महाशिवरात्रिको तयारी : सूर्यघाटबाट आर्यघाटसम्म सफाइ

महाशिवरात्रिको तयारी : सूर्यघाटबाट आर्यघाटसम्म सफाइ
काठमाडौँ - महाशिवरात्रिको तयारीस्वरुप पशुपतिनाथ मन्दिरअघिको सूर्यघाटबाट आर्यघाटसम्मको वाग्मती नदी क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रलाई फोहोरमुक्त बनाउन वाग्मती सफाइ महाअभियानको ४०८औँ हप्तामा आज बिहान राममन्दिर अघि सफाइ गरिएको हो । सफाइबाट १० मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले राससलाई जानकारी ...

सातौँ अधिवेशन : आइतबारदेखि शुुरु

सातौँ अधिवेशन : आइतबारदेखि शुुरु
काठमाडौँ - सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुुगिरहेको बेला प्रतिनिधिसभाका सातौँ अधिवेशन भोलि आइतबारदेखि शुुरुआत हुुँदैछ । संवैधानिक व्यवस्थाअनुुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गर्नुुभएको छ । सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापनाको आदेशानुुसार प्रतिनिधिसभाक...

बाल प्रज्ञा–प्रतिष्ठानको आवश्यकता

बाल प्रज्ञा–प्रतिष्ठानको आवश्यकता
काठमाडौँ - लेखक तथा बाल साहित्यकारले मुलुकमा बाल प्रज्ञा–प्रतिष्ठानको आवश्यकता महसुस गरी स्थापनाको पहल थालेका छन् । बालबालिकाको सर्वाङ्गीण विकासका लागि पनि प्रतिष्ठानको आवश्यकता रहेको निष्कर्ष निकाल्दै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा भेला भएका उहाँहरुले प्रारम्भिक अवधारणापत्रमाथि छलफलसमेत गरका छन् । उक्त अवधारणापत्रलाई अन्तिम रुप दिएर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बुझाउने जनाइ...

अल्लो उद्योग सङ्कटमा

अल्लो उद्योग सङ्कटमा
रुकुमपूर्व - यहाँका विभिन्न ठाउँमा स्थानीयवासीले सञ्चालन गरिरहेका अल्लो उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । अल्लोबाट उत्पादित विभिन्न सामग्रीले बजार नपाएपछि उद्योग सञ्चालनमा कठिनाइ भएको हो । अल्लो प्रशोधन र त्यसबाट बनाइने सामग्रीबारे सीप प्राप्त गरेर अल्लो उद्योग सञ्चालन गरे पनि उत्पादित सामग्री बिक्री नहुँदा आम्दानी शून्य भएपछि उद्यमी समस्यामा परेका छन् । यहाँका तीनवटै स्थानीय तहमै प्रशस्त...

प्रधानसेनापति खुला म्याराथनको उपाधि सेनाका बस्नेतलाई

प्रधानसेनापति खुला म्याराथनको उपाधि सेनाका बस्नेतलाई
काठमाडौँ - प्रधानसेनापति छैटौँ खुला म्याराथन दौड, २०७७ को उपाधि नेपाली सेनाका जमदार कृष्णबहादुर बस्नेतले जित्नुभएको छ । उहाँले ४२ दशमलव १९५ किलोमिटर फुल म्याराथन दौड दुई घण्टा २१ मिनेट ५९ सेकेण्डमा पूरा गर्दै उपाधि जित्नुभएको हो । सोही स्पर्धामा भारतीय सेनाका तीर्थकुमार पुन दोस्रो हुनुभयो । उहाँले निर्धारित दूरी दुई घण्टा २२ मिनेट २७ सेकेण्डमा पूरा गर्नुभयो । सेनाका सुवेदार होमलाल श्रेष्ठ तृती...

कर्मचारी अभावले सेवा प्रवाहमा समस्या

कर्मचारी अभावले सेवा प्रवाहमा समस्या
लमजुङ - जिल्लास्थित मालपोत कार्यालयमा दरबन्दीअनुसारको कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । बेंसीशहर नगरपालिका वडा नं ८ फूलबारी चोकमा रहेको कार्यालयमा दरबन्दीअनुसारका कर्मचारी अभाव रहेको लामो समय भइसकेको जनाइएको छ । । कार्यालयमा दरबन्दीअनुसार १९ कर्मचारी हुनुपर्ने भए पनि हाल सात जना मात्रै दरबन्दीअनुसार कर्मचारी रहेको कार्यालयका मालपोत अधिकृत ईश्वरकमल श्रेष्ठले जानकारी दिनुभय...

पुरानै लयमा फर्कियो तातोपानीको पर्यटन

पुरानै लयमा फर्कियो तातोपानीको पर्यटन
म्याग्दी - प्राकृतिक उपचार स्थलका रुपमा परिचित बेनी नगरपालिका–४ तातोपानीको पर्यटन व्यवसाय पुरानै लयमा फर्किएको छ । कोरोना भाइरसको जोखिम र रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण सुनसान बनेको तातोपानीमा स्नान गर्नेको घुइँचो लागेको छ । विसं २०७६ चैत पहिलो हप्तादेखि बन्द भएको तातोपानी गत माघ १ गतेदेखि खुला गरिएको थियो । तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बन्दाबन्दी हुनु...

राष्ट्रपतिबाट खातुनलाई बधाई

राष्ट्रपतिबाट खातुनलाई बधाई
काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले किशोरी मुस्कान खातुनलाई तेजाब आक्रमणविरुद्ध कडा कानून र सजायका लागि साहसिक अभियान सञ्चालन गरेवापत प्रतिष्ठित ‘अन्तरराष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने घोषणा गरिएकामा बधाई दिनुभएको छ । राष्ट्रपति भण्डारीले आज अपराह्न ट्वीट गरी खातुनले तेजाब आक्रमणको असह्य पीडालाई शक्तिमा बदलेकामा प्रशंसा गर्दै सो पुरस्कार दिलाउने अमेरिकी सरकारलाई पनि धन्यवाद ...

केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ - देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको आंशिक प्रभावले आज प्रदेश नं एक, वाग्मती, गण्डकी र पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । हाल देशका केही पहाडी...

किशोरीलाई आत्मरक्षा तालीम

किशोरीलाई आत्मरक्षा तालीम
धनगढी - पछिल्लो समय देशमा महिला हिंसाका घटना बढिरहेकाले कैलालीको गौरीगङ्गा नगरपालिकाले किशोरी आत्मरक्षा तालीम सञ्चालन गरेको छ । नगरपालिकाले शुक्रबारदेखि तीन माध्यमिक विद्यालयमा एकैसाथ शुरु गरेको तालीममा सक्षम छोरी अभियानले सहजीकरण गरिरहेको छ । यस प्रकारको तालीमले समाजमा हुने महिला हिंसामा कमी आउनाका साथै महिला तथा किशोरीको आत्मविश्वास बढ्दा उनीहरू समाजका हरेक स्थानमा पहुँच बढाउन सफल हुने भएकाले त...