फरार ५०५ अपराधी पक्राउ

फरार ५०५ अपराधी पक्राउ
राजविराज - विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएर फरार रहेका ५०५ अपराधीलाई पक्राउ गर्न सप्तरी प्रहरी सफल भएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि माघ मसान्तसम्मको अवधिमा पछिल्लो पटक विगत पाँच महिनादेखि हालसम्म फरार रहेका अपराधीलाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो । जबरजस्ती करणीका फरार अभियुक्त सप्तरीको सुरुङ्गा न...

भण्डारीको नेतृत्वमा अनलाइन टीभी पत्रकार सङ्घको नयाँ समिति

भण्डारीको नेतृत्वमा अनलाइन टीभी पत्रकार सङ्घको नयाँ समिति
काठमाडौं - पत्रकार जीवन भण्डारीको अध्यक्षतामा अनलाइन टीभी पत्रकार सङ्घको नयाँ कार्य समिति गठन गरिएको छ । काठमाडौँमा भएको सङ्घको पहिलो अधिवेशनले संस्थापक अध्यक्ष भण्डारीकै नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको हो । नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा सञ्जिव रेग्मी, उपाध्यक्षमा कुशलभ केसी, महासचिवमा पवन फुँयाल र सचिवमा सरोज गिरी निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक भुपराज बस्यालले जानक...

सुुखी नेपाली समृद्ध नेपाल’ बनाउन निर्वाचन आवश्यकः मन्त्री साह

सुुखी नेपाली समृद्ध नेपाल’ बनाउन निर्वाचन आवश्यकः मन्त्री साह
रौतहट - शहरी विकासमन्त्री प्रभुु साहले निर्धारित समयमा नै निर्वाचन हुने बताउनुुभएको छ । रौतहटको संसदीय निर्वाचन क्षेत्र नं २ अन्र्तगत तेजापाकडमा आयोजित नेकपाको क्षेत्रीय भेलालाई सम्वोद्धन गर्दै उहाँले सरकारले घोषणा गरेको पहिलो चरणको आगामी वैशाख १७ र दोस्रो चरणको वैशाख २७ गते नै चुनाव हुने दाबी गर्नुभयो । मन्त्री साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम गर्न नदिने तर पूर्व राजा ज्ञानेन्...

मकवानपुरमा निर्वाचन तयारी

मकवानपुरमा निर्वाचन तयारी
वाग्मती - जिल्ला निर्वाचन कार्यालय मकवानपुरले आगामी वैशाखमा हुने निर्वाचनलाई लक्षित गरेर तयारी पूरा गरेको छ । जिल्लामा १६५ मतदानस्थलका ३३८ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको जनाइएको छ । सो निर्वाचनमा मकवानपुरका दुई लाख ७२ हजार ४७८ मतदाता मतदान प्रक्रियामा सहभागी हुन पाउने जिल्ला निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो । निर्वाचनका लागि आवश्यक सुरक...

सवारी दुर्घटनामा एकको मृत्यु

सवारी दुर्घटनामा एकको मृत्यु
झापा - पूर्वपश्चिम राजमार्गको मेचीनगर–१३ स्थित चारआलीमा सवारी दुर्घटना परी ग्लोबल आइएमइ बैंक फिक्कलका शाखा प्रमुख अनन्त आचार्यको मृत्यु भएको छ । शुक्रबार मे११प ४४७८ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको मे११प ११३१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा उहाँ गम्भीर घाइते हुनुभएको थियो । घाइते आचार्यको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारकै क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्...

लक्ष्यविहीन पर्यटन सूचना केन्द्र

लक्ष्यविहीन पर्यटन सूचना केन्द्र
इलाम - पूर्वनिर्धारित लक्ष्यअनुरुप काम गर्ने पर्यटन सूचना केन्द्र यसपटक लक्ष्यविहीन काम गरिरहेको छ । गत वर्षसम्म लक्ष्यअनुसार पर्यटक गणना काम गरिरहेको सूचना केन्द्र यसपटक भने विनालक्ष्य गणनामा लागेको हो । इलाम भित्रिनेको गणनाका लागि इलाम र झापाका बीच सिमाना पर्यटन सूचना केन्द्र राखिएको छ । यहाँ दर्ता भएपछि मात्र पर्यटक इलाम भित्रिन्छन् । कोरोना महामारीको निहुँमा सूचना केन्द्र पर्यटक गन्ने काम ...

शहरभित्र शहर बनाउँदै भरतपुर महानगर

शहरभित्र शहर बनाउँदै भरतपुर महानगर
चितवन - जिल्लाको प्रमुख शहर नारायणगढमा बहुउद्देश्यीय व्यावसायिक भवन (भरतपुर मेट्रो प्लाजा) बनाइने भएको छ । सिङ्गो शहरको जति सुविधा हुने गरी निजी क्षेत्रमार्फत व्यावसायिक भवन बनाउन लागिएको हो । भरतपुर महानगरपालिका–३ मा पर्ने लायन्स चोकमा रहेको ११ कट्ठा सात धुर जमिनमा ५० मिटर अग्लो व्यावसायिक भवन बनाइँदै छ । महानगरपालिकाले सार्वजनिक निजी साझेदारी अवधारणाबमोजीम निजी क्षेत्रबाट नक्साङ्कन, निर्माण,...

राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन अभियान

राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन अभियान
फुङ्लिङ - फागुन अन्तिमदेखि ताप्लेजुङका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन अभियान सञ्चालन गरिने भएको छ । ताप्लेजुङमा गत १३ साउनबाट जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन कार्य भइरहेको छ । प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंका अनुसार अहिलेसम्म एक हजार ३५२ पुरुष र एक हजार १० महिला गरी दुई हजार ३६२ ले राष्ट्रिय परिचयपत्रको विवरण भरेका छन् । फाग...

सियारीमा गुठीका जग्गा संरक्षण हुँदै

सियारीमा गुठीका जग्गा संरक्षण हुँदै
बुटवल - रुपन्देहीको सियारी गाउँपालिकाले सार्वजनिक र गुठीका जग्गा संरक्षण शुरु गरेको छ । सबै जग्गाको लगत सङ्कलन गर्दै समुदायको सहकार्यमा ऐतिहासिक र पुरानो गुठीका रुपमा रहेको सियारी गाउँपालिका–३ भैसाखादरस्थित रामजानकी मठमन्दिरको नाममा रहेको जग्गामा केही भूमाफियाले चलखेल गरेपछि पालिकाले समुदायसमेत गुहारेको छ । उक्त जग्गा करिब २०० वर्ष पुरानो इतिहास बोकेको गुठी र मन्दिर क्षेत्र मानिने स्थानीयले जनाएक...

दश कैदीबन्दीको सजाय मिनाहा

दश कैदीबन्दीको सजाय मिनाहा
कञ्चनपुर - प्रजातन्त्र दिवसका अवसरमा जिल्ला कारागारका १० कैदीबन्दीको कैद सजाय मिनाहा गरिएको छ । आचरण सुधारका आधारमा कैदी बन्दीको कैद सजाय मिनाहा गरिएको हो । सवारी ज्यान, बहुविवाह मुद्दामा कारागार जीवन बिताइरहेका १३ कैदीबन्दीको कैद मिनाहाका लागि कारागार विभागमा सिफारिस गरेर पठाइएकामा १० कैदीबन्दीको सजाय मिनाहा गरिएको कारागार प्रमुख मायाकुमारी बस्नेतले बताउनुभयो । कारागारमा ३९३ कैदीबन्दीलाई राख...