितरण गर्न किसान लक्ष्मण महतोले सास्ती खेप्दै आएका थिए।  लहान नगरपालिका–१६ तरेगणाका उनलाई गाउँबाट लहान बजारको हाटबजारसम्म करिब १५ किलोमिटरको दूरी हप्तामा दुईपटक दुःख, कष्टले धाउनु नियमित कर्मजस्तै बनेको थियो । अहिले भने महतोले आफ्नो उत्पादनलाई उचित मूल्यमा गाउँकै हाटबजारमा बेच्न पाएका छन् । गत माघ २८ गतेबाट नगरपालिकाले आइतबार र बिहीबार गरी हप...

आजको मौसम, चार प्रदेशमा बर्षा र हिमपातको सम्भावना

आजको मौसम, चार प्रदेशमा बर्षा र हिमपातको सम्भावना
काठमाडौं - हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली, बागमती प्रदेश तथा कोशी प्रदेशका ...