कविता ‘ म एक भरिया’ खुमा राना
नाम्लोको सहायताले भारीलाई तालुमा
अड्याएर कैयौ माइल हिड्ने
नाम्लोलाई कहिले सीरानीमा कहिले कमर पेटीमा
त कहिले पिर्का बनाई संगसंगै हिड्ने
म एक भरिया
न मेरो पोष्ट न मेरो कुनै नाम हन्छ
न त कुनै सरुवा हुन्छ
झुसमुसै देखि कहिले बर्सपार्क त कहिले
पसल – पसलमा चाहार्ने
म एक भरिया
कहिले भोकै कहिले झुत्रा मैला कपडा सित हिड्ने
जति गह्रौ भारी भयो त्यसमै रमाउने
म एक भरिया
घाम – पानी हुरी बत...