भुम्लुमा उत्कृष्ट विद्यार्थीलाई रु एक लाख सहित सम्मान

भुम्लुमा उत्कृष्ट विद्यार्थीलाई रु एक लाख सहित सम्मान
काभ्रे, २१ साउन काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण छात्रछात्रालाई जनही रु एक लाखद्वारा सम्मान गरेको छ । गाउँपालिकाले आफ्नो क्षेत्रमा एसइई परीक्षा दिएकामध्ये उत्कृष्ट एक छात्र र एक छात्रालाई शनिबार एक कार्यक्रमकाबीच सम्मान गरेको हो । गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल र उपाध्यक्ष दावा लामाले अरुणोदय माध्यमिक विद्यालय सिम्थलीका छात्रा सोनिया खड्का र प्र...

शैक्षिक सामग्री निर्माण गर्न शिक्षकलाई तालिम

शैक्षिक सामग्री निर्माण गर्न शिक्षकलाई तालिम
ललितपुर (गोदावरी), २१ साउन बागमती गाउँपालिका वडा १ देखि ५ सम्मका विद्यालयका शिक्षकलाई शैक्षिक सामग्री निर्माण तथा प्रयोगसम्बन्धी आधारभूत तालिम प्रदान गर्न सुरु भएको  छ ।  जनभावना क्याम्पस चापागाउँमा बागमती गाउँपालिकाद्वारा आयोजित सो १० दिने तालिमको नेपाली कांग्रेस बागमती प्रदेशसभा सदस्य मीनकृष्ण महर्जनले शुभारम्भ गर्नुहुँदै शैक्षिक उन्ननयका लागि सामूहिक प्रयत्नको खाँचो औँल्याउनुभयो । बागमती गा...

बुकीमै पुगेर लम्पी स्किनको उपचार

बुकीमै पुगेर लम्पी स्किनको उपचार
ढोरपाटन, २० साउन - यतिबेला बागलुङको ढोरपाटनका पशुपालक किसान बुकी क्षेत्रमा छन् । बर्खायाम पशुचौपायाका लागि पोषिलो घाँस पर्याप्त पाइने हुँदा सयौँ किसान हजारौँ भेँडाबाख्रा र गाईभैँसी लिएर बुकी पुगेका हुन् । चार हजार पाँच सय मिटरको उचाइमा पर्ने बुकी क्षेत्र यति बेला हरियाली घाँस र पशुचौपायले ढाकिएको छ । हरेक वर्ष जेठ पहिलो सातादेखि नै निकै उत्साहका साथ बुकी जाने किसान यस वर्ष त्यत्ति उत्साहित छैनन् ।...

पशु विज्ञान अध्ययनमा छात्राको आकर्षण

पशु विज्ञान अध्ययनमा छात्राको आकर्षण
टीकापुर, २० साउन - प्राविधिक विषय अध्ययनमा छोरीहरुको आकर्षण बढ्दै गएको छ । टीकापुर बहुप्राविधिक शिक्षालय टीकापुरमा पशु विज्ञान विषय अध्ययनरत विद्यार्थीमा छोरीहरु बढी छन् । टीकापुर बहुप्राविधिक शिक्षालयमा पशु विज्ञानतर्फ एक सय तीनजना विद्यार्थी रहेकामा पुरुष ४८ र महिला ५५ जना रहेका छन् । पशु विज्ञान तथा भेटेरिनरी जेटिए अध्ययनमा छोरीहरुको आकर्षण बढ्दै जानुलाई सकारात्मक रुपमा लिन सकिन्छ । शिक्ष...

‘शिशुका लागि पहिलो ‘भ्याक्सिन’ आमाको दूध’

‘शिशुका लागि पहिलो ‘भ्याक्सिन’ आमाको दूध’
कर्णाली, २० साउन - सन् १९९२ देखि सुरु गरिएको विश्व स्तनपान सप्ताह मनाउन थालेको ३१ वर्ष पुगेको छ । अगस्त १–७ सम्म मनाइने सप्ताहका अवसरमा कर्णाली प्रदेशमा सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको छ । ‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरुको प्रतिबद्धता’ भन्ने नाराका साथ सुरु गरिएको सप्ताहको सन्दर्भमा आज स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले पत्रकारहरुसँग अन्तरक्रिया गरेको ...

बागमती प्रदेशको सामुदायिक विद्यालयमा कमाउँदै, सिक्दै कार्यक्रम लागू गरिने

बागमती प्रदेशको सामुदायिक विद्यालयमा कमाउँदै, सिक्दै कार्यक्रम लागू गरिने
हेटौँडा, २० साउन - बागमती प्रदेशका सामुदायिक विद्यालयमा सिक्दै कमाउँदै एवं कमाउँदै सिक्दै कार्यक्रम सुरु गरिने भएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालय हेटौँडाले चालु आर्थिक वर्षमा यो कार्यक्रम लागू गर्न लागेको हो । शिक्षा व्यावहारिक र जीविकोपार्जनसँग जोड्ने उद्देश्यले प्रदेशका विद्यालयमा निर्देशनालयले कूल रु एक करोड ८१ लाख ५० हजार खर्च गरेर विद्यालयमा आएका विद...

आँखा पाक्ने समस्या देखिएपछि दुई दिन विद्यालय बन्द

आँखा पाक्ने समस्या देखिएपछि दुई दिन विद्यालय बन्द
चितवन - विद्यालयमा आउने बालबालिकामा आँखा पाक्ने समस्या बढ्दै गएपछि खैरहनी नगरपालिकाका विद्यालयहरु दुई दिनका लागि बन्द गरिएको छ । पालिकाभित्र रहेका विद्यालय तथा क्याम्पस साउन २१ र २२ गते दुई दिनका लागि बन्द गरिएको हो । नगर शिक्षा अधिकारी राजु बानियाले विद्यालय आउने विद्यार्थीमध्ये ४० प्रतिशतमा आँखा पाक्ने समस्या देखिएपछि विद्यालय बन्द गरिएको जानकारी दिनुभयो । सामुदायिक विद्यालयमा परीक्षा सकिएर व...

त्रिविको शैक्षिक ‘क्यालेन्डर’ प्रभावकारी कार्यान्वयन गर्न समितिको आग्रह

त्रिविको शैक्षिक ‘क्यालेन्डर’ प्रभावकारी कार्यान्वयन गर्न समितिको आग्रह
काठमाडौं - प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मुलुकको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले प्रभावकारीरुपमा वार्षिक क्यालेन्डरको कार्यान्वयन गर्न आग्रह गरिएको छ । समितिको बैठकमा विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाको प्रस्तुतिपछि सांसदहरुले पूर्वाधार र संरचनाका हिसाबले पनि ठूलो विश्वविद्यालयलाई व्यवस्थितरुपमा सञ्चालन नगर्दा उच्चशिक्षा र र...

‘कक्षाकोठा पानीले जलमग्न, कहाँ गएर पढ्ने ?’

‘कक्षाकोठा पानीले जलमग्न, कहाँ गएर पढ्ने ?’
बेदकोट - कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ वनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । बस्ने कोठा नहुँदा अध्ययनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् । केही साताअघि आएको हावाहुरीले विद्यालयको दुई कोठे भवनको जस्तापाता उढाएपछि विद्यार्थीलाई बस्नका लागि समस्या भएको प्रधानाध्यापक उत्तम विष्टले बताउनुभयो । “जस्तापाता पूरै उढाएको छ, स्थानीय तहलाई जस्तापाताका ला...

‘एक स्थानीय तह, एक माइनिङ इन्जिनियर’ उत्पादन लक्ष्य

‘एक स्थानीय तह, एक माइनिङ इन्जिनियर’ उत्पादन लक्ष्य
काभ्रे, १८ साउन - काठमाडौँ विश्वविद्यालय (केयू)ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इन्जिनियरिङ जनशक्ति उत्पादन गर्ने भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित केयूले यसका लागि ‘एक स्थानीय तह, एक माइनिङ इन्जिनियर’को अवधारणासमेत अघिसारेको छ । केयूद्वारा बुधबार आयोजित ‘नेपालमा खानी इन्जिनियरको महत्व, उपयोगिता तथा शैक्षिक अनुसन्धान’ विषयक अन्तक्र्रियामा उपकुलपति प्रा डा भोला थापाले नेपालको सुन्...