Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आइसिसी विश्व लिग क्रिकेटका लागि खेलाडी छनोट

आइसिसी विश्व लिग क्रिकेटका लागि खेलाडी छनोट
काठमाडौँ - नामिबियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ का लागि प्रारम्भिक चरणमा २१ सदस्यीय खेलाडी टोलीको छनोट गरिएको छ । फेब्रुअरी ६ देखि १६ तारिखसम्म हुने उक्त प्रतियोगिताका लागि आइसिसी प्रतिनिधि अनिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले २१ खेलाडीको छनोट गरेको हो । छनोट हुनेमा कप्तान खड्कासहित ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल, करण केसी, अनिलक...

खेलकुद विकासका लागि गुरुयोजना बनाइने

खेलकुद विकासका लागि गुरुयोजना बनाइने
पोखरा - पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखराको खेलकुद विकासका लागि महानगरपालिकाले गुरुयोजना बनाउने बताउनुभएको छ । नेपाल ह्याण्डबल संघको तत्वावधान, कास्की जिल्ला ह्याण्डबल संघको आयोजना र हङकङ ब्यूटी इन्स्टिच्यूटको मुख्य प्रायोजनमा बुधबारदेखि पोखरा रंगशालामा शुरु भएको १८ औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले महानगरका ३३ वटै वडामा खेलकु...

राष्ट्रिय महिला फुटबल – आर्मी विजयी

राष्ट्रिय महिला फुटबल – आर्मी विजयी
काठमाडौँ - विभागीय टोली त्रिभुवन आर्मी क्लबले पश्चिमाञ्चल क्षेत्रीय टोलीलाई पराजित गर्दै राखेप (राष्ट्रिय खेलकुद परिषद्) च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय महिला फुटबल लिग प्रतियोगितामा पहिलो जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा आर्मीले पश्चिमाञ्चललाई १२–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । पाँच विकास क्षेत्र तथा तीन विभागीय टोलीले भाग लिएको उक्त प्रत...

इपिएल क्रिकेट – फाइनलमा विराटनगर र भैरहवा भिड्ने

इपिएल क्रिकेट – फाइनलमा विराटनगर र भैरहवा भिड्ने
काठमाडौँ - सर्वाधिक पुरस्कार राशि भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो संस्करणको अन्तिमचरणको खेल भोलि शनिबार हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको नेतृत्व टोली विराटनगर वारियर्स र शरद भेषवाकरको टोली भैरहवा ग्लाडिएटर्सबीच हुने सो खेल हुँदै छ । विजेता टोलीले रु २१ लाख प्राप्त गर्नेछ्...

तेक्वान्दो प्रतियोगिता शुरु

तेक्वान्दो प्रतियोगिता शुरु
भीमदत्तनगर- कञ्चनपुरको भीमदत्तनगरमा आजदेखि प्रदेश नं ७ को प्रदेशस्तरीय तेक्वान्दो छनोट प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा कञ्चनपुर, कैलाली, डोटी, डडेल्धुरा र दार्चुलाका ६० महिला तथा पुरुष खेलाडीको सहभागिता रहेको छ । जिल्ला तेक्वान्दो संघ कञ्चनपुरको आयोजनामा भएको उक्त प्रतियोगिताको उद्घाटन भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले गर्नुभएको हो । प्रतियोगिताबाट छनोट भएका खेलाडीले भैरहव...

मेस्सी बने २०१७ को उत्कृष्ट फूटबलर – नेइमार र रोनल्डो छायांमा

मेस्सी बने २०१७ को उत्कृष्ट फूटबलर – नेइमार र रोनल्डो छायांमा
कृष्ण सुनुवार काठमाडौं - संसार भरिका खेलप्रेमीहरुको ध्यान आकर्षित गर्न सफल युरोपेलि फुटबलको शीर्ष लिगका खेलहरु सन् २०१७ का लागि केही मात्र बाँकी छन् । पाँच लिग स्पेनको ला-लिगा, इङ्ग्ल्याण्डको इङलिस प्रीमियर लिग,जर्मनीको बुन्डेस लिगा,फ्रान्सको लिग वान र इटालीको सिरि ए लाई युरोपको मात्रै नभएर विश्वकै उत्कृष्ट र लोकप्रिय फूटबल लिगको रुपमा हेरिन्छ । यसैबीच संसारका विभिन्न मुलुकबाट आएर युरोपको यहि ...

पोखरामा १८औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने

पोखरामा १८औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने
पोखरा - राष्ट्रिय खेलकुद परिषद् कपअन्तर्गत यही पुस १९ देखि २२ गते पोखरा रंगशालामा १८औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने भएको छ । नेपाल ह्याण्डबल संघको तत्वावधान, कास्की जिल्ला ह्याण्डबल संघको आयोजना र हङकङ ब्यूटी इन्स्टिच्यूटको मुख्य प्रायोजनमा हुन लागेको सो प्रतियोगितामा पाँचवटै विकास क्षेत्र, सशस्त्र प्रहरी र नेपाली सेनाको महिला तथा पुरुष टोली सहभागी हुने आज...

भलिबल प्रतियोगिता पुस ११ देखि

भलिबल प्रतियोगिता पुस ११ देखि
पोखरा - राष्ट्रिय खेलकुद परिषद्को संयोजन एवं नेपाल भलिबल संघको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघको व्यवस्थापनमा २१औँ महिला तथा ३१औँ पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता यही पुस ११ गतेदेखि १५ गतेसम्म हुने भएको छ । प्रतियोगिताबारे जानकारी गराउन यहाँ आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक राजकुमार गुरुङले प्रतियोगितामा महिला तथा पुरुषतर्फ पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल, स...

प्रथम राखेप च्याम्पियनसिप

प्रथम राखेप च्याम्पियनसिप
काठमाडौँ - राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा प्रथम राखेप च्याम्पियनसिप खेलकुद प्रतियोगिता आजदेखि शुरु भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सो प्रतियोगिताको उद्घाटन गर्नुभयो । नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जीतबहादुर केसीलाई ओलम्पिक टर्च हस्तान्तरण गर्दै राष्ट्रपति भण्डारीले उक्त प्रतियोगिताको उद्घा...

खुकुरी च्यालेन्ज कप क्रिकेट माघमा

खुकुरी च्यालेन्ज कप क्रिकेट माघमा
काठमाडौँ - खुकुरी च्यालेन्ज कप टि–ट्वन्टी क्रिकेट प्रतियोगिता आगामी माघमा हुने भएको छ । खुकुरी इएनटीले आयोजना गर्ने उक्त प्रतियोगिता माघ १० देखि फागुन १० गतेसम्म सञ्चालन हुनेछ । बीस क्लबले प्रतिष्पर्धा गर्ने उक्त प्रतियोगिताका खेल मूलपानी क्रिकेट मैदान र कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिनेछ । प्रतियोगितामा ४० लि...