Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

राष्ट्रकवि निवासमा राष्ट्रपति पुग्दा…

राष्ट्रकवि निवासमा राष्ट्रपति पुग्दा…
काठमाडौँ - “मेरा छ वटी छोरी छन्, उनीहरु देशमा महिला राष्ट्रपति भएकामा खुशी व्यक्त गरिरहन्छन् ।” सय वर्ष प्रवेशका अवसरमा जन्मदिनको शुभकामना दिन लैनचौरस्थित आफ्नो निवासमा आउनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रकवि माधवप्रसाद घिमिरेले भन्नुभयो, “मेरो लागि यहाँसम्म कष्ट गर्नुभयो, म धन्य भएँ ।” शताब्दी जन्म वर्षका अवसरमा शान्तिपाठ र विशेष पूजासहित सहस्र चन्द्रदर्शन ...

कार्यवाहक प्रधानमन्त्रीको जिम्मा उपप्रम पोखरेललाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मा उपप्रम पोखरेललाई
काठमाडौँ -राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिनुभएको छ । प्रधानमन्त्री ओलीको सिफारिशमा उपप्रधानमन्त्री पोखरेललाई राष्ट्रपति भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको कार्यभार तोक्नुभएको हो । प्रधानमन्त्री ओली संयुक्त राष्ट्र सङ्घको ७३औँ महासभामा भाग लिन आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ । ...

सरकारमा बसेरै कालो दिन मनाउने तयारी

सरकारमा बसेरै कालो दिन मनाउने तयारी
काठमाडौं - संविधान दिवसका दिन ३ असोजमा प्रदेश सरकारले वृक्षरोपणको तयारी गरेको छ । प्रदेश मन्त्रिपरिषद्को २८ भदौमा बसेको बैठकले वृक्षरोपणलगायत कार्यक्रम बनाएको हो । तर, सत्तामा सहभागी दल राजपाले भने कालो दिवस मनाउने तयारी गरेको आजको नयाँ पत्रिकामा खबर छ । प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिलामन्त्री विजय यादवले पार्टीको निर्देशनअनुसार आफूहरूले विरोध दिवस नै मनाउने बताए । वीरगन्जमा सम्पन्न दोस...

राष्ट्रपतिबाट रथी थापालाई महारथीको दज्र्यानी चिन्ह प्रदान

राष्ट्रपतिबाट रथी थापालाई महारथीको दज्र्यानी चिन्ह प्रदान
काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आज महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । राष्ट्रपति भवन शितलनिवासमा आज आयोजित विशेष समारोहमा उहाँले रथी थापालाई महारथीको दज्र्यानी चिन्ह प्रदान गरी प्रधानसेनापतिमा नियुक्त गर्नुभएको हो । राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानसेनापति...

स्थापनाको दुई दशकपछि नेपालमा बिम्स्टेकको पहिलो शिखर सम्मेलन

स्थापनाको दुई दशकपछि नेपालमा बिम्स्टेकको पहिलो शिखर सम्मेलन
काठमाडौँ - स्थापनाको दुई दशकपछि नेपालले पहिलोपटक बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को शिखर सम्मेलन आयोजनाको अवसर पाएको छ । “शान्त, समृद्ध र दिगोपनाउन्मुख बङ्गालको खाडीको क्षेत्र” भन्ने मूल नाराका साथ शुरु भएको बिम्स्टेकको चौथो शिखर सम्मेलन सफल आयोजना गरेकामा सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एंव सरकार प्रमुखले आफ्नो उद्घाटनसत्रको सम्बोधनका क्रममा नेपाल...

अब एकल पुरुषलाई पनि भत्ता

अब एकल पुरुषलाई पनि  भत्ता
बैतडी - बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिधुर भत्ता दिने भएको छ । नगरपालिकाले चालू आर्थिक वर्षको साउनदेखि ६० वर्षदेखि ७० वर्षसम्मका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताअन्तर्गत मासिक रु एक हजारका दरले भत्ता दिने निर्णय  गरेको नगरपालिकाका उपप्रमुख राधा ओझाले बताइन् । एकल महिलाजस्तै एकल पुरुष पनि समस्यामा हुने भएकाले उनीहरुलाई दोहोरो भत्ता नहुने गरी भत्ताको व्यवस्था गरिएको हो । उ...

 प्रमुख प्रतिपक्षी दल काँग्रेस केन्द्रीय समिति बैठक शनिबार

 प्रमुख प्रतिपक्षी दल काँग्रेस केन्द्रीय समिति बैठक शनिबार
काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आजका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक भोलि शनिबार बस्ने भएको छ । पार्टीको महासमिति बैठकको तयारी र अन्य समिति गठन सम्बन्धमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्षनेताहरुबीच आज दिनभरको छलफल र सहमतिपछि बैठक भोलि बिहान ११ बजे बस्ने तय भएको हो । पार्टीका विभिन्न समितिको गठन र महासमिति बैठकको तयारीका सम्बन्धमा शीर्ष...

कञ्चनपुर घटनाका घाइतेको सरकारले निःशुल्क उपचार गर्ने

कञ्चनपुर घटनाका घाइतेको सरकारले निःशुल्क उपचार गर्ने
काठमाडौँ - गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुर घटनामा परेर घाइते भएका आन्दोलनकारीको स्वास्थ्योपचार सरकारले गर्ने बताउनु भएको छ । कञ्चनपुरमा आन्दोलनका क्रममा घाइते भएर त्रिभुवन शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका अर्जुन भण्डारालाई आज अस्पतालमा भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै आन्दोलनको क्रममा घाइते भएकाको उपचार सरकारले गर्ने बताउनुभएको हो । बलात्कारपछि हत्या भएकी निर्मला पन्तको हत्या...

महासमिति बैठकको तयारीमा काङ्गे्रस

महासमिति बैठकको तयारीमा काङ्गे्रस
काठमाडौँ, ८ भदौ ।  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस पार्टीको महासमिति बैठकको तयारीमा जुटेको छ । महासमिति बैठकको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न काङ्ग्रेस केन्द्रीय समिति बैठक आज केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । बैठकले पार्टीको महासमिति बैठक गर्ने मिति र स्थानको टुङ्गो लगाउनुका साथै आवश्यक तयारी सम्बन्धमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले राससलाई जानकारी दिनुभयो । गत ...

मन्त्री विष्टले चाले यस्तो कदम,अचेत अवस्थाका बिरामी स्वदेश ल्याइँदै

मन्त्री विष्टले चाले यस्तो कदम,अचेत अवस्थाका बिरामी स्वदेश ल्याइँदै
काठामाडौं - विदेशस्थित विभिन्न अस्पतालमा अचेत अवस्थामा रहेका नेपालीलाई सरकारले स्वदेश ल्याएर उपचार गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले रासससँगको कुराकानीमा अचेत अवस्थाका रहेका बिरामीको परिवारले भोगेको चिन्ता, मानसिक पीडाप्रति सरकार गम्भीर रहेको भन्दै स्वदेशमै उपचारको प्रबन्ध मिलाउने बताउनुभयो । उहाँले भन्नुभयो, “यो संवेदनशील विषय हो, वर्तमान सरकार गठन भएदेखि...