भाषा सिकाउने कर्णालीले सभ्यता सिकाउनुपर्छ : मुख्यमन्त्री शाही

भाषा सिकाउने कर्णालीले सभ्यता सिकाउनुपर्छ : मुख्यमन्त्री शाही
कर्णाली - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विगतमा भाषा सिकाउने कर्णालीले आगामी दिनमा सभ्यता सिकाउनुपर्ने बताउनुभएको छ । ऋति फाउण्डेशन, सुर्खेतद्वारा आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको प्रसिद्ध पर्यटकीयस्थल बुलबुले तालको छेउमा आयोजित ‘कर्णाली उत्सव–कुडा कर्णालीका’ दोस्रो संस्करणको शुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले भाषा उत्पत्ति भएको प्रदेशको भाषा नै सङ्ग्रहालयमा...

बाघको आक्रमणबाट मृत्यु

बाघको आक्रमणबाट मृत्यु
बर्दिया - बर्दियाको मधुवन नगरपालिका–३ सम्झना सामुदायिक वनमा आज पाटे बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । मधुवन–३ की २९ वर्षीया रेनुका सुनारलाई घाँस काट्न गएको बेला बाघले झम्टेर लगेको सशस्त्र प्रहरी बल बिओपी भगरैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मिन मगरले बताउनुभयो । नेपाल–भारत सीमासँग जोडिएको पिलर नम्बर ८४ र ८५ नम्बरको बीचमा बाघले आक्रमण गर्दा ज्यान गएको उहाँले जनकारी दिनुभयो ।

समाजमा रेडक्रसको भूमिका बढेको छ : मुख्यमन्त्री भट्ट

समाजमा रेडक्रसको भूमिका बढेको छ : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाजमा सहयोगी भावनामा कमी हुँदै गएको अवस्थामा रेडक्रस जस्ता मानवीय सेवामा काम गर्ने संस्थाको भूमिका र आवश्यकता अझै बढेको बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी कैलाली शाखा स्थापनाको स्वर्णजयन्ती मनाउँन आज धनगढीमा आयोजित समारोहमा उहाँले मानवीय सेवामा उत्कृष्टता हासिल गरेकै कारण सबैले रेडक्रसलाई सम्झिने गरेको भन्दै आगामी दिनमा पनि आफ्...

यसरी मनाइँदैछ सेना दिवस : टुँडिखेलमा बढाइँ कवाजसहित विशेष समारोह

यसरी मनाइँदैछ सेना दिवस : टुँडिखेलमा बढाइँ कवाजसहित विशेष समारोह
नारायण न्यौपाने काठमाडौं - सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस बिहीबार मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने बढाइँ कवाजसहितको विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुनेछ । नागरिकको आस्था र भरोसाको केन्द्रबिन्दुका रुपमा रहेको...

महाशिवरात्रिमा कोरोना प्रभाव : घट्यो साधुसन्तको संख्या

महाशिवरात्रिमा कोरोना प्रभाव : घट्यो साधुसन्तको संख्या
काठमाडौं - कोरोना महामारीको जोखिम कायमै रहेका कारण यस वर्ष पशुपति क्षेत्रमा विगत वर्षका महाशिवरात्रिको भन्दा साधुसन्तको आगमन घटेको छ । विगत वर्षमा महाशिवरात्रिको अघिल्लो दिनसम्म करिब चार हजार साधुसन्त आउने गरेकामा यस वर्ष अहिलेसम्म एक हजार ५०० देखि दुई हजारसम्म साधुसन्तको मात्र उपस्थिति रहेको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयले जनाएको छ । पशुपति मूल मन्दिर परिसरमा बस्ने नागाबाबाको सङ्ख्या पनि...

काठमाडौं मेयर कप क्रिकेट : नेपाल पुलिस क्लब फाइनलमा

काठमाडौं मेयर कप क्रिकेट : नेपाल पुलिस क्लब फाइनलमा
काठमाडौं - नेपाल पुलिस क्लब काठमाडौँ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँ मेयर–११ लाई १०३ रनले पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो । पुलिस क्लबले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा ४७ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १९७ रन बनायो । एक सय ९८ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङ गरेको काठमाडौँ मेय...

हत्या अभियोगमा तीन पक्राउ

हत्या अभियोगमा तीन पक्राउ
चितवन - एक युवालाई हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकालाई आज यहाँ पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । पक्राउपर्नेमा गैँडाकोट नगरपालिका– २ घर भई नारायणगढस्थित जानकी गेष्ट हाउसमा व्यवस्थापकको काम गर्ने वर्ष ४२ का सञ्जय गजुरेल, भरतपुर महानगरपालिका– २७ घर भई नारायणगढमा भाडामा बस्ने २५ वर्षीय विक्रम महतो र कालिका नगरपालिका– ७ जुटपानी घर भई नारायणगढ बजारमा ब...

हावाहुरीले रुख ढल्दा पृथ्वीरामार्ग अवरुद्ध

हावाहुरीले रुख ढल्दा पृथ्वीरामार्ग अवरुद्ध
दमौली- पृथ्वीराजमार्गस्थित तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित रिठेपानीमा रुख ढल्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । आज दिउँसो आएको हावाहुरीसहितको वर्षाले रुख ढाल्दा राजमार्ग अवरुद्ध भएको हो । साना सवारी सञ्चालन भए पनि ठूला सवारीसाधन रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सनाले जानकारी दिनुभयो । रुख पन्छाएर राजमार्ग सञ्चालन गराउनका लागि बेलचौताराबाट एस्काभेटर मगाइएक...

शिवरात्रिका लागि मार्ग परिवर्तन हुने गरी ट्राफिक व्यवस्थापन

शिवरात्रिका लागि मार्ग परिवर्तन हुने गरी ट्राफिक व्यवस्थापन
काठमाडौं - महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वका अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई मध्यनजर गरी ट्राफिक व्यवस्थापन मिलाएको छ । पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीको भिडभाडलाई मध्यनजर गरी सहज आवतजावतको प्रबन्ध मिलाउन रुट परिवर्तन गरिएको महाशाखाले जनाएको छ । यहाँ विभिन्न नाका भई भित्रिने भक्तजनका सवारी छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाएको मह...

नेपालमा अब कुनै प्रकारको अशान्ति छैन : प्रधानमन्त्री ओली

नेपालमा अब कुनै प्रकारको अशान्ति छैन : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कुनै प्रकारको अशान्ति नरहेको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयद्वारा २०औँ स्थापना दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष ओलीले नेपाल अब विकास र सुशासनको बाटामा अघि बढेको बताउनुभयो ।हिंसाको बाटामा हिँडेकालाई शान्तिको मूलधारमा ल्याउन आफ्नो सरकार सफल भएको जनाउँदै उहाँले पृथकतावादी सोचलाई ...