Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अख्तियार जान प्रहरीमा होडबाजी

अख्तियार जान प्रहरीमा होडबाजी
काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा हुन प्रहरीमा होडबाजी चल्ने गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा हुन प्रहरीमा होडबाजी चल्ने गरेको छ। महाभियोग लाग्दालाग्दै अदालतको फैसलाबाट बर्खास्त भएका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले अख्यिारमा प्रहरी दरबन्दी ६ गुणाले वृद्धि गराएका थिए। दरबन्दी बढेसँगै अख्तियारमा पोस्टिङ खोज्दै राजनीतिक ‘सोर्स’ र अख्तियारकै ‘कृपा’ खोज्न...

खेल्दाखेल्दै बलले लागेर क्रिकेटरको मृत्यु

खेल्दाखेल्दै बलले लागेर क्रिकेटरको मृत्यु
काठमाडौँ - पाकिस्तानका एक क्रिकेटरको बलले लागेर ज्यान गएको छ । पाकिस्तानको मार्दनमा क्लब क्रिकेट म्याचको क्रममा हेलमेट नलाइ ब्याटिङ गरिरहेका क्रिकेटर जुबेर अहमदलाई बलले टाउकोमा लागेको हो ।  खैबर पख्तुन्ख्वा प्रान्तको मार्दनमा सोमाबार भएको खेलको क्रममा अहमदलाई बलले टाउकोमा लागेको पाकिस्तानी पत्रिका टाइम्स अफ इस्लामाबादले जनाएको छ । बोर्डले परिवार तथा खेलाडी तथा समर्थकप्रति समवेदना प्रकट गरेको छ ...

विप्लव नेतृत्वको नेकपा छोडेर नयाँ पार्टी

विप्लव नेतृत्वको नेकपा छोडेर नयाँ पार्टी
लमजुङ -जिल्लामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी छोडेका केही नेताहरू मिलेर नयाँ पार्टी गठन गरेका छन् । उनीहरूले बुधबार सदरमुकाम बेसीशहरमा पत्रकार सम्मेलन गरी फ्रिडम कम्युनिष्ट लिग नेपाल नामक पार्टी गठन भएको घोषणा गरेका हुन् । नयाँ पार्टी गठनसँगै तत्कालीन नेकपाका जिल्ला नेताहरूसहित भोजराज त्रिपाठी महासचिव रहेको १९ जनाको केन्द्रीय कमिटीसमेत बनेको छ। केन्द्रीय कमिटीमा लमजुङलगायत १२ जिल्लाक...

राजनीतिक खिचातानीले सरकारले दिएको राहत पनि वितरण हुन सकेन

राजनीतिक खिचातानीले सरकारले दिएको राहत पनि वितरण हुन सकेन
 काठमाडौं - बाढी प्रभावित कतिपय गाउँमा स्थानीय राजनीतिक नेताको खिचातानीका कारण सरकारले दिएको राहत वितरण हुन सकेको छैन । महिनाथपुर, हरकठवा लगायतका गाउँमा खाद्यन्न, पाल लगयातका राहत सामग्री मंगलबार दिउँसो आए पनि बुधबारसम्म पनि वितरण हुन सकेको छैन । हेलिकप्टरबाट राहत सामग्री झार्ने सवालमै स्थानीय राजनीतिक नेताहरुले आफु अनुकुल दबाब दिने गरेको एक प्रहरी अधिकृतले बताए । आजको नागरिकमा खबर छ ।

प्रहरीमा भद्रगोल : एसएसपी प्रमुख हुने कार्यालयमा डिआईजी

प्रहरीमा भद्रगोल : एसएसपी प्रमुख हुने कार्यालयमा डिआईजी
काठमाडौं - छविलाल जोशी र ठुले राइ नेपाल प्रहरीका डिआईजी हुन् । तर यी दुवै महानगरीय प्रहरी परिसर प्रमुखमा थन्किएका छन् । काठमाडौं र ललितपुर परिसर प्रमुख एसएसपी हुने प्रावधान भए पनि गृह मन्त्रालयले पदस्थापन नगर्दा दुवै प्रहरी अधिकारी डिआईजीको फुली लगाएर एसएसपीको भुमिकामा छन् । आजको नागरिकमा  खबर छ ।

राणाले कब्जा गर्न खोज्दा थापा तनावमा

राणाले कब्जा गर्न खोज्दा थापा तनावमा
काठमाडौं - पशुपति शम्शेर राणा समूहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कब्जाको नीति बनाएपछि आजकाल कमल थापा ठूलो तनावमा छन् । पहिलो दिन नै राणा समूहले चालीस प्रतिशत केन्द्रीय सदस्य र सांसदहरूको हस्ताक्षर बुझाएका थिए । राणा समूहको अभियानबाट चकित परेका थापाले राप्रपालाई बचाउन भन्दै अहिले केन्द्रीय सदस्य र सांसदहरूलाई अपहरण शैलीमा आफ्नो गृहनगर हेटौंडा पु¥याएका छन् । थापाको यो अभियानमा गणेश ...

अब जेल नबसी सर्वोच्च जान पाइने

अब जेल नबसी सर्वोच्च जान पाइने
काठमाडौं - उच्च अदालतबाट तीन वर्षभन्दा कम जेल सजाय तोकिएका कसुरदारले धरौटी राखेर सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाउने भएका छन् । सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले तीन वर्षभन्दा कम कैद सजाय पाएका कसुरदारले थुनामै बसेर मुद्दा दोहोर्याउन मागसहित निवेदन दिने व्यवस्थालाई खारेज गरिदिएपछि धरौटी राखेर कसुरदारलाई सर्वोच्च अदालतमा निवेदन दर्ता गर्न पाउने भएका हुन् । यसअघि जिल्ला र उच्च अदालतक...

“मर्न नसकेको पागल धुर्मुस-सुन्तली” -ओ पागल धुर्मुस ,ओ पागलनी सुन्तली

“मर्न नसकेको पागल धुर्मुस-सुन्तली” -ओ पागल धुर्मुस ,ओ पागलनी सुन्तली
"मर्न नसकेको पागल धुर्मुस-सुन्तली" (कविता) ====================== ओ पागल धुर्मुस ओ पागलनी सुन्तली तिमीहरु त पागल भयौ-भयौ बेकारमा हामीलाई बेकरमा यो दुनियालाई किन पागल बनाउदैछौ? धुर्मुस-सुन्तली साँच्चै तिमीहरु पागल हौ पागल महाँ पागल हौ। मान्छे हँसाएर कमाएको अभिनय गरेर कमाएको त्यत्रो पैसाले पनि के तिमीहरुलाई खान-लाउन पुग्दैन? नत्र किन तिमीहरु घरबार विहिनलाई घर दिन्छौ उजाड माटोम...

भोट माग्दै गायिका पूजा

भोट माग्दै गायिका पूजा
काठमाडौ ३१ साउन। निकै लामो साधना र संघर्ष पश्चात सांगीतिक दुनियाँमा उदाएको एउटा नाम हो पूजा सुनुवार। गतवर्ष 'नजर' एल्बमका साथ उदाएकी गायिका सुनुवार सबै संगीत पारखिहरुलाई थाहा छ त्यसपश्चात राम्रो लयमा अघि बढिरहेकिछिन्। समकालीन संगीतकर्मीहरु बाट साधनाले खारिएकी गायिकाको प्रसंशा पाउदै आएकी पूजा ब्यक्तिगत जिवनको परिक्षामा पनि खरो उत्रिदै आएकी ब्यक्ती हुन्। सात वर्षकै बाल्यकालमा आफ्नो बुबा गुमाएकी प...

‘यौटा गोविन्द केसी मर्नु लाखौ गरीब जनताको हत्या हो’ – शर्मा

‘यौटा गोविन्द केसी मर्नु लाखौ गरीब जनताको हत्या हो’ – शर्मा
कृष्णप्रसाद शर्मा     आधा देश बाढीको डुबानमा छ । सयौँको संख्यामा मानिस मरेका छन् कति बेपत्ता छन् । लाखौ मानिस बेघर बसेका छन् । भोक भोकै धमिलो पानी पिएर राहत र उद्धारको लागि पर्खिरहेका छन् । कति बेला एक मुठी चिउरा र दालमोठ आउला भनेर मुख बाएर बसिरहेका छन् । यस्तो बेलामा बिरामीको उपचार गर्ने अस्पतालहरु सेवा बन्द गरेर आन्दोलनमा उठेका छन् । प्रकोपको बेला आफै औषधी बोकेर देशका कुनाकाप्चामा पुग्ने डाक्ट...