दोस्रो चरणको खोप आजदेखि

दोस्रो चरणको खोप आजदेखि
काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि शुभारम्भ हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले बिहान १०ः०० बजे खोप लगाएर दोस्रो चरणको खोप अभियान शुभारम्भ गरिने स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा कोभिड–१९ विरुद्धको ख...

बालविवाह : महिला, बालबालिका कानूनी अधिकारबाट वञ्चित

बालविवाह : महिला, बालबालिका कानूनी अधिकारबाट वञ्चित
टीकापुर - बालविवाह गरेका किशोरी तथा किशोरीले जन्माएका बालबालिका कानूनी अधिकार पाउनबाट वञ्चित भएका छन् । कैलालीका बालविवाह गरेका किशोरीका छोराछोरी विद्यालय जाने उमेरका भइसक्दा पनि उनीहरुले न त विवाह दर्ता गर्न पाएका छन् न छोराछोरीको जन्मदर्ता । यसरी घटना दर्ता गर्न नपाएपछि उनीहरु चिन्तामा छन् । टीकापुरको एकतानगरकी लक्ष्मी आउजीले १३ वर्षको कलिलो उमेरमा विवाह गर्नुभयो । खेल्ने, पढ्ने उमेरमा विवाह...

प्रोवीगाउँमा केन्द्रीय बिजुली, स्थानीयवासी हर्षित

प्रोवीगाउँमा केन्द्रीय बिजुली, स्थानीयवासी हर्षित
लमजुङ - जिल्लाकै विकट गाउँमध्ये एक प्रोवीगाउँमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनको बिजुली पुग्दा स्थानीयवासी हर्षित भएका छन् । गण्डकी प्रदेश सरकार र मस्र्याङदी गाउँपालिकाको आर्थिक सहयोगमा ३१ घरधुरी रहेको वडा नं २ प्रोवीगाउँमा पहिलोपटक शनिबार पुग्दा यहाँका स्थानीयवासी हर्षित भएका हुन् । गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दबाडीले प्रसारण लाइनको उद्घाटन कार्यक्रममा शनिबार गण्डकी प्रदेशले प्रदेशका सबै ग...

लैङ्गिक हिंसा न्यूनीकरण अनुशिक्षण अभियान

लैङ्गिक हिंसा न्यूनीकरण अनुशिक्षण अभियान
काभ्रेपलाञ्चोक - एक सय ११औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नमोबुद्ध नगरपालिकामा १३ दिने लैङ्गिक हिंसा न्यूनीकरणका लागि अनुशिक्षण कार्यक्रम गरिएको छ । नगरको आयोजनामा ‘लैङ्गिक हिंसाविरुद्धको वर्ष ः हिंसा न्यूनीकरण गर्नैपर्छ’ भन्ने नाराका साथ यही फागुन ९ गतेदेखि शुरु गरिएको अनुशिक्षण कार्यक्रम शनिबार सम्पन्न गरिएको हो । नगरका ११वटै वडामा आयोजित सचेतनामूलक कार्यक्रममा ६७३ महिलासहित ८६८ को सहभा...

मकैको खोसेलाबाट आकर्षक घरायसी सामग्री उत्पादन

मकैको खोसेलाबाट आकर्षक घरायसी सामग्री उत्पादन
खोटाङ - हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका महिलाले मकैको खोसेलाबाट आकर्षक घरायसी सामग्री उत्पादन गर्न थालेका छन् । गाईवस्तुलाई घाँसका रूपमा खुवाउन प्रयोग हुँदै आएको मकैको खोसेलाबाट घरायसी सामग्री उत्पादन गर्दै आम्दानीको स्रोत बनाउने लक्ष्यका साथ नगरपालिकाले उपलब्ध गराएको तालिम लिएपछि च्यास्मिटारका ३० महिलाले आकर्षक किसिमका घरायसी सामग्री उत्पादन शुरु गरेका हुन् । स्थानीय महिलालाई आर्थिकरू...

संसद् पुनःस्थापनासँगै मध्यपुरथिमिका १२ आयोजना निर्माण शुरु

संसद् पुनःस्थापनासँगै मध्यपुरथिमिका १२ आयोजना निर्माण शुरु
भक्तपुर - गाउँगाउँमा सरकारका विकास योजना पुगेको प्रत्याभूति दिने गरी तीव्ररूपमा विभिन्न आयोजना सञ्चालनमा आएको भक्तपुरमा संसद् पुनःस्थापनापछि थप १२ आयोजनाको काम सञ्चालन भएको छ । सांसदले पाउने निर्वाचन क्षेत्र पूर्वाधार विकास साझोदारी (सांसद विकास कोष) कार्यक्रमअन्तर्गत सांसद महेश बस्नेतले आफ्नो निर्वाचन क्षेत्रको विकासमा मध्यपुरथिमि नगरपालिकाभित्र मात्रै १२ आयोजनाको निर्माणकार्य शुरु गर्नुभएको हो ...

शान्ति समाजमा नयाँ नेतृत्व, सभापतिमा खनाल निर्विरोध

शान्ति समाजमा नयाँ नेतृत्व, सभापतिमा खनाल निर्विरोध
काठमाडौँ - मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको यही फागुन २१ र २२ गते पोखरामा सम्पन्न २३ औँ राष्ट्रिय परिषद् बैठकका क्रममा सम्पन्न केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यको निर्वाचनमा वरिष्ठ उपसभापतिमा दाङका सुशील बस्नेत, उपसभापति महिलातर्फ रत्नलक्ष्मी श्रेष्ठ, उपसभापतिमा पाल्पाका कृष्णबहादुर र...

सेनाको स्वास्थ्य शिविरमा ७२६ लाभान्वित

सेनाको स्वास्थ्य शिविरमा ७२६ लाभान्वित
महेन्द्रनगर - नेपाली सेनाले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ७२६ स्थानीवासी लाभान्वित भएका छन् । आगामी शिवरात्रिका दिन हरेक वर्ष मनाइने सेना दिवसको पूर्वसन्ध्यामा नेपाली सेनाको श्री २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले साताव्यापी कार्यक्रमअन्तर्गत स्वास्थ्य शिविर सञ्चालन गरेको हो । त्यसका साथै सेनाले ब्रह्मदेवमा रहेका लोपोन्मुख राउटे र बादी...

तीन सडकलाई रु ७५ करोड सहयोग

तीन सडकलाई रु ७५ करोड सहयोग
तनहुँ - जिल्लाको व्यास नगरपालिका क्षेत्रका तीनवटा मुख्य सडकको स्तरोन्नतिका लागि नेपाल शहरी तथा पूर्वाधार आयोजनाको समन्वयमा रु ७५ करोड तीन लाख सहयोग प्राप्त हुनेभएको छ । नेपाल सरकार र विश्व बैंकबीच सम्झौता भएअनुसार सडक निर्माणका लागि उक्त रकम सहयोग प्राप्त हुने भएको व्यास नगरपालिका कार्यालयले जनाएको छ । सम्झौता पत्रमा आयोजनाका तर्फबाट आयोजना प्रमुख नवराज प्याकुरेल र व्यास नगरपालिकाको तर्फबाट नगरप्...

नामजस्तै काम दिन सक्नुपर्छ : मन्त्री तामाङ

नामजस्तै काम दिन सक्नुपर्छ : मन्त्री तामाङ
बनेपा - युवा तथा खेलकूदमन्त्री दावा तामाङले नामजस्तै कामको परिणाम देखाउन सक्नुपर्ने बताउनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयले शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको सूचनाको हकसम्बन्धी गोष्ठीमा उहाँले मातहतका कर्मचारीलाई युवाहरुले नामजस्तै काम दिन युवामा ऊर्जा भएकाले त्यतातर्फ लाग्नुपर्ने बताउनुभयो । “मिटिङ राम्रो हुनका लागि इटिङ राम्रो हुनुपर्छ”, उहाँले भन्नुभयो, “काम गर्नका लागि प्रा...