Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

गर्मीको एलर्जीबाट जोगिन के गर्ने ?

गर्मीको एलर्जीबाट जोगिन के गर्ने ?
काठमाडौं - गर्मीमा धेरैजसोलाई छालामा एलर्जी हुन्छ । गर्मीमाएलर्जी तथा छालासम्बन्धी कीटाणु निकै सक्रिय हुन्छन् । छालालाई सुख्खामौसमको कुप्रभावबाट जोगाउनविभिन्नक्रिम, साबुनतथा जेल प्रयोग गरिन्छ । गलतऔषधिको प्रयोगका साथै विभिन्नक्रिम, साबुन, जनावरमाहुने कीटाणु, रंग आदिका कारण पनिएलर्जी हुनसक्छ । यसले गर्दा रुघा लाग्ने, हाछ्युँ आउने, शरीरमा डाबर आउने तथाखोकीलाग्ने हुनसक्छ । यस्ता समस्याबाट जोगिन धूलो...

प्यूठान नगरपालिकामा माओवादी विजयी

प्यूठान नगरपालिकामा माओवादी  विजयी
 प्यूठान - प्यूठान नगरपालिकाको मेयरमा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका अर्जुनकुमार कक्षपति ५ हजार ३ सय १४ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तुलसीराम शर्माले ४ हजार ३ सय २३ मत ल्याएका छन् । उपमेरमा नेकपा एमालेबाट उम्मेदवार भएकी शान्ता आचार्य ५ हजार ९७ मत प्राप्त गरि बिजय हासिल गरिन । आचार्यले नेपाली कांग्रेसका उम्मेदवार भगवती विष्टलाई १ हजार ६ सय ८३ फर...

चितवनमा यात्रुवाहक बस पल्टियो, ७ घाइते

चितवनमा यात्रुवाहक बस पल्टियो, ७ घाइते
 चितवन -     चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारस्थित पृथ्वी राजमार्गमा आज बिहान अन्दाजी २ः२५ बजे यात्रुवाहक बस पल्टिँदा सातजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार, काठमाडौंबाट धनगढी आउँदै गरेको ना ६ ख २४६८ नम्बरको बस अनियन्त्रित भई नालातर्फ पल्टिएको थियो । घाइतेको तनहुँको छिम्केस्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

तीन करोडका लागि जवान छोरीको प्रयोग

तीन करोडका लागि जवान छोरीको प्रयोग
दाङ - तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठको अपहरणपछि हत्या गरिएको प्रहरीले   जनाएको छ । अपहरणपछि उनीसंग तीन करोड फिरौती मागिएको थियो । यो योजनाका लागि तुलसीपुरकै एक ब्यक्तिले आफ्नी १७ वर्षीया छोरीलाई प्रयोग गरेको प्रहरीको भनाई छ । नागरिक दैनिकले समाचार छापेको छ ।

तेह्रथुमका छ स्थानीयतह मध्ये पाँच तहमा एमाले बिजयी

तेह्रथुमका छ स्थानीयतह मध्ये पाँच तहमा एमाले बिजयी
तेह्रथुम- स्थानीयतहको निर्बाचनमा तेह्रथुममा नेकपा एमाले बर्चश्व कायम गरेको छ। जिल्लाको ६ स्थानीयतह मध्ये ५ वटा तहमा एमालेले जित हासिल गरेको छ। भने एउटामा मात्र नेपाली कांग्रेसले जित हासिल गरेको छ। जिल्लाको केन्द्र सदरमुकाम म्याङलुङ नगरपालीकामा नेकपा एमालेले मेयर र उपमेयर जितेको छ। मेयरपदमा एमालेका सञ्जय तुम्बाहाङफेले ३ हजार ८ सय ९० प्राप्त गरेर बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्दी रणबिक्रम...

गठबन्धन हराउँदै फुङलिङ नगरपालिकामा एमाले विजयी

गठबन्धन हराउँदै फुङलिङ नगरपालिकामा एमाले विजयी
ताप्लेजुङ - ताप्लेजुङको एक मात्र फुङलिङ नगरपालिकामा सत्तारुढ कांग्रेस–माओवादी गठबन्धन पराजित गर्दै एमालेले जीत हासिल गरेकाे छ । फुङलिङको मेयरमा नेकपा एमालेका छत्रपति  प्याकुरेल ३ हजार ८ सय ९५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी गठवन्धन कांग्रेसका उम्मेदवार केशवप्रसाद दाहालले ३ हजार ६ सय ६ मत प्राप्त गरे । उपमेयरमा भने माओवादी उम्मेदवार वमबहादुर भट्टराई ३ हजार १ सय २९ मत ल्याएर विज...

एमालेसँग पराजित भइरहेका बेला यस्तो आयो कांग्रेस प्रतिक्रिया

एमालेसँग पराजित भइरहेका बेला यस्तो आयो कांग्रेस प्रतिक्रिया
काठमाडौं - एमालेसँग स्थानीय तहको निर्वाचनमा थुप्रै स्थानमा पराजित भइरहेका बेला नेपाली कांग्रेसका एक नेताले दोष सबै एमालेलाई दिएका छन् । नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलसाँग कुरा गर्दै कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले एमालेको गलत नीतिका कारण कांग्रेस धेरै स्थानमा पराजय हुनु परेको बताए । ‘एमालेले ०५२ सालको स्थानीय निर्वाचनको ब्याज खाइरहेको छ’, उनले भने, ‘कांग्रे...

ओखलढुङ्गा केन्द्र रहेको भूकम्पले काठमाडौंसम्म हल्लायो

ओखलढुङ्गा केन्द्र रहेको भूकम्पले काठमाडौंसम्म हल्लायो
काठमाडौँ - ओखलढुङ्गामा आज बिहान ७ः४३ मिनेट जाँदा ५.१ रिक्टरको ‘गोर्खा भूकम्प’को परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । ओखलढुङ्गाको बरुँरेश्वर आसपास केन्द्रमा रहेर परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । गत २०७२ साल वैशाख १२ पछाडि गोर्खा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४७३ वटा परकम्प गएको केन्द्रले जनाएको छ । रासस 

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
लहान - सिरहाको औरही गाउँपालिका ५ दरैयामा आज अपराह्न यात्रुवाह बसको ठक्करबाट एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । भगवानपुरबाट सिरहातर्फ आउँदै गरेको ना ४ ख ५२८१ नंको बसको ठक्करबाट साइकलयात्री सिरहा, अर्नामा गाउँपालिका–५ निवासी २६ वर्षीया सुमीदेवी ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रासस

म्यादी प्रहरी तमोर नदीमा बगेर बेपत्ता

म्यादी प्रहरी तमोर नदीमा बगेर बेपत्ता
धनकुटा - धनकुटाको खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिकामा खटिएका एक जना म्यादी प्रहरी तमोर नदीमा बगेर बेपत्ता भएका छन् । दिउँसोको गर्मी छल्न तमोर नदीमा नुहाउन गएका म्यादी प्रहरी सचिन लिम्बू बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।