Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बलात्कारपछि हत्या गरी फरार अभियुक्त राउत ६ बर्ष पछि पक्राउ

बलात्कारपछि हत्या गरी फरार अभियुक्त राउत ६ बर्ष पछि पक्राउ
बालिका बलात्कारपछि हत्या गरी फरार भएका रामेछाप– खुर्दुकीका श्याम राउतलाई प्रहरीले ६  वर्षपछि  भारतको अन्डमान निकोबार टापुबाट पक्राउ गरेको छ । रामेछापको तत्कालीन सैपु गाविसकी १४ वर्षीया सुन्तली तामाङलाई बलात्कारपछि हत्या गरेको आरोपमा मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडा र अपराध महाशाखाको संयुक्त टोलीले राउतलाई पक्राउ गरेको हो । २०६८ साल माघ ५ गते हराएकी तामाङको १५ दिनपछि लिखु नदीमा शव भेटिएको ...

विर्तामोडमा भेटिएका बम नेपाली सेनाद्वारा निस्क्रिय

विर्तामोडमा भेटिएका बम नेपाली सेनाद्वारा निस्क्रिय
विर्तामोड । साेमबार विर्तामोडमा भेटिएका दुईवटा बम नेपाली सेनाले निस्क्रिय पारेको छ । उक्त बम निस्क्रिय बनाउँदा पाँच पटक ठूल्ठूला आवाज आएको थियो । सोमबार विहानैदेखि विर्तामोडमा बम आतंक फैलिएको थियो । विहान हिँडडुल गर्ने मानिसहरुले कालो प्लास्टिकमा बेरिएको बाहिर तार निस्केको बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तत्काल बम भएका दुईवटै स्थानलाई खाली गराएको थियो । विहान करीब पाँच बजेदे...

नेपालगञ्जमा मनाइँदै सामुहिक ईद

नेपालगञ्जमा मनाइँदै सामुहिक ईद
नेपालगन्ज । बिहानैबाट खुलेको नीलो आकाश । भरखरै उदाएको कलिलो घाम । सिरसिर चलेको चिसो बिहानी बतास । नेपागञ्जको वीपीचोक नजिक मुस्लिमहरु सामूहिक प्रार्थनाका लागि भेला भए । ठाँउ ठाँउमा राजनीतिक दलहरुले प्रार्थनार्थीहरूलाई सर्वत खुवाउन भन्दै टेन्ट टाँगेर राखेको सडकमा खचाखच मुस्लिम भक्तजनहरु कोही सडकमा, कोही मस्जिद भित्र त कोही घरका छत छतमा बसेर नवाज पढ्दै थिए । पवित्र महिना रमदानको एक महिनाको लामो...

मोरङमा एक बृद्धको बिभत्स हत्या

मोरङमा एक बृद्धको बिभत्स हत्या
बिराटनगर । मोरङको दर्वेसामा धारिलो हतियार प्रयोग गरी एक बृद्धको हत्या गरिएको छ । दर्वेसा वजारवाट राति घर र्फकने क्रममा सोनाधारस्थित माईथानको मन्दिर नजिक घाँटी रेटी हत्या गरिएको अवस्थामा आज विहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए । प्रहरीका अनुसार उनी धामी झाक्री गर्दै आएका थिए । राजवंशीको हत्याको विषयमा थप अनुसन्धान भइरहेको प्रह...

दर्जनबढी सिंचाई आयोजनाको काम सुरु हुन सकेन

दर्जनबढी सिंचाई आयोजनाको काम सुरु हुन सकेन
पर्वत- सार्वजनिक खरिद ऐनबिपरित सिंचाई विभागले छुट्टै बनाएको कार्यविधिले पर्वतका दर्जनबढी सिंचाई आयोजनाको काम सुरु हुन सकेको छैन। आर्थिक वर्ष सकिन लाग्दासमेत विभाग र पश्चिमाञ्चल सिंचाई सब डिभिजन कार्यालयले प्रक्रिया रोकेपछि मझौला र नयाँ प्रविधिमा आधारित दर्जनबढी आयोजनाको काम सुरु हुन नपाएको हो। राष्ट्रिय योजनाबाट कार्यक्रम स्वीकृत भएर आएपछि पनि विभाग र क्षेत्रको प्रक्रिया पुर्‍याउँदा महिनौ बित्दा ...

‘उपत्यकावासीको ध्यान घरको घेराभित्र मात्र छ’-राजेश हमाल

‘उपत्यकावासीको ध्यान घरको घेराभित्र मात्र छ’-राजेश हमाल
राजेश हमाल, अभिनेता  तपाईलाई मनपर्ने सहर कुन हो ?  मलाई जापानको क्योटो सहर असाध्यै मनपर्छ । त्यहाँ आधुनिक, पौराणिक र ऐतिहासिक विशेषता भेटिन्छ । सानो सहरमा पनि सबै विशेषता भएकाले क्योटो विशेष लाग्यो । नेपालका मनपर्ने सहर काठमाडौं र पोखरा हुन् । पोखरा अहिलेसम्म राम्रो र व्यवस्थित छ । काठमाडौं भने उकुसमुकुस भइसकेको छ । सरकारले बेलैमा संयमता अपनाएर विकास निर्माण अघि बढाउन जरुरी छ । व्यवस्थित गर्ने ह...

एसिड प्रहारबाट एकको मृत्यु

एसिड प्रहारबाट एकको मृत्यु
महोत्तरी : मध्यरातमा सुतेको अवस्थामा अज्ञात व्यक्तिले एसिड प्रहार गर्दा महोत्तरीमा एकजना वृद्धाको मृत्यु भएको छ । गौशाला नगरपालिका–१ का गोनर महतोको ६५ वर्षीया श्रीमती शीतलदेवी महतोको एसिड प्रहारबाट मृत्यु भएको हो । आफ्नै घरमा खुल्ला ठाउँमा सुतिरहेको अवस्थामा गएराति अज्ञात व्यक्तिले एसिड प्रहार गर्दा वृद्धा महतोको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । वृद्धा महतो मृत अ...

पौडी खेल्दा दुई बालकको डुबेर मृत्यु

पौडी खेल्दा दुई बालकको डुबेर मृत्यु
पाल्पामा तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ । तानसेन नगरपालिका ९ अम्ल्याहानमा डुबेर अमृत र अनुप कुमालको मृत्यु भएको हो । विद्यालय बन्द भएको र बाबुआमा रोपाइँमा गएको मौका पारेर उनीहरु तिनाउ खोलामा पौडी खेल्न गएका बेला हिजो बेलुका डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । अमृत दमकडा मावि कक्षा ५ र अनुप रिभरभ्याली माविमा अध्ययनरत विद्यार्थी हुन् । असार १४ गते हुने स्थानीय तह ...

३ सय प्रतिशत बढ्ने भयो वायु सेवा निगमका पाइलटको तलबभत्ता

३ सय प्रतिशत बढ्ने भयो वायु सेवा निगमका पाइलटको तलबभत्ता
कााठमाडौं : नेपाल वायुसेवा निगमका पाइलटको तलबभत्ता ३ सय प्रतिशतसम्म वृद्धि हुने भएको छ । निजी क्षेत्रका एयरलाइन्सहरूले आकर्षक तलब भत्ता दिन थालेसँगै निगममाथि पाइलटको सुविधा बढाउन दबाब थियो । निजी क्षेत्रका एयरलाइन्ससँग प्रतिस्पर्धा गर्न नसकेपछि निगमबाट पाइलटहरू बाहिरिने क्रम बढेको थियो । निगमले लामो समयदेखि पाइलटको तलब बढाउने प्रक्रिया अगाडि बढा पनि अर्थ मन्त्रालयले स्वीकृति नदिँदा कार्यान्वयनम...

नेपालले अर्को फड्को मार्‍यो, एसियाकै उत्कृष्ट

नेपालले अर्को फड्को मार्‍यो, एसियाकै उत्कृष्ट
काठमाडौं : नेपालको वित्तीय सुशासन एसियाकै उत्कृष्ट रहेको नेपाल राष्ट्र बैंकले दाबी गरेको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले वित्तीय क्षेत्र सवल र प्रभावकारी हुनुमा केन्द्रीय बैंकको महत्वपूर्ण भूमिका रहेको बताए । कारोबार दैनिकले समाचार छापेको छ । वित्तीय क्षेत्र सवल हुँदा निजी क्षेत्रले पनि उत्साहजनक प्रगति गर्ने थापाको भनाई छ ।