मेलम्ची पानी नियमित आपूर्तिका लागि रास्वपाले दबाब कार्यक्रम गर्ने

मेलम्ची पानी नियमित आपूर्तिका लागि रास्वपाले दबाब कार्यक्रम गर्ने
काठमाडौं  - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मेलम्ची खानेपानी आयोजनाबाट राजधानीमा नियमित पानी आपूर्तिको माग गर्दै दबाबमूलक कार्यक्रम गर्ने भएको छ । रास्वपा संसदीय दलको आजको बैठकले यही माघ २१ गते मेलम्ची बजारदेखि दबाबमूलक कार्यक्रम सुरु गर्ने निर्णय गरेको हो । सो पार्टीका सचेतक निशा डाँगीले दबाबमुलक कार्यक्रम अनुसार मेलम्ची बजारबाट आयोजनास्थल पुगी घैलामा पानी बोकेर ल्याउने निर्णय भएको बता...

तालिमले बनायो पदमबहादुरलाई उद्यमी

तालिमले बनायो पदमबहादुरलाई उद्यमी
पाँचथर - पाँचथरको फालेलुङ गाउँपालिका–५ का छ वर्ष वैदेशिक रोजगारीमा गएर फर्केका परिश्रमी युवा हुन्, पदमबहादुर खपाङ्गी। सधैं विदेशी भूमिमा पसिना बगाएरमात्रै भविष्य सुनिश्चित हुने नदेखेपछि उनी आफ्नै गाउँघरमा केही व्यवसाय गर्ने सोच लिएर घर फर्किएका थिए। त्यतिबेला फालेलुङ भएर नेपाल र सिक्किमसँगको सिमानामा पर्ने तीन सिमाना भञ्ज्याङ जाने पर्यटकीय मार्ग पनि कालोपत्र हुँदै गरेको थियो। तीन सिमानामा हरेक ...

सामाजिक सुरक्षाभत्ता घरघरमै वितरण गर्दै साकेला

सामाजिक सुरक्षाभत्ता घरघरमै वितरण गर्दै साकेला
खोटाङ - साकेला गाउँपालिकाले दसैँको मुखमा सबै वडामा पुगेर बैङ्किङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता रकम वितरण गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकअन्तर्गत लक्षित वर्गले पाउने सो भत्ता प्रत्येक वडामै पुगेर वितरण गरिएकोे हो । नजिकिँदै गरेको चाडपर्वलाई लक्ष्य गरेर गाउँपालिकाले नेपाल एसबिआई बैङ्कसँगको सहकार्यमा छ स्थानमा भुक्तानी शिविर सञ्चालन गरेर भत्ता वितरण गरेको गाउँपालिकाक...

गाउँमा कोदो खेती घट्दै, सहरमा महत्व बढ्दै

गाउँमा कोदो खेती घट्दै, सहरमा महत्व बढ्दै
रामपुर (पाल्पा) - असोज स् ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले खाली हुँदै गएका छन् । गाउँका बारी कोदो खेतीले भरिन्थे । गाउँमा सबैका जसो घर–घरमा कोदो लगाइन्थ्यो । पछिल्ला वर्षमा भने कोदो खेती कम हँुदै गएको बताउनुहुन्छ, पाल्पा रामपुर नगरपालिका–१ स्थित कुमैडाँडाकी ६५ वर्षीया शान्ति विश्वकर्मा । “जवानी उमेरमा दिनभर बारीमा साथीहरुसँग कोदो रोप्दा रमाइलो हुन्थ्यो, घरमा मुरीका–मुरी उब्जन्थ्यो, अ...

पर्यटक कुरिरहेको बेगनास

पर्यटक कुरिरहेको बेगनास
गण्डकी - शनिबार अपराह्नपख डुङ्गा व्यवसायी शिवप्रसाद पाण्डे बेगनास ताल किनारमा टहलिरहेको भेटिनुभयो । चाडपर्वको याम त्यहीँमाथि बिदाको दिन । ताल छेउछाउ फाट्टफुट्ट मात्र पर्यटक देखेर उहाँ निराश देखिनुहुन्थ्यो । “यो पाली अचम्मै भएको छ, पर्यटक किन आएनन् खै !”, पाण्डेले भन्नुभयो, “मुख्य पर्यटकीय याममा पनि बेगनासको यो अवस्था छ ।” शनिबार २ बजेसम्म जेनतेन पचास आन्तरिक पर्यटकले मात्र डुङ्गामा ताल सयर गरेक...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज परिसूचक १२ दशमलव ५८ अङ्कले घटेर एक हजार नौ सय आठ दशमलव ६६ को बिन्दुमा कायम भएको हो । आज दुई सय ८७ कम्पनीको ४३ लाख २७ हजार एक सय ७९ कित्ता शेयर ४८ हजार चार सय ४४ पटक खरिदबिक्री हुँदा रू एक अर्ब १७ करोड एक लाख ७२ हजार सात सय २२ बराबरको कारोबार भएको छ । आजको कारोबारपछि कुल बजार पुँजीकरण रू २९ खर्ब ११ अर्ब २५ करो...

अञ्जू पन्तको स्वरमा आकाश झरे जस्तै..

अञ्जू पन्तको स्वरमा आकाश झरे जस्तै..
काठमाडौं - अञ्जू पन्तको स्वरमा रहेको आकाश झरे जस्तै बोलको गीत सार्वजनिक भएको छ । भिडियो रोमियो फिल्मस् अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । अनिता लिम्बूको शब्द रहेको छ भने संगीत तथा एरेञ्ज रुद्र जीएमले गरेका हुन् । बिबी लिम्बूले निर्देशन र सम्पादन गरेको भिडियोमा सीता कुमारी तुम्बापोको अभिनय रहेको भने छायांकन अंगराज बोहराको रहेको छ । भिडियो.... https://www.youtube.com/watch?v...

कुहिएको चामल बिक्री

कुहिएको चामल बिक्री
सिमकोट (हुम्ला)  - खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाले हुम्लाको नाम्खा गाउँपालिका–५ मुचुगाउँका स्थानीयलाई कुहिएको चामल बिक्री गरेको पाइएको छ । केही दिनअघि लिमिटेडले सप्लायर्समार्फत काठमाडौँबाट केरुङनाका हुँदै तिब्बती मार्गबाट हिल्सामा सो खाद्यान्न ढुवानी गरेको थियो । नाम्खा–५ का पेमा आङ्मु तामाङका अनुसार आफूले खरिद गरेर लिमिटेडले ढुवानी गरेको अनुदान चामल कुहिएको भेटिएको बताउ...

जनकपुरधाममा अधिकांश मासु पसल मापदण्डविपरीत

जनकपुरधाममा अधिकांश मासु पसल मापदण्डविपरीत
जनकपुरधाम - यहाँका अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाको अगुवाइमा आजदेखि सुरु भएको अनुगमनका क्रममा जनकपुरधामस्थित रेल्वे स्टेशन क्षेत्रमा रहेका मासु पसलको अवस्थाबारे जानकारी लिइएको थियो । केन्द्रका प्रमुख डा सञ्जीवकुमार ठाकुरले अनुगमनका क्रममा अधिकांश पसलहरु दर्ता बिना सञ्चालनमा रहेको पाइएको बताउनुभयो । उहाँले मासु जाँचसम्बन्ध...

एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र जारी

एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र जारी
काठमाडौँ - नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी छ । बन्दसत्रको सञ्चालनका लागि सो कमिटीका इञ्चार्ज गुरु बरालको नेतृत्वमा शेरबहादुर तामाङ, देवी ज्ञवाली, आनन्दप्रसाद पोखरेल, गोकुलप्रसाद बाँस्कोटा, कमल चौलागाईँ, रामेश्वर फुयाँल, कृष्णबहादुर राई, सुशीला नेपाल, पार्वत गुरुङ, रन्ता गुरुङ सदस्य रहेको अध्यक्ष मण्डल गठन गरिएको छ । बन्द...