तारा एयरको विमान दुर्घटना, तीन घाइते

तारा एयरको विमान दुर्घटना, तीन घाइते
  हुम्ला - तारा एयरको ९एन–एबिएम कलसाइनको ट्वीनअटर विमान आज बिहान सिमीकोट विमानस्थलको धावन मार्गमा दुर्घटना भएको छ । सुर्खेतका लागि उडेको सो विमानमा चालक दलका तीन सदस्य र १३ यात्रुसहित १६ जना सवार रहेको बुझिएको छ । दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको हुम्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले राससलाई बताउनुभयो । उहाँका अनुसार दुर्घटनामा चालक दलका तीन सदस्य घाइते भएका छ...

दुई वर्षीया छोरीको हत्या आरोपमा आमा पक्राउ

दुई वर्षीया छोरीको हत्या आरोपमा आमा पक्राउ
 काठमाडौँ - दुई वर्षीया छोरीको हत्या गरेको अभियोगमा सुवर्णपुर गाउँपालिका–५ पर्शुरामपुरकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । ४ मंसिर साँझबाट बेपत्ता भएकी दुई वर्षीया छोरी बबिया खातुनको शव ७ मंसिरमा फेला परेको थियो । घरदेखि करिब २ सय मिटर पर रहेको पोखरीमा तैरिरहेको अवस्थामा शव फेला परेपछि प्रहरीले आमा नेजमा खातुनको खोजतलास सुरु गरेको थियो । उनी छोरीको शव प्रहरीले फेला पारेपछ...

पुल बनेपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटियो

पुल बनेपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटियो
बाबियाचौर, म्याग्दी - म्याग्दीको बेनी नगरपालिका–१ सारेमारे र पर्वतको जलजला गाउँपालिका–७ लस्तीको सिमाना भएर बग्ने कालीगण्डकी नदीमा झोलुङ्गे पुल निर्माण भएको छ । १८७.५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटिएको छ । रत्नेचौर र धाइरिङका बासिन्दालाई ढोडेनी भएर घुमाउरो बाटो हिँड्दा एक घण्टा लाग्ने गरेकामा पुल बनेपछि पाँच मिनेटमै सारेमारेदेखि लस्ती बजार पुग्न सकिने भएको ...

टुकीको भरमा रात बिताउँछन् कुमाल बस्तीमा

टुकीको भरमा रात बिताउँछन् कुमाल बस्तीमा
पाल्पा - पाल्पा बगनासकाली गाउँपालिका–१, घोरबन्दाका कुमाल बस्तीका बासिन्दा अझै टुकीको भरमा रात बिताउन बाध्य छन् । गरिबीको कारण कुमाल बस्तीका १० घरपरिवारमा अझैसम्म टुकीको भरमा रात बिताउनुपर्ने बाध्यता छ । छोराछोरीलाई टुकीको उज्यालोमा रातमा पढ्दा आँखा तथा श्वासप्रश्वास समस्या हुने गरेको छ । घोरबन्दाकी ज्ञानीसरा कुमालले पोल टाढा रहेकाले २०० मिटर तार ल्याउन, विद्युत्का सामान, विद्युत्को वाइरिङका ...

आत्मनन्द बहुमुखी क्याम्पसमा चारवर्षे बिएडको पढाइ शुरू

आत्मनन्द बहुमुखी क्याम्पसमा चारवर्षे बिएडको पढाइ शुरू
इलाम - जिल्लाको पश्चिमी माङ्सेबुङ गाउँपालिकामा पहिलोपटक स्नातक तहसम्मको पढाइ शुरू भएको छ । किराँत धर्मगुरू आत्मनन्द लिङ्देनको नाममा स्थापित ‘आत्मनन्द बहुमुखी क्याम्पस’ मा चारवर्षे शिक्षा संकायमा बिएडको पठनपाठन शुरू भएको हो । स्थानीय शैक्षिक अगुवाहरूको सक्रियतामा यसवर्ष उच्च शिक्षा अध्ययनका लागि माङ्सबेङमा क्याम्पस सञ्चालन गरिएको हो । आत्मनन्द बहुमुखी क्याम्पसका प्रमुख होमबहादुर लिङ्देनका अनु...

बलेरो जिपले ठक्कर दिदा मोटरसाइकलमा सवार एक दम्पतिको मृत्यू

बलेरो जिपले ठक्कर दिदा मोटरसाइकलमा सवार एक दम्पतिको मृत्यू
धरान - तिनकुने नजिकै आज बिहान ११ बजे एक बलेरो जिबले ठक्कर दिदा मोटरसाइकलमा सवार एक दम्पतिको मृत्यू भएको छ । मृत्यू हुनेमा मुन्धुमविद भरत तुङ्घङ् र उनकी श्रीमति टीकादेवी सुहाङ्क रहेको प्रहरीले जनाएको छ । धरानबाट इटहरीतर्फ मोटरसाइकलमा गइरहेको बेला पछाडिबाट आएका को १ ज २७१४ नम्बरको बलेरोले तीनकुने नजिकैको शनिमन्दिर अगाडि ओभरटेक गर्दा तुङ्घङ दम्पतीको मृत्यु भएको प्रहरीले जनाएको छ । धरानस्थित ...

इन्डोनेसियाको बालीमा उच्च सतर्कता

इन्डोनेसियाको बालीमा उच्च सतर्कता
जाकार्ता, एएफपी - इन्डोनेसियाको चर्चित पर्यटकीय टापू बालीमा ज्वालामुखी विस्फोट हुने सक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ । ज्वालामुखी विस्फोट हुन सक्ने क्षेत्रबाट करिब १ लाख व्यक्तिलाई त्यहाँबाट विस्थापित गरिएको अधिकारीले सोमबार जानकारी दिएका छन् । सो सतर्कताको क्रममा त्यहाँ रहेको एक मात्र विमानस्थल पनि बन्द गरिएको छ । यसअघि पनि करिब ४० हजार व्यक्ति माउन्ट आगुङ्गुनजिकै रहेको इलाका छोडी सके...

रुखमा छाप लगाएका ५० मतपत्रसहित अधिकृत पक्राउ

रुखमा छाप लगाएका ५० मतपत्रसहित अधिकृत पक्राउ
नुवाकोट -निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन भनी खटिएका कर्मचारी र मतदान अधिकृत नै छाप लगाएका मतपत्रसहित भेटिएका छन् । नुवाकोट जिल्लाको क्षेत्र नं. २ स्थित ताराकेश्वर गाउँपालिका वडा नं. २ मा रहेको श्रीकृष्ण उच्च मावि मतदान केन्द्रका अधिकृत अर्जुनबहादुर बस्नेत रुखमा छाप लगाएका ५० वटा मतपत्रसहित समातिएका हुन् । मतदान करिब करिब सकिन लाग्दा साँझ रुखमा छाप लगाएर तयार गरिएको मतपत्र मतपेटिकामा खसा...

करेन्ट लागेर शरीर जलेका युवालाई दुई लाख सहयोग

करेन्ट लागेर शरीर जलेका युवालाई दुई लाख सहयोग
पाल्पा -करेन्ट लागेर शरीर जलेका युवालाई युकेबाट रु दुई लाख सहयोग प्रदान गरिएको छ । आर्थिक रुपमा कमजोर तानसेन नगरपालिका–१४ अर्गलीको कुसेनीका अशोक रास्कोटीलाई युके बस्ने केशवबहादुर ज्ञवालीले रु दुई लाख सहयोग गर्नुभएको हो । आर्थिक सहयोग पाएपछि रास्कोेटीको उपचारका लागि ठूलो राहत मिलेको छ । करेन्ट लागेर शरीर जलेर तानसेनस्थित मिसन अस्पतालमा उपचाररत रास्कोटीको आर्थिक स्थिति कमजोर रहेपछि उपचारमा समस...

कर्तव्य ज्यान मुद्दामा १२ वर्षदेखि फरार अभियुक्त जेल चलान

कर्तव्य ज्यान मुद्दामा १२ वर्षदेखि फरार अभियुक्त जेल चलान
गौशाला - कर्तव्य ज्यान मुद्दामा १२ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई महोत्तरी जिल्ला अदालतले आइतबार साँझ जेल चलान गरेको छ । जेल चलान हुनेमा जिल्लाको भंगहा नगरपालिका– ९ बस्ने ६० वर्षीय रामेश्वर सदा मुसहर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो । विसं २०६२ असार १५ गते महोत्तरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा सदालाई २० वर्ष कैद सजाय तोकेकामा उनी फर...