जिल्लाले चिन्न नसकेका प्रतिभा सिर्जना राई, को हुन् त ?
साहित्यकार ताराबहादुर बुढाथाेकी
संखुवासभा - सभापोखरीको धारावाहिक संस्मरण श्रृङ्खला लेख्दै थिएँ। सामाजिक सन्जालको वालमा एउटा समाचार आयो। समाचारले मेरो हृदय पुलकित बनायो । समाचारमा लेखिएको थियो । ‘भोजपुरकी मिरा रार्इको बाटोमा संखुवासभाकी सिर्जना।’
समाचार सायद उर्लाबारीतिरबाट संम्प्रेषित थियो । खुशी यस कारण थिएँ कि सिर्जना संखुवासभाकी प्रतिभा हुन्। समाचारमा थप लेखिएको थियो सिर्जनाले ७ किमीको द...