राष्ट्रिय महिला लिग : चन्द्रपुरलाई हराउँदै वालिङ तेस्रो स्थानमा

राष्ट्रिय महिला लिग : चन्द्रपुरलाई हराउँदै वालिङ तेस्रो स्थानमा
काठमडौं - राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज भएको खेलमा स्याङ्जाको वालिङ नगरपालिकाले चन्द्रपुर नगरपालिकालाई पराजित गर्दै लिगको तेस्रो स्थानमा उक्लेको छ । सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङले चन्द्रपुर नगरपालिकालाई ३–० गोलअन्तरले पराजित गरेको हो । लिगको अन्तिम खेलमा वालिङका लागि हिमा रावत, अमिशा कार्की र विदेशी खेलाडी मेथो रुथले एक एक गोल गर्नुभयो । खेलको १७ औं मि...

प्रजातन्त्र दिवस विशेष : एक कमाण्डरको सम्झना

प्रजातन्त्र दिवस विशेष : एक कमाण्डरको सम्झना
बागलुङ - काठमाडौँमा जन्मे पनि शहीद थीरबम मल्लको बाल्यकाल बागलुङको गलकोटमा बित्यो । गलकोटका अन्तिम राजा भरतबमका माइला छोरा उहाँ सानैदेखि निर्भिक, न्यायप्रेमी र सत्यको पक्षपाती हुनुहुन्थ्यो । त्रिचन्द्र कलेजमा आइएस्सी सकेर थीरबम सैन्य तालिमका लागि भारतको देहरादुन पुग्नुभयो । त्यसताका सरकारले सेनामा आउन चाहने युवालाई छनोट गरेर पढ्न भारत पठाउँथ्यो । थीरबम भने व्यक्तिगत पहल र खर्चमा देहरादुन जानुभय...

थप ९६ जनामा कोरोना पुष्टि

थप ९६ जनामा कोरोना पुष्टि
काठमाडौं - थप ९६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार १६६ पुगेको छ । थप तीन हजार ५४१ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २१ लाख ३१ हजार ३३० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ६९ हजार ५०५ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्...

सन्दीप आइपीएलको छनोटमा असफल

सन्दीप आइपीएलको छनोटमा असफल
काठमाडौं - सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने छनोटमा पर्न असफल हुनुभएको छ । भारतको चेन्नईमा आइपीएलको आज भएको अक्सनमा लामिछाने ‘अनसोल्ड’ हुनुभएको हो । आइपीएलमा लामिछानेले आफ्नो न्यूनतम अनुबन्धित मूल्य ४० लाख भारतीय रुपैयाँ राख्नुभएको थियो । उहाँलाई अनुबन्ध गर्न आइपीएलको कुनै पनि टोलीले रुचि देखाएनन् । लामिछानेले पहिलो पटक सन् २०१८ मा दिल्लीबा...

रासस हीरक वर्ष प्रवेश गर्दैः श्रव्यदृश्य सेवा चाँडै शुरु हुने

रासस हीरक वर्ष प्रवेश गर्दैः श्रव्यदृश्य सेवा चाँडै शुरु हुने
काठमाडौं - मुलुकको एक मात्र आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) आज आफ्नो स्थापनाको ६०औँ वर्षमा प्रवेश गरेको छ । राससले आफ्नो स्थापनाको ६०औँ वार्षिकोत्सवलाई हीरक वर्षका रुपमा मनाउने भएको छ । निजी क्षेत्रका दुई समाचार समिति एकापसमा गाभिएर २०१८ फागुन ७ गते रासस स्थापना भएको हो । ‘विकासका लागि सञ्चार’ भन्ने मूल मर्मलाई आत्मसात् गरेको राससले स्थापनाकालदेखि आधिकारिक, विश्वसनीय र सत्...

पाँच स्थानीय तहमा निःशुल्क स्वास्थ्य शिविर

पाँच स्थानीय तहमा निःशुल्क स्वास्थ्य शिविर
खोटाङ - जनसेवा समाज नेपाल र डिटुएन फाउण्डेशन अमेरिकाको साझेदारीमा खोटाङका पाँच स्थानीय तहमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । अमेरिकी सहयोगमा जनसेवा समाज नेपाल जालपाद्वारा सञ्चालित कोरोना सहायता परियोजनाअन्तर्गत दूरदराजमा रहेका सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले बुधबारदेखि स्वास्थ्य शिविर शुरु गरिएको हो । जनसेवा सामुदायिक अस्पताल जालपासँगको सहआयोजनामा जिल्लाको उत्तर...

क्रियाशील सदस्यता आगामी असार ७ गतेभित्र टुङ्गो लगाइने

क्रियाशील सदस्यता आगामी असार ७ गतेभित्र टुङ्गो लगाइने
काठमाडौं - नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन तयारीका लागि क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची आगामी असार ७ गते केन्द्रीय निर्वाचन समितिलाई बुझाउने तयारी गरेको छ । कांग्रेसले महाधिवशेनको नयाँ मिति आगामी भदौ ७ देखि १० गतेसम्म प्रस्ताव गरेसँगै क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधानका लागि पनि नयाँ कार्यतालिका प्रस्ताव गरेको छ । कांग्रेसले यसअघि महाधिवेशन यही फागुन ७ देखि १० गतेसम्म ...

द्वन्द्वपीडितका समस्या समाधान गर्न विशेष कार्यदल

द्वन्द्वपीडितका समस्या समाधान गर्न विशेष कार्यदल
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विगतको सशस्त्र द्वन्द्वपीडितको समस्या सम्बोधनका लागि एक विशेष कार्यदल बनाउने बताउनुभएको छ । आफ्ना पीडा अवगत गराउन आज प्रधानमन्त्री निवास बालुवाटार पुगेका द्वन्द्वमा मारिएका सुरक्षाकर्मीका परिवार तथा घाइते सुरक्षाकर्मीसँगको छलफलमा उहाँले कार्यदल बनाई द्वन्द्वपीडितको समस्या समाधान गरिने बताउनुभयो । उहाँले अब क्षमा र पीडितलाई आवश्यकताअनुरुपको सहयोगमार्फत ...

चिकित्सकको परामर्श शुल्क नबढाऊ : मन्त्रालय

चिकित्सकको परामर्श शुल्क नबढाऊ : मन्त्रालय
काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सकको परामर्श शुल्क नबढाउन निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेशवर गौतमले नेपाल चिकित्सक सङ्घ र एशोसियसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (एफिन)लाइ परामर्श र गृहकार्य गरेर मात्र चिकित्सकको परामर्श शुल्क तोक्न निर्देशन दिनुभएको हो । उहाँले कोरोना भाइरस–१९ को सङ्क्रमण र यसले निम्त्याएको आर्थिक शिथिलता समेतलाई मध्यनजर गर्दा चिकि...

यस्तो छ बोर्डको पर्यटन प्रवद्र्धनको नयाँ रणनीति

यस्तो छ बोर्डको पर्यटन प्रवद्र्धनको नयाँ रणनीति
काठमाडौं - कोभिड–१९ महामारीबाट नराम्ररी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपाल पर्यटन बोर्डले सरोकारवालासँगको छलफल तथा साझेदारीमा रणनीतिक कार्यक्रमका साथ अघि बढ्ने जनाएको छ । कोभिडबाट प्रभावित बनेको पर्यटन क्षेत्रका अवस्था र आगामी रणनीतिबारे आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै बोर्डले पर्यटन प्रवद्र्धनका तत्कालीन र दीर्घकालीन कार्यक्रमबारे जानकारी गराएको हो । पर्यटन ...