केपी ओली कपको फाइनल आज

केपी ओली कपको फाइनल आज
काठमाडौं - केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा आज मछिन्द्र क्लब र एनआरटी क्लबको भिडन्त हुँदैछ । दशरथ रंगशाला, त्रिपुरेश्वरमामा हुने यो खेल अपराहन्न ५ बजेदेखि शुरु हुँदैछ । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मछिन्द्र क्लबले मानेभन्ज्याङ एफसीलाई ५–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने बिहीबार नै सम्पन्न पहिलो सेमिफाइनल खेलमा एनआरटीले जावलाखेल युथ क्लबलाई ३–० गोल अन्तरले पराजित ...

नेपाल साफ फुटबल च्याम्पियनसिपबाट बाहिरियो

नेपाल साफ फुटबल च्याम्पियनसिपबाट बाहिरियो
काठमाडौं  - नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा आज भारतसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । बङ्गलादेशको ढाकामा भएको खेलमा नेपाल भारतसँग ४–० गोलअन्तरले पराजित भएको हो । जितसँगै भारत प्रतियोगिताको फाइनलमा पुगेको छ । भारतले पहिलो खेलमा भुटानलाई १०–० गोलले हराएको थियो । दोस्रो खेलमा बंगलादेशसँग...

ताप्लेजुङ गोल्डकप : टिकट बिक्रीबाट ११ लाख सङ्कलन

ताप्लेजुङ गोल्डकप : टिकट बिक्रीबाट ११ लाख सङ्कलन
फुङ्लिङ (ताप्लेजुङ) - ताप्लेजुङमा जारी ‘ताप्लेजुङ गोल्डकप’मा हालसम्म टिकट बिक्रीबाट रु ११ लाख २१ हजार रकम सङ्कलन भएको छ । सर्वसाधरणलाई खेल हेर्न प्रवेश शुल्कवापतको टिकटबाट सो रकम सङ्कलन भएको हो । सोमबार र मङ्गलबार भएको सेमिफाइनल खेलबाट रु चार लाख ६५ हजार सङ्कलन भएको लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार क्वाटरफाइनलबाट रु छ लाख ५५ हजार आठ सय सङ्कलन...

जापानमा नेपाली रेस्लरको जित (फोटो फिचर)

जापानमा नेपाली रेस्लरको जित (फोटो फिचर)
काठमाडौं - जापानमा भएको रेस्लिङ प्रतियोगितामा नेपाली रेस्लरले जित हात पारेका छन् । जापानको ओसाकामा भएको उक्त रेस्लिङमा भगवती खड्का (युनिका), अस्मिता सुनार (जुरेली) र भरतबहादुर बिसुराल (हिमालयन टाइगर) ले प्रतिस्पर्धा गरेका थिए । भगवती र जुरेलीको जोडीले मेडे टाइगर्ल, जाक्युएर योकोटा र हानाजोनो मोमोकालाई पराजित गरे । हिमालयनले अमेरिका र जापानका रेस्लरलाई पराजित गरेका छन् । एनआरएन...

नेपाली राष्ट्रिय भलिबल खेलाडीलाई पहिलो पटक मासिक तलब

नेपाली राष्ट्रिय भलिबल खेलाडीलाई पहिलो पटक मासिक तलब
काठमाडौँ - नेपाल भलिबल सङ्घले नेपाली राष्ट्रिय टोलीमा समावेश पुरुष तथा महिला भलिबल खेलाडीलाई पहिलो पटक मासिक तलब दिने घोषणा गरेको छ । वर्तमान राष्ट्रिय टोलीमा समावेश भएका समान १२ महिला तथा पुरुष खेलाडीलाई मासिक रु पाँच हजारका दरले तलब प्रदान गर्ने आज यहाँ सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो । सोही आवसरमा राष्ट्रिय टोलीमा समावेश भएका समान १२ महिला तथा पुरुष खेलाडीलाई आज नै त...

भारतविरुद्धको खेलमा नेपाललाई छैटौँ झट्का

भारतविरुद्धको खेलमा नेपाललाई छैटौँ झट्का
काठमाडौँ- पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपालले भारतविरुद्धको खेलमा छैटौँ विकेट गुमाएको छ । ३१ दशमलव ५ ओभरमा एक सय ४४ रन बनाउँदा नेपालले छैटौँ विकेट गुमाएको हो । श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा नेपालले छैटौँ विकेटका रुपमा गुल्सन झालाई गुमाएको हो । गुल्सनले ३५ बलमा तीन चौकाको मद्दतमा २३ रन जोड्दै भारतका मोहम्मद सिराजको बलमा आउट भएक...

एसिया कप : नेपालको एक सय रन पूरा

एसिया कप : नेपालको एक सय रन पूरा
काठमाडौँ -एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले एक सय रन पूरा गरेको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २१ दशकमलव ५ ओभरमा ओभरमा चार विकेट गुमाउदै एक सय रन कटाएको हो । नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको थियो भने दोस्रो विकेटको रुपमा भिम सार्कीलाई गुमायो । त्यस्तै नेपालले तेस्रो...

एसिया कप क्रिकेट : आसिफको अर्धशतक

एसिया कप क्रिकेट : आसिफको अर्धशतक
काठमाडौँ -एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा सुरुआती ब्याट्सम्यान आशिफ शेखले अर्धशतक बनाएका छन् । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा आशिफले ८८ बलमा सात चौकाको मद्दतमा ५० रन बनाएका हुन् । टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २७ दशमलव ४ ओभरमा चार विकेट गुमाउँदै ११८ रनको योगफल बनाउँदै खेलिरहेको छ ।

एसिया कप क्रिकेट : नेपाललाई विश्वका क्रिकेट प्रेमीमाझ चिनिने अवसर

एसिया कप क्रिकेट : नेपाललाई विश्वका क्रिकेट प्रेमीमाझ चिनिने अवसर
काठमाडौं  - कूल स्कोर २५ रन छँदा दुवै ओपनर आउट भएपछि बुधबार मुल्तान रङ्गशालामा पाकिस्तानी क्रिकेट टोलीका समर्थकबीच सन्नाटा छायो । यसअघि यही मैदानमा दशमध्ये सात खेलमा घरेलु टोलीको विजय देखिसकेका स्थानीय दर्शक पाकिस्तानको फितलो प्रदर्शन कदापि हेर्न चाहँदैनथे । अझ त्यसमा पनि क्रिकेटमा भर्खर उदाउँदै गरेको नेपालसित । तर नेपाली टोली पाकिस्तानी दर्शकले सोचेजस्तो कमजोर पनि थिएन । पाकिस्तानविरुद्धको...

भलिबलमा योगदान दिने सम्मानित

भलिबलमा योगदान दिने सम्मानित
गण्डकी, ७ भदौ - गण्डकी प्रदेश भलिबल सङ्घले भलिबल खेलमा  योगदान दिएका चारजनालाई सम्मान गरेको छ । भलिबल सङ्घका केन्द्रीय सल्लाहकार एवं भलिबलका पूर्व खेलाडी हरिप्रसाद पराजुली, टाइगर ग्रुप पोखराका अध्यक्ष नारायणप्रसाद शर्मा,  भलिबल गीतका रचनाकार आरजु विष्ट सल्यानी तथा गीतका गायक सङ्गीतकार विनोद बानियालाई बुधबार पोखरामा सम्मान गरिएको हो । आफ्नो जीवनकालमा भलिबलसँग जोडिएर योगदान दिएको भन्दै चारैजनालाई...