ताप्लेजुङमा मेयर र अध्यक्ष कप प्रतियोगिता हुने

ताप्लेजुङमा मेयर र अध्यक्ष कप प्रतियोगिता हुने
फुङ्लिङ - फुङ्लिङ नगरपालिकाले मेयर कप तथा सिरिजङ्घा गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएका छन् । फुङ्लिङले तेस्रो संस्करणको मेयर कप अन्तरपालिकास्तरीय र सिरिजङ्घाले प्रथम अध्यक्ष कप वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्न लागेका हुन् । यही फागुन २४ देखि २७ सम्म प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन हुने सिरिजङ्घाका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिनुभयो । गाउँपालिकाक...

गुणस्तरहीन भारतीय अण्डाले नेपाली बजार प्रभावित

गुणस्तरहीन भारतीय अण्डाले नेपाली बजार प्रभावित
सर्लाही - खुल्ला सीमानाका कारण गुणस्तरहीन भारतीय अण्डा सस्तो मूल्यमा भित्रिन थालेपछि यहाँका अण्डा उत्पादक किसान मारमा परेका छन् । भारतबाट लुकाइछिपाइ गुणस्तरहीन सेतो अण्डा यहाँका बजारमा भित्रिन थालेपछि यहाँका अण्डा उत्पादक किसान मारमा परेका हुन् । “सेतो अण्डाले बजार विगा¥योे । उस्तै देखिएपनि सेतो अण्डा यहाँ उत्पादन भए जस्तो हुँदैन”, अण्डा व्यावसायी सुभाष तिमल्सिनाले भन्नुभयो, “ गुणस्तरहीन भारती...

तोलामा रु एक हजारले घट्यो पहेंलो धातु

तोलामा रु एक हजारले घट्यो पहेंलो धातु
काठमाडौँ - स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य तोलामा नै रु एक हजारले ओरालो लागेको छ । तोलामा रु ८७ हजार ५०० मा बुधबार कारोवार भएको छापावाला सुन आजका लागि भने रु ८६ हजार ५०० मूल्य निर्धारण भएको छ । त्यसैगरी बुधबार रु ८७ हजार ५० मा कारोवार भएको तेजाबी सुन आजका लागि भने तोलामा रु ८६ हजार ५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । साथै बुधबार रु एक हजार ३१५ मा कारोवार ...

‘उखु नमूना गाउँ’ कार्यक्रमबाट ४०० किसान लाभान्वित

‘उखु नमूना गाउँ’ कार्यक्रमबाट ४०० किसान लाभान्वित
महेन्द्रनगर - कञ्चनपुरको दक्षिण क्षेत्रका ४०० घरधुरी किसान दुई वर्षयता मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम सञ्चालित नमूना उखु गाउँ कार्यक्रमबाट लाभान्वित भएका छन् । यहाँको कृषि ज्ञान केन्द्रका अनुसार दुई वर्षदेखि यहाँको बेल्डाँडी गाउँपालिका, लालझाँडी गाउँपालिका, बेलौरी र पुर्नबास नगरपालिकामा उक्त कार्यक्रम सञ्चालन भइरहेको छ । “छनोट गरिएका पालिकामा एउटा पालिकामा १०० घरधुरी किसान ...

सरकार र चन्द समूहबीच सहमतिः शुक्रबार विस्तृत विवरण आउने

सरकार र चन्द समूहबीच सहमतिः शुक्रबार विस्तृत विवरण आउने
काठमाडौँ - नेपाल सरकार र नेत्रविक्रम चन्द समूहबीच संवादका माध्यमबाट सम्पूर्ण राजनीतिक विषयको समाधान गर्ने गरी तीनबुँदे सहमति भएको छ । सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र चन्द समूहको वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्माले आज संयुक्त विज्ञप्ति जारी गरी सहमति भएकोपत्र सार्वजनिक गर्नुभयो । उक्त सहमतिसँगै चन्द समूहका सम्पूर्ण गतिविधि शान्तिपूर्णरूपमा सञ्चालन हुने र सरक...

काली मार्सी चामल जापानी बजारमा

काली मार्सी चामल जापानी बजारमा
खलङ्गा - जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ लाखभन्दा बढीका ती सामग्री जापान निर्यात भएको छ । अग्र्यानिक्स एण्ड सुपरफुडका सञ्चालक राज शाहीले तीन टन मार्सी र सिमी निर्यात गर्नुभएको हो । व्यावसायिकरूपमा कर्णालीका खाद्य पदार्थ अन्तररष्ट्रिय बजारमा पु¥याउने लक्ष्यका साथ पहिलोपटक ती सामग्री निर्यात भएको उहाँले जानकारी दिन...

कांग्रेसले अरुलाई सरकार चलाउन सहयोग गर्न सक्छः वरिष्ठ नेता पौडेल

कांग्रेसले अरुलाई सरकार चलाउन सहयोग गर्न सक्छः वरिष्ठ नेता पौडेल
चितवन - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा नेपाल कम्युनिष्ट पार्टी९नेकपा० दाहाल–नेपाल समूहलार्ई सहयोग गर्न सकिने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कांग्रेसले अरुलाई सहयोग गरेर पनि देशलाई सङ्कटबाट पार लगाउन सक्ने बताउनुभयो ।वरिष्ठ नेता पौडेलले भन्नुभयो, “कांग्रेसले आफ्नो हैसियतमा रहेर अरुलाई सरकार चलाउन सहयोग गर्न सक्छ, त्य...

‘आगलागी नियन्त्रण गर्ने छुट्टै योजना छैन’

‘आगलागी नियन्त्रण गर्ने छुट्टै योजना छैन’
बलेवा - “लौन वनमा आगो लाग्यो, बाहिर निस्क”, यही फागुन १० गते दिउँसो ३ बजेको हुँदो हो, गलकोट नगरपालिका–७ की थुमकुमारी थापा आत्तिएर गुहार माग्न थाल्नुभयो, “पल्लो गाउँको वनदेखि लागेको आगो हाम्रै वनमा आयो, लौन निभाउनुप¥यो ।” उहाँले आगो निभाउनका लागि अनुरोध गर्दैगर्दा न त उहाँहरुसँग पूर्वतयारी थियो न सामग्री नै । त्यो दिन गलकोटका तीन सामुदायिक वनमा आगलागी भयो । आगलागीका कारण झण्डै १०० हेक्टर क्...

बलात्कार आरोपित पक्राउ

बलात्कार आरोपित पक्राउ
सप्तरी - एक वर्षअघि भएको बलात्कार घटनाका आरोपित खडक नगरपालिका–७ कल्याणपुरका २५ वर्षीय एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । एक्काइस वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फरार उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको छ । उनीमाथि आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताउनुभयो । आमास...

थाहा नगरपालिकामा ८० प्रतिशत निजी आवास पुनःनिर्माण

थाहा नगरपालिकामा ८० प्रतिशत निजी आवास पुनःनिर्माण
टिस्टुङ - मकवानपुरको थाहा नगरपालिकामा गोरखा भूकम्पयता पाँच वर्षको अवधिमा निजी आवास पुनःनिर्माणको काम ८० प्रतिशत सम्पन्न भएको छ । पुनःनिर्माण प्राधिकरणका इञ्जिनीयर परवेज खानका अनुसार नगरपालिकामा सम्झौता गरेका लाभग्राहीमध्ये पाँच हजार १०९ परिवारले तेस्रो किस्तााबापतको अनुदान रकम बुझिसकेका छन् । नगरपालिकामा भूकम्पबाट सात हजार ९८ परिवारको निजी आवास पूर्ण क्षतिको सूचीमा परेकामा उनीहरुमध्ये छ हजार ...