अब जहाँ बसोबास, त्यहीँ नाम दर्ता

अब जहाँ बसोबास, त्यहीँ नाम दर्ता
काठमाडौं - निर्वाचन आयोगले मतदाता नमावलीमा नाम दर्ता गर्न ३३ दिने विशेष अभियान सुरु गर्ने भएको छ । आयोगले १७ मंसिरबाट २० पुससम्म गरी ३३ दिन मतदाता नामावली दर्ता विशेष अभियान सञ्चालन गरी मतदाता नामावलीमा नाम दर्ता गर्न उमेर पुगेका तर नामावलीमा नाम छुट भएकाहरूलाई मतदाताको सूचीमा ल्याउन खोजेको हो । यसअघि आयोगले मतदाता नामावली ऐन, २०७३ बमोजिम ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय तथ...

आजदेखि ई-पासपोर्ट

आजदेखि ई-पासपोर्ट
काठमाडौं - राहदानी विभागले एमआरपी विस्थापन गरी बुधबारदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्दै छ। त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनबाट सेवाको सुरुवात गरिने विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए। परराष्ट्रमन्त्री नारायण खड्काले एक समारोहबीच ई–पासपोर्ट सार्वजनिक गर्ने छन्।  महानिर्देशक अर्यालका अनुसार यसको कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप छ। साधारण (३४ र ६६ पृष्ठ), कूटनीतिक, विश...

मेलम्ची पुनर्निर्माण ठेक्का चिनियाँ कम्पनीलाई दिने तयारी

मेलम्ची पुनर्निर्माण ठेक्का चिनियाँ कम्पनीलाई दिने तयारी
काठमाडौं - मेलम्ची खानेपानी आयोजनाले हेडवर्क्स र सुरुङ मर्मतको काम चिनियाँ कम्पनीलाई दिने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ । सुरुङ र हेडवर्क्सबाहेकका कामका लागि भने टेन्डरमार्फत प्रतिस्पर्धा गराइनेछ । मेलम्ची खानेपानी विकास समितिको शुक्रबार बसेको बैठकले द्रुत गतिमा काम पूरा गर्ने सर्तमा सुरुङ र हेडवर्क्सको काम चीनको सिनो हाइड्रो कम्पनीलाई दिन उपयुक्त हुने प्रस्ताव पारित गरेको छ । ...

रेल चलाउन कर्मचारी न कानुन

रेल चलाउन कर्मचारी न कानुन
काठमाडौं - जयनगर–कुर्था खण्डमा सञ्चालन गर्न भन्दै एक वर्षअघि भारतबाट दुईवटा रेल सेट तामझामका साथ जनकपुर भित्र्याइयो । तर अहिलेसम्म कहिलेबाट रेल सञ्चालनमा आउँछ, कुनै टुंगो छैन । आवश्यक तयारीबिनै हतारिएर रेल ल्याउँदा अहिले थन्क्याएर राख्नुपरिरहेको हो । रेल चलाउन नेपाल रेलवे कम्पनी त छ । तर यसका लागि कानुन र कर्मचारी दुवैको व्यवस्थापन अझै हुन सकेको छैन । २०७७ असोजमा ल्याइएका रेल सेटको पछिल्लो साढ...

कर्मचारीको उमेर हद ६० वर्ष बनाइँदै

कर्मचारीको उमेर हद ६० वर्ष बनाइँदै
काठमाडौं - सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको सङ्घीय निजामती सेवा ऐनमा निजामती कर्मचारीको अवकाश उमेर हद ६० वर्ष कायम गरिने बताउनुभएको छ ।मन्त्री श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको ऐनमा कर्मचारीको उमेर हद ६० वर्ष हुने गरी छलफल भइरहेको बताउनुभयो । अहिले निजामती कर्मचारीको अवकाश उमेर हद ५८ वर्ष कायम छ । लामो समयदेखि संसद्को राज्य व्यवस्था...

को नक्कली,को सक्कली ?

को नक्कली,को सक्कली ?
काठमाडौं - करिब ४९ वर्ष एउटै पार्टीमा रहेका दुई नेता जीवनको उत्तरार्धमा एकले अर्कालाई नक्कली कम्युनिस्ट घोषणा गर्दै हिँडेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र भर्खरै पार्टी विभाजन गरी नेकपा एकीकृत समाजवादीको अध्यक्ष बनेका माधवकुमार नेपाल दुवैले एकले अर्कालाई नक्कली कम्युनिस्टको आक्षेप लगाइरहेका छन्। वामपन्थीको सरकार ढालेर कांग्रेसलगायतका पार्टीसँग मिली दक्षिणपन्थी सरकार बनाउन पहल गरेको र स...

पहिलो महिला मुख्यमन्त्रीको सत्ता यात्रामा पूर्णविराम

पहिलो महिला मुख्यमन्त्रीको सत्ता यात्रामा पूर्णविराम
चुरे, मकवानपुर - नेपालकै पहिलो मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार बुधबार ढलेको छ । ७१ दिनअघि एमालेबाट बागमती प्रदेशको मुख्यमन्त्री बनेकी शाक्य नेतृत्वको सरकार एमाले विभाजनसँगै ढलेको हो । एमाले विभाजनपछि १३ सांसदले एकीकृत समाजवादी रोजेपछि उनी अल्पमतमा परेकी थिइन् । ५६ सांसदसहित मुख्यमन्त्री चयन भएकी शाक्यसँग एमाले विभाजनपछि ४३ सांसद मात्र बाँकी थियो । १ सय ९ सदस्यीय प्रदेश सभामा...

प्रदेश १ मा सरकार फेरबदल पेचिलो बन्दै

प्रदेश १ मा सरकार फेरबदल पेचिलो बन्दै
बिराटनगर - प्रमुख विपक्षी नेपाली कांग्रेसभित्रको किचलोले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकार थप एक साता लम्बिएको छ । कांग्रेसभित्र शेरबहादुर देउवा र रामचन्द्र पौडेल–शेखर कोइराला समूहबीचको टकरावले ढल्नै लागेको आचार्य नेतृत्वको सरकार थप एक साता लम्बिएको हो ।  विश्वासको मत लिने मुख्यमन्त्रीको प्रस्तावमाथि छलफल र मत विभाजन गर्न आइतबार दिउँसो साढे १२ बजे बैठक बस्दै थियो । अल्पमतमा र...

पढाइ कक्षा ६, पढाउँछन् इन्जिनियरिङ

पढाइ कक्षा ६, पढाउँछन् इन्जिनियरिङ
भक्तपुर - उमेरले सात दशक पार गर्दै छन् । तर, सक्रियता तन्नेरीको भन्दा कम छैन । बाजे बिकुलाल र बुबा जगतलालले धान्दै आएको पुर्ख्यौली पेसा ‘सिकर्मी’ सँग उनको संगत १२ वर्षको उमेरदेखि नै भयो । कक्षा ६ सम्म मात्र औपचारिक अध्ययन गरेका उनको सीपलाई शिक्षाको स्तरले मापन गर्न सकिँदैन ।  यी जोसिला कर्मवीर हुन्, जगतवीर शिल्पकार । उनी भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजका आर्किटेक्ट इन्ज...

सपिङ मलहरूमा छुटको प्रतिस्पर्धा

सपिङ मलहरूमा छुटको प्रतिस्पर्धा
काठमाडौं - चाडपर्वको अवसर पारेर नाम चलेका सपिङ मलहरूबीच छुट दिन प्रतिस्पर्धा नै चलेको छ । दसैं सुरु भएसँगै सपिङ मलहरूमा ग्राहकहरूको भीड पनि छ । यही भीडलाई आकर्षित गर्न सपिङ मलहरूले सामान खरिदमा छुट अफर राखेका हुन् ।  उपत्यकाभित्रका केएल टावर, सिभिल मल, बीजी मललगायत सपिङ मलहरूले दसैंतिहार विशेष छुट योजना ल्याएका छन् । जसअनुसार लत्ताकपडा, घरेलु सामानलगायतको खरिदमा ग्राहकहरूले सिनेमाको टिकट, सपिङ...