Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कांग्रेस भन्दा एमाले १८ बढी स्थानीय तहको प्रमुखमा विजयी

कांग्रेस भन्दा एमाले १८ बढी स्थानीय तहको प्रमुखमा विजयी
असार १४ गते दोस्रो चरणमा मतदान भएका ३ सय ३४ स्थानीय तहमध्ये हालसम्म २ सय ९१ स्थानीय तहको नतिजा सार्बजनिक भएको छ । बांकी ४३ स्थानीय तहमा मतगणना जारी छ । सार्बजनिक मतपरिणाम अनुसार नेकपा एमाले दोस्रो स्थानको नेपाली कांग्रेस भन्दा १८ बढी स्थानीय तहको प्रमुखमा विजयी भएको छ । एमालेले हालसम्म १ सय २७ स्थानीय तहमा जित निकाल्दा दोस्रो स्थानको कांग्रेस १ सय ९ स्थानीय तहको प्रमुखमा विजयी भएको छ । माओबादी केन...

कैलालीको भजनी नगरपालिकामा माओवादी केन्द्रका चौधरी विजयी

कैलालीको भजनी नगरपालिकामा माओवादी केन्द्रका चौधरी विजयी
कैलालीको भजनी नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । ५ हजार २ सय २८ मतका साथ शेरबहादुर चौधरी विजयी हुुनु भएको हो । उहाँका निकटतम फोरम लोकतान्त्रिकका केवल चौधरीले ५ हजार २५ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा पनि माओवादी केन्द्रकी छाँया देवकोटा ५ हजार ८ मत सहित विजयी हुनु भएको छ । उहाँकी निकटतम फोरम लोकतान्त्रिककी धनवसीया चौधरीले ४ हजार ३ हजार ७८ मत प्राप्त गरेको कैलाली सहकर्मी गणेश चौधरीले जना...

धरानमा १२ घण्टा यता मतगणना अवरुद्ध

धरानमा १२ घण्टा यता मतगणना अवरुद्ध
धरान उप–महानगरपालिकाको मतगणना अझै पनि सुरु हुन सकेको छैन । दलहरुबीचको विवादका कारण हिजो बेलुकीदेखि स्थगित मतगणना सुरु हुन नसकेको हो । वडा नम्बर ९ र १० को अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरिएपनि उपप्रमुखका उम्मेद्वार संघीय समाजवादी फोरमका पारस काङवाङको मत फरक रहेको भन्दै माओवादी केन्द्र र संघीय समाजवादी फोरमले विरोध जनाएपछि मतगणना स्थगित भएको हो । काङवाङले प्राप्त गरेको ९ र १० वडाका ३६ मत माल...

उदयपुरको कटारी नगरपालिकामा एमाले विजयी

उदयपुरको कटारी नगरपालिकामा एमाले विजयी
उदयपुर - उदयपुरको कटारी नगरपालिकामा एमालेका ज्ञानेन्द्र श्रेष्ठ काजी विजयी भएको छ । कांग्रेसका ज्ञानेन्द्रमान सिंह राउतलाई १७४ मतले पछि पार्दै ज्ञानेन्द्र श्रेष्ठ काजी  विजयी भएका हुन्। उनले ६७३५ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका राउतले ६७३५ मत ल्याएका थिए । उपप्रमुखमा पनि एमालेकै भिमकुमारी राउत ७५१७ मत साथ विजयी भएकी छन् । कांग्रेसकी निर्मला कार्कीले ५८५७ मत ल्याइन् ।  

स्थानीय तहको सङ्ख्या थप हुनसक्छ – गच्छदार

स्थानीय तहको सङ्ख्या थप हुनसक्छ – गच्छदार
विराटनगर - उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले तेस्रो चरणको निर्वाचनअगावै प्रदेश नं–२ मा स्थानीय तहको सङ्ख्यामा वृद्धि हुनसक्ने बताएका छन । विराटनगरमा सोमबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यसका लागि दलहरूको सहमति आवश्यक रहेको स्पष्ट पारे । असोज २ गते हुने तेस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा भाग लिने परिस्थितिको निर्माण गर...

विप्लव माओवादीद्धारा अनिश्चितकालीन बन्द आह्वान

विप्लव माओवादीद्धारा अनिश्चितकालीन बन्द आह्वान
रोल्पा -  गिरप्तार गरिएका कार्यकर्ता अझै रिहा नगरेको जनाउँदै नेपाल कम्युनिस्ट पार्टीले यहाँ अनिश्चितकालीन यातायात बन्द आह्वान गरेको छ । सो पार्टीका रोल्पा जिल्ला सेक्रेटरी दलकहादुर खत्रीले विज्ञप्ति जारी गरी निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका आफ्ना कार्यकर्ता अझै रिहा नगरेको भन्दै बन्द आह्वान गरिएको बताउनुभयो । रोल्पामा ११ जना र एक पत्रकारलाई गिरफ्तार गरी लामो समय हिर...

प्यूठान नगरपालिकामा माओवादी विजयी

प्यूठान नगरपालिकामा माओवादी  विजयी
 प्यूठान - प्यूठान नगरपालिकाको मेयरमा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका अर्जुनकुमार कक्षपति ५ हजार ३ सय १४ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तुलसीराम शर्माले ४ हजार ३ सय २३ मत ल्याएका छन् । उपमेरमा नेकपा एमालेबाट उम्मेदवार भएकी शान्ता आचार्य ५ हजार ९७ मत प्राप्त गरि बिजय हासिल गरिन । आचार्यले नेपाली कांग्रेसका उम्मेदवार भगवती विष्टलाई १ हजार ६ सय ८३ फर...

यी हुन् सबैभन्दा कम उमेरकी उपमेयर

यी हुन् सबैभन्दा कम उमेरकी उपमेयर
कपिलवस्तु - कपिलवस्तुको शिवराज नगरपालिकामा एमालेबाट उपमेयरमा उम्मेदवार बनेकी २३ वर्षीया शिवकुमारी चौधरी सबैभन्दा कम उमेरकी कान्छी उम्मेदवार बनेकी छिन् । उनले शिवराज नगरपालिकामा लोकप्रियमत लिएर विजयी भएकी हुन् । उनले ५ हजार ९ सय ६२ मत ल्याएर उपमेयर बेनकी हुन् । उनका प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी सुमन यादवले ३ हजार २९ मत पाएकी छन् । शिवराज नगरपालिकाको मेयरमा एमाले उम्मेदवार नेत्रराज...

नेपालगञ्ज उपमहागरपालिकामा राप्रपा विजयी

नेपालगञ्ज उपमहागरपालिकामा राप्रपा विजयी
नेपालगञ्ज, बाँकेको नेपालगञ्ज उपमहागरपालिकाको मेयरमा राप्रपाका उम्मेदवार धवल शम्शेर राणा १२ हजार ५ सय १५ मत ल्याएर बिजयी भएका छन्। राणाले आफ्ना निकटत प्रतिद्धन्दी कांग्रेसका उम्मेरवार सुरेश कुमार कनोडियालाई ३ हजार ७ सय ८५ मत अन्तरले पछि पार्दै विजयी भएका हुन्। त्यसै गरी उप मेयरमा नेपाली कांग्रेसकी उम्मेदवार उमा थापमगर विजयी भएकी छन् ।

रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा गच्छदार नेतृत्वको पार्टी विजयी

रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा गच्छदार नेतृत्वको पार्टी विजयी
रुपन्देही  - रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ। लोकतान्त्रिक फोरमका उम्मेद्वार जितेन्द्रनाथ सुक्ला ३ हजार ६६ मत सहित गाउँपालिकाको अध्यक्षमा विजयी बनेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेद्वार बिनोद श्रीवास्तवको पक्षमा २ हजार १९६ मत खसेको थियो।