त्रिदेशीय कप फुटबलको उपाधि नेपाललाई

त्रिदेशीय कप फुटबलको उपाधि नेपाललाई
काठमाडौं - त्रिदेशीय कप फुटबलको उपाधि नेपालले जितेको छ । फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको हो । नेपालले दुवै गोल पहिलो हाफमा गरेको हो । नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गर्नुभएको हो । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त ग¥यो भने उपविजेता बङ्गलादेशले तीन हजार डलर प्राप्त ग¥यो । त्रिपुरेश्वरस्थित ...

त्रिभुवन आर्मी र किर्गिस्तानबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरी

त्रिभुवन आर्मी र किर्गिस्तानबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरी
काठमाडौं - त्रिभुवन आर्मी फुटबल क्लब र किर्गिस्तानको यु–२३ टोलीबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केही बेरअघि सम्पन्न खेलमा नेपाल र किर्गिस्तानको यु–२३ टोलीले निर्धारित समयमा गोल गर्न सकेनन् । त्रिदेशीय फुटबल प्रतियोगिता खेल्न नेपाल आएको किर्गिस्तानको यु–२३ टोलीले आर्मी क्लबसित मैत्रीपूर्ण खेल खेलेको हो । दुवै टोलीबीच निकै प्रतिस्पर्धात्मक खेल भ...

आयोजकले नै पायो चुली कपको उपाधि

आयोजकले नै पायो चुली कपको उपाधि
कर्णाली - वीरेन्द्रनगरमा सम्पन्न प्रथम चुलीकप भलिबल प्रतियोगिताको उपाधि आयोजक चुली युवा क्लबले नै हात पारेको छ । प्रदेशस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा रुकुम पश्चिमको टोलीलाई हराउँदै चुली युवा क्लबले उपाधि जितेको हो । फाइनल प्रतियोगितामा रुकुम पश्चिमलाई सोझो तीन सेटमा हराउँदै चुलीले उपाधि हात पा¥यो । विजेता चुली युवा क्लबले रु दुई लाख र टर्फी पाएको छ । उपाधिको दाबेदार रुकुम पश्...

आर्मी क्लब र किर्गिस्तान टीमबीचको आजको फुटबल खेल निःशुल्क हेर्न पाइने

आर्मी क्लब र किर्गिस्तान टीमबीचको आजको फुटबल खेल निःशुल्क हेर्न पाइने
काठमाडौं - त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच आज दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । एएफसी कप २०२१ प्ले अफको तयारीमा जुटेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको यू–२३ टीमबीच मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो । त्रिभुवन आर्मीका जर्जप्रीन्स कार्कीको कप्तानीमा दिउँसो ३ः३० बजे हुने उक्त खेल रङ्गशाला पुग्ने जोसुकैले निःशुल्क हेर्न सक्ने व्यवस्था मिलाइएको सेनाले जानकारी ...

पोखरामा ‘सेमी हाइ अल्टिच्युड’ खेल मैदानको शिलान्यास

पोखरामा ‘सेमी हाइ अल्टिच्युड’ खेल मैदानको शिलान्यास
कास्की - पोखरा महानगरपालिकाको सबैभन्दा उचाइमा अवस्थित वडा नं २० को मौजामा पूर्वाधारयुक्त ‘सेमी हाइ अल्टिच्युड’ खेल मैदानलगायतका संरचना निर्माण हुने भएको छ । समुद्री सतहबाट एक हजार ६५० मिटर उचाइमा निर्माण गरिने उच्च पर्वतीय खेल मैदानको शनिबार महानगरपालिका प्रमुख मानबहादुर जिसी र गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले एक कार्यक्रमका बीच संयुक्तरूपमा शिलान्यास गर्नुभयो । पोखरा महानगरपालिकाले उ...

पोखरा म्याराथन : दौडको उपाधि तीर्थ र फूलमतिलाई

पोखरा म्याराथन : दौडको उपाधि तीर्थ र फूलमतिलाई
कास्की - पोखरा अन्तरराष्ट्रिय म्याराथनअन्तर्गत आज पोखरामा सम्पन्न पुरुष तथा महिला १० किमी दौडको उपाधि पुरुषतर्फ तीर्थ पुन र महिलातर्फ सशस्त्र प्रहरी बल एपिएफका फूलमती रानाले जित्न सफल हुुनुभएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरा रङ्गशालाबाट शुरु दौडमा पुनले निर्धाारित दूरी ३३ मिनेट आठ सेकेण्डमा पार गर्दै उपाधि सहित नगद रु १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । नेपाली से...

कोरोना कहर : राष्ट्रपति रनिङ शिल्ड स्थगित

कोरोना कहर : राष्ट्रपति रनिङ शिल्ड स्थगित
बैतडी - बैतडीका स्थानीय तहमा सञ्चालन हुने भनिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थगन भएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको भन्दै यहाँका स्थानीय तहले उक्त प्रतियोगिता अनिश्चितकालका लागि स्थगन भएको जनाएका छन् । जिल्ला सदरमुकाममा रहेको दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र दोगडाकेदार गाउँपालिकाले सूचना जारी गर्दै उक्त प्रतियोगिता स्थगन भएको जनाएका हुन् । जिल्लास्तरीय विपद् व्यवस्थापन ...

मेयरकप हेर्न सार्वजनिक बिदा

मेयरकप हेर्न सार्वजनिक बिदा
फुङ्लिङ - ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका मेयरकपको पहिलो दिन खेल हेर्न जानका लागि आज नगरले सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले आजदेखि सञ्चालन गर्न लागेको मेयरकप भलिबल खेलको पहिलो दिन सार्वजनिक बिदा दिएको नगरप्रमुख छत्रपति प्याकुरेलले बताउनुभयो । आजदेखि चैत १५ गतेसम्म अन्तरपालिकास्तरीय मेयर रनिङ कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने नगरपालिकाका उपप्रमुख बमबहादुर भट्ट...

खेलकूद उच्च प्राथमिकता छ : मुख्यमन्त्री राई

खेलकूद उच्च प्राथमिकता छ : मुख्यमन्त्री राई
विराटनगर - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकारले खेलकूदलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । विराटनगर सिटी क्लबको उद्घाटनमा उहाँले खेलकूदबाट नागरिक स्वस्थ्य हुने भएकाले यस क्षेत्रमा सरकारको विशेष चासो रहेको बताउनुभयो । मुख्यमन्त्री राईले प्रदेश–१ लाई सबै प्रकारको खेलको राजधानी बनाउने भन्दै फुटबलको उर्बरभूमि रहेको प्रदेशलाई खेल र खेलाडीका रुपमा चिनाउने दाबी गर्नुभयो । उहाँले खे...

अन्तरशहर चेस प्रतियोगिताको उद्घाटन

अन्तरशहर चेस प्रतियोगिताको उद्घाटन
मकवानपुर - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुर जिल्ला बुद्धिचाल सङ्घ र चेस सङ्घ हेटौँडाको संयुक्त आयोजनामा हेटौँडा उपमहानगरपालिका राष्ट्रव्यापी अन्तर शहर चेस प्रतियोगिताको आज उद्घाटन गर्नुभएको छ । लिग चरणमा खेलाइने उक्त चेस प्रतियोगितामा ललितपुरका तीन, दोलखा, झापा, इलाम, काठमाडौँ, भक्तपुर, कैलाली, स्याङ्जा, कास्की, नुवाकोट, चितवन, बाँके, पर्सा र मकवानपुरका टिमको सहभागिता रहेक...