त्रिभुवन आर्मी ‘ए’लाई ट्राई एडभेन्चरको उपाधि

त्रिभुवन आर्मी ‘ए’लाई ट्राई एडभेन्चरको उपाधि
काठमाडौं - नेपाली सेनाको त्रिभुवन आर्मी क्लब ‘ए’ ले चौथो संस्करणको प्रधानसेनापति ट्राई एडभेन्चर प्रतियोगिताको उपाधि जितेको छ । धादिङको बैरेनीमा आयोजित उक्त प्रतियोगितामा आर्मीको ‘ए’ टोली च्याम्पियन बनेको हो । उक्त स्पर्धामा आर्मीको ’बी’ टोली दोस्रो तथा सशस्त्र प्रहरी बलको एपीएफ क्लबको टोली तेस्रो भयो । महिलातर्फ त्रिभुवन आर्मी क्लबले उपाधि जितेको छ । सो स्पर्धामा प्याडल नेपाल दोस्रो तथा क्रान...

तेस्रो थानकोट गोल्डकपको उपाधि ‘ऊई आर ब्रदर्श’लाई

तेस्रो थानकोट गोल्डकपको उपाधि ‘ऊई आर ब्रदर्श’लाई
काठमाडौं - तेस्रो थानकोट गोल्डकपको उपाधि ‘ऊई आर ब्रदर्श’ क्लबले हात पारेको छ । चन्द्रागिरि थानकोट गोदाममा रहेको पिम्फली खेल मैदानमा आइतबार साँझ सम्पन्न तेस्रो थानकोट गोल्डकपमा तिनथाना युथ क्लबलाई हराउँदै ब्रदर्शले उपाधि हात पारेको हो । उक्त गोल्डकपको विजेतासँगै ब्रदर्श क्बलले रु ८० हजार पुरस्कार जित्न सफल भएको छ । शुरूदेखि दबाब राख्न सफल भएको ब्रदर्श २–० ले हराउँदै विजेता टिम बन्न सफल भएको हो...

शहीद स्मारक ‘सी’ डिभिजन लिग : चर्च ब्वाइज लगातार विजयी

शहीद स्मारक ‘सी’ डिभिजन लिग : चर्च ब्वाइज लगातार विजयी
काठमाडौं - शहीद स्मारक ‘सी’ डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड लगातार तेस्रो खेलमा विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा चर्च ब्वाइजले स्वयम्भू क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । जीतसँगै समूह ’बी’ मा रहेको चर्च ब्वाइजले तीन खेलमा नौ अङ्क जोडेको छ । स्वयम्भूको यो दोस्रो हार हो । स्वयम्भूले तीन खेलमा तीन अङ्क मात्र जोडेको छ । झापाको पहिलो जीत ...

चैत २६ देखि विराट गोल्डकप

चैत २६ देखि विराट गोल्डकप
मोरङ - प्रदेश नं १ को चर्चित फुटबल प्रतियोगिता ‘विराट गोल्डकप’ यही चैत २६ देखि आगामी वैशाख ४ गतेसम्म यहाँ सञ्चालन हुने भएको छ । विराट गोल्डकप फुटबल ट्रष्टद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगिता स्थानीय शहीद रङ्गशालामा फ्लडलाइट ९ रात्रिकालित बत्ती०का माध्यमबाट हुने आयोजक समितिका संयोजक मनोजविक्रम शाहले जानकारी दिनुभयो । छैटौँ संस्करणका रूपमा रहेको गोल्डकपमा नेपालका ‘ए’ डिभिजनसह...

सुमिना विश्व बक्सिङ च्याम्पियनसिपका लागि छनोट

सुमिना विश्व बक्सिङ च्याम्पियनसिपका लागि छनोट
काठमाडौं - सुमिना खड्का पोल्याण्डमा आयोजना हुने आइवा युथ वल्र्ड बक्सिङ च्याम्पियनसिपका लागि नेपालबाट छनोट हुनुभएको छ । सातदोबाटोमा आज भएको महिला ६० किलो तौल समूहको छनोट खेलमा आरडिएस क्लबकी खड्का बक्समाडौँकी डेचेन शेर्पालाई एकका विरुद्ध चार अङ्कले पराजित गर्दै विश्व च्याम्पियनसियपका लागि छनोट हुनुभएको हो । यसअघि मङ्गलबार शेर्पाले सेमिफाइनलमा झापाकी सुस्मिता राईलाई शून्यका विरुद्ध पाँच अङ्कले प...

रेस्लिङ खेल विकासका लागि पोखरामा राष्ट्रिय च्याम्पियनसीप हुने

रेस्लिङ खेल विकासका लागि पोखरामा राष्ट्रिय च्याम्पियनसीप हुने
कास्की - नेपालमा रिङ रेस्लिङ खेलको विकास गर्दै अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले पोखरामा दोस्रो संस्करणको राष्ट्रिय रिङ रेस्लिङ प्रतियोेगिता हुने भएको छ । नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा यही चैत २० र २१ गते पोखरामा देशका उत्कृष्ट रेस्लरसहितको राष्ट्रिय रेस्लिङ प्रतियोगिता सञ्चालनको तयारी गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका महासचिव एवं राष्ट्रिय खेलकूद परिषद्का स...

जिल्लास्तरीय फुटबल प्रतियोगिता आयोजना हुने

जिल्लास्तरीय फुटबल प्रतियोगिता आयोजना हुने
वाग्मती - जिल्ला समन्वय समिति मकवानपुरले आगामी वैशाख ९ गतेदेखि १८ गतेसम्म प्रथम स्थानीय तह जिल्लास्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले सो निर्णय गरेको अध्यक्ष रघुनाथ खुलालले जानकारी दिनुभयो । समितिको आयोजना र खेलकूद विकास समितिको व्यवस्थापनमा प्रतियोगिता गर्न लागिएको बताइएको छ । प्रतियोगितामा जिल्लाका सम्पूर्ण १० स्थानीय तहका खेलाडीको सहभागिता रहने छ ।...

विजय खड्गी स्मृति गोल्डकप चितवनमा

विजय खड्गी स्मृति गोल्डकप चितवनमा
चितवन - वैदेशिक रोजगारका क्रममा कतारमा ज्यान गुमाएका फुटबलर विजय खड्गीको सम्झनामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता गरिने भएको छ । जिल्ला फुटबल सङ्घको आयोजनामा स्व. विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिता २०७७ हुन लागेको हो । यही चैत १२ देखि २१ गतेसम्म नारायणगढको क्याम्पाचौरमा हुने प्रतियोगिताको तयारी तीव्रगतिमा भइरहेको जनाइएको छ । सङ्घका अध्यक्ष श्रीकृष्ण कार्कीले मैदान मिलाउनेदेखि प्यारा...

नेपाल पाकिस्तान फ्रेन्डसिप क्रिकेटको उपाधि ग्रेट हिमालयलाई

नेपाल पाकिस्तान फ्रेन्डसिप क्रिकेटको उपाधि ग्रेट हिमालयलाई
काठमाडौं - एन्जल्स हार्ट एकेडेमीलाई पराजित गर्दै ग्रेट हिमालय क्रिकेट एकेडेमीले नेपाल पाकिस्तान फ्रेन्डसिप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा आज सम्पन्न फाइनलमा एन्जल्स हार्ट एकेडेमीलाई एक सय सात रनले हराएर ग्रेट हिमालयले उपाधि जितेको हो । टस हारेर ब्याटिङको निम्तो पाएका ग्रेट हिमालयनले २० ओभरमा दुई सय २० रन बनायो । उसका लाि...

चन्द्रबहादुर र सन्तोषी उत्कृष्ट खेलाडी

चन्द्रबहादुर र सन्तोषी उत्कृष्ट खेलाडी
काठमाडौं - चन्द्रबहादुर पुनमगर र सन्तोषी श्रेष्ठ गोल्डेन स्पिन्ट मिटका उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । दशरथ रंगशालमा आज भएको मिटमा पुरुषतर्फ पुनमगर र महिलातर्फ श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित हुनुभएको हो । एक सय मिटर दौडमा पुनमगरले आशिष चौधरीलाई उछिन्दै स्वर्ण जित्नुभयो । उहाँले निर्धारित दूरी १० दशमलव ८० सेकेण्डमा पूरा गर्नुभयो । रजत प्राप्त गर्नुभएका चौधरीले निर्धारित दूरी १० दशमलव ८५ सेकेण...