जिल्ला प्रशासन मकवानपुरको सभा, सम्मेलन नगर्न अनुरोध

जिल्ला प्रशासन मकवानपुरको सभा, सम्मेलन नगर्न अनुरोध
वाग्मती - जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोनाको सङ्क्रमण नियन्त्रणका लागि भेला एवं सम्मेलन नगर्न सोमबार सर्वसाधारणलाई अपिल गरेको छ । कार्यालयले एक सूचना प्रकाशित गर्दै विश्वभरि तथा छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढेकाले मकवानपुर जिल्लामा सभा, सम्मेलन, भेला जुलुस, र्याली र जमघटलगायतका भिडभाड हुने काम नगर्न अपिल गरेको छ । साथै प्रशासनले भौतिक दूरी कायम गर्न र जनस्वास्थ्यका मापदण्ड प...

नक्कली नोट बनाउने मेसिनसहित चार पक्राउ

नक्कली नोट बनाउने मेसिनसहित चार पक्राउ
भरतपुर - चितवनमा नक्कली नोट बनाउने मेसिनसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मेलन गर्दै नक्कली नोट बनाउने आरोपमा पक्राउ परेकालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका¬–८ का २९ वर्षीय देवेन्द्र राई र सोही ठाउँका १९ वर्षीय पवन राई रहेका छन् । प्रहरीका अनुसार उनीहरुलाई भरतपुर महानगरपालिका–१ बसपार्क क्षेत्रको पसलमा न...

त्रिभुवन आर्मी ‘ए’लाई ट्राई एडभेन्चरको उपाधि

त्रिभुवन आर्मी ‘ए’लाई ट्राई एडभेन्चरको उपाधि
काठमाडौं - नेपाली सेनाको त्रिभुवन आर्मी क्लब ‘ए’ ले चौथो संस्करणको प्रधानसेनापति ट्राई एडभेन्चर प्रतियोगिताको उपाधि जितेको छ । धादिङको बैरेनीमा आयोजित उक्त प्रतियोगितामा आर्मीको ‘ए’ टोली च्याम्पियन बनेको हो । उक्त स्पर्धामा आर्मीको ’बी’ टोली दोस्रो तथा सशस्त्र प्रहरी बलको एपीएफ क्लबको टोली तेस्रो भयो । महिलातर्फ त्रिभुवन आर्मी क्लबले उपाधि जितेको छ । सो स्पर्धामा प्याडल नेपाल दोस्रो तथा क्रान...

तेस्रो थानकोट गोल्डकपको उपाधि ‘ऊई आर ब्रदर्श’लाई

तेस्रो थानकोट गोल्डकपको उपाधि ‘ऊई आर ब्रदर्श’लाई
काठमाडौं - तेस्रो थानकोट गोल्डकपको उपाधि ‘ऊई आर ब्रदर्श’ क्लबले हात पारेको छ । चन्द्रागिरि थानकोट गोदाममा रहेको पिम्फली खेल मैदानमा आइतबार साँझ सम्पन्न तेस्रो थानकोट गोल्डकपमा तिनथाना युथ क्लबलाई हराउँदै ब्रदर्शले उपाधि हात पारेको हो । उक्त गोल्डकपको विजेतासँगै ब्रदर्श क्बलले रु ८० हजार पुरस्कार जित्न सफल भएको छ । शुरूदेखि दबाब राख्न सफल भएको ब्रदर्श २–० ले हराउँदै विजेता टिम बन्न सफल भएको हो...

धर्मसंकटमा नेपाल

धर्मसंकटमा नेपाल
काठमाडौं - एमाले खनाल–नेपाल समूहको चैत ५ गतेको राष्ट्रिय भेलामा प्रदेश २ की सांसद मञ्जु यादवले सोधिन्, ‘फागुन २८ गतेको निर्णय फिर्ता लिएर ओली पक्ष २०७५ जेठ २ कै अवस्थामा पार्टीलाई पुनःस्थापित गर्न तयार भए त ठीकै छ, नभए के गर्ने ? लत्रिने ?’ अलमलपूर्ण अवधारणापत्र र नेताहरूको त्यस्तै भाषण सुनेपछि यादवले झैं धेरै प्रतिनिधिले यो प्रश्न झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेतृत्वसमक्ष सोझ्याएका थिए ।...

परम्परागत पेशा अपनाएकै आधारमा जातीय छुवाछूत खेप्न बाध्य छन् दलित समुदाय

परम्परागत पेशा अपनाएकै आधारमा जातीय छुवाछूत खेप्न बाध्य छन् दलित समुदाय
कञ्चनपुर - कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशमा दलित समुदायमाथि परम्परागत पेशा अपनाएकै आधारमा छुवाछूत हुने गरेको छ । धर्म संस्कृति, पेशा र रीतिरिवाजका नाममा दलित समुदायले छुवाछूत खेप्दै आएका छन् । संविधानसभा सदस्य हरि श्रीपाइली देशमा लोकतान्त्रिक गणतन्त्र आइसक्दासमेत सार्वजनिक स्थानमै हुने छुवाछूत हट्न नसकेकोमा चिन्ता व्यक्त गर्नु हुन्छ । “विद्यालय, धार्मिकस्थल, पानीको धारा, चिया पसलमा दलित समुदा...

भिसा सकिएका पर्यटक आफ्नो देश फर्कन् मानेनन्

भिसा सकिएका पर्यटक आफ्नो देश फर्कन् मानेनन्
म्याग्दी - म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि ती नागरिकले आफ्नो देश फर्कन बेवास्ता गरेका हुन् । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका ५२ वर्षीय प्रि जोइलले आफ्नो देश फर्कन अटेर गरेका हुन् । उनी ५२२४५ नम्बरको राहदानी बाहक हुन् । भ्रमणमा आएका विदेशी नागरिक अनुमति पाएको भन्दा बढी समय बस्न नपाउने ...

सवारी ज्यान मुद्दामा फरार चालक १८ वर्षपछि पक्राउ

सवारी ज्यान मुद्दामा फरार चालक १८ वर्षपछि पक्राउ
कैलाली - कैलालीमा सवारी ज्यान मुद्दामा फरार एक ट्र्याक्टर चालकलाई १८ वर्षपछि प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–६ लोखरीका उमेश भन्ने उपेन्द्र स्वार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिनुभयो । प्रहरी निरीक्षक थापाका अनुसार २०५९÷११÷३० गते स्वारले चलाएको से१त ११४१ नंको ट्र्याक्टरबाट सोही ठाउँका धनिराम डगौराको च्यापिन...

सडक पुगेपछि फेरियो चिमखोला र कुइनेमङ्गलेको परिचय

सडक पुगेपछि फेरियो चिमखोला र कुइनेमङ्गलेको परिचय
गलेश्वर - यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य र विकासका पूर्वाधारका सुविधा नभएको म्याग्दीको कुइनेमङ्गले गाउँको परिचय अहिले भने फेरिएको छ । जिल्लाको रघुगङ्गा गाउँपालिका–८ मा पर्ने कुइनेमङ्गलेको घ्यासीखर्कमा यातायातका साधन पुगेपछि गाउँको सौन्दर्यमा शिक्षा, स्वास्थ्य र जनचेतनाको विकासले निखारता ल्याएको छ । गलेश्वरदेखि कुइनेमङ्गलेसम्म ३६ किलोमिटर सडकको ट्र्याक निर्माणमा स्थानीय सरकारसँगै सङ्घीय र प्रद...

नाली खन्दा बम फेला पर्यो

नाली खन्दा बम फेला पर्यो
टीकापुर - कैलालीको टीकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक आइतबार बम फेला परेको छ । बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो । त्यहाँ फेला परेको बम नै भएकाले र निस्क्रिय पार्नका लागि नेपाली सेनाको गोराँगे ब्यारेकलाई खबर गरिसकिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । फेला परेको बम सशस्त्र द्वन्द्वका बेला राखिएको हुनसक्ने आशङ्का गरिएको छ । प्र...